कारोबार संवाददाता
आइतवार, असार ३१, २०७५
436

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल संसदीय दलको नेतामा महन्थ ठाकुर चयन भएका छन् । पार्टी संसदीय दलको शनिबार सिंहदरबारमा बसेको बैठकले पार्टीका अध्यक्ष मण्डलका संयोजक ठाकुरलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।
राजेन्द्र महतोको प्रस्तावमा अध्यक्ष मण्डलका संयोजक ठाकुरलाई दलको नेतामा सर्वसम्मतिले चयन गरिएको पार्टीका नेता राजकिशोर यादवले जानकारी दिए ।
दलको नेता चयनसँगै राष्ट्रिय जनता पार्टीभित्र विवाद रहेको भन्ने आरोप सत्य नभएको पुष्टि भएको दाबी उनले गरे । नवनिर्वाचित संसदीय दलका नेता महन्थ ठाकुरले संसदमा पार्टीको भूमिकालाई प्रभावकारी बनाएर लैजाने प्रतिवद्धता व्यक्त गरे ।