कारोबार संवाददाता
शुक्रवार, श्रावण २५, २०७५
273

दमौली-गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले आदिवासी जनजातिका भाषा संस्कृति संरक्षणका लागि सरकार सँधै प्रतिबद्ध रहेको बताएका छन् । २४ औं विश्व आदिवासी दिवसको अवसरमा बिहीबार दमौलीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चुमानले सांस्कृतिक विविधताको प्रबद्र्धन र संरक्षण गर्नुपर्नेमा जोड दिए । गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले आदिवासी जनजातिका भाषा संस्कृति संरक्षणका लागि सरकार सँधै प्रतिबद्ध रहेको बताएका छन् । २४ औं विश्व आदिवासी दिवसको अवसरमा बिहीबार दमौलीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चुमानले सांस्कृतिक विविधताको प्रबद्र्धन र संरक्षण गर्नुपर्नेमा जोड दिए । नेपाल सांस्कृतिक विविधतामा विश्वकै धनी देश भएको चर्चा गर्दै मन्त्री चुमानले जातीय, सांस्कृतिक, भाषिक एकतामा आदिवासी जनजातिले खेलेको भूमिका प्रशंसनीय रहेको बताए । मन्त्री चुमानले विगतमा पनि राजनीतिक दलहरुले जनजातिका मागको बारेमा आवाज उठाउँदै आएको र भविष्यमा समेत उठाइरहने भन्दै राज्य व्यवस्थाको उत्पीडनलाई सम्बोधन गर्दै अगाडि बढ्ने बताए ।गण्डकी प्रदेशलाई पर्यटकीय नमुना प्रदेश बनाउने सरकारको लक्ष्य रहेको त्यो लक्ष्य सांस्कृतिक विविधताले मात्रै पूरा हुने समेत उनले बताए । “पर्यटन विकासका लागि आदिवासी सबै जातजातिका भाषा, संस्कृति र परम्परा महत्वपूर्ण हुनेछ,” उनले भने ।  मन्त्री चुमानले प्रदेशको नामाङ्कनका विषयमा कसैले पनि नहारेको बताए ।
प्रदेशको नाम गण्डकी राख्दा आदिवासी जनजातिहरुले हा-यौं भनेर महशुस गर्न नपर्ने भन्दै उनले भने, “कसले जित्यो र कसले हा-यो भन्न आवश्यक छैन,” उनले भने, “यसमा सबैले जितेका छन् ।”नामाङ्कनका विषयमा जनजातिले भने अनुसारको नाम नभएपनि उत्पीडन र पहिचानका मुद्धा सम्बोधन गर्ने थुप्रै ठाउँ भएको मन्त्री चुमानको भनाई थियो । गण्डकी प्रदेश भएपछि धोका भयो भनेर भन्नु गलत हो । तर यस विषयमा बहस जारी राख्नुस्,” उनले भने । जातीय पहिचान सहितको नाम राख्ने विषयमा सहमतिका लागि प्रयास भएपनि सबैको सहमतिमा नै प्रदेशको नामाकरण गरिएको उनले बताए । कार्यक्रममा प्रदेश सांसद आशा कोइराला, डोवाटे विक, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले लगायतले आदिवासी जनजातिको हकहितका लागि आफूहरु सधै क्रियाशील रहने बताए ।