कारोबार संवाददाता
बुधवार, फाल्गुन ८, २०७५

मिडियाले नकारात्मक समाचारलाई मात्र प्राथमिकता दिएको भन्दै ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले असन्तोष व्यक्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले राजधानी हेटौैंडामा आयोजना गरेको प्रवचन कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले मिडियाले विकास र समृद्धिको विषयमा बहस गर्न छाडेर नकारात्मक समाचारलाई मात्र प्रकाशन प्रशारण गर्ने गरेको आरोप लगाए ।

206
कारोबार संवाददाता
बुधवार, फाल्गुन ८, २०७५

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले सरकारले जनताका आधारभूत कुरा पनि सम्त्रोधन गर्न नसकेको आरोप लगाएका छन् ।

169
कारोबार संवाददाता
मंगलबार, फाल्गुन ७, २०७५

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले प्रतिनिधिसभा निर्वाचनमा प्रस्तुत नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्रअनुसार काम गरिरहेको बताएका छन् । उदयपुर जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने कार्यक्रममा पोखरेलले पार्टीको घोषणापत्रमा उल्लेख भएअनुसार शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा सरकारले काम गरिरहेको बताए ।

265
कारोबार संवाददाता
मंगलबार, फाल्गुन ७, २०७५

प्रतिनिधिसभाको सोमबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक आयुक्तको भ्रष्टाचार प्रकरण र लोकगायक पशुपति शर्माको ‘लुट्न सके लुट’ बोलको गीतले चर्चा पाएको छ ।

251
कारोबार संवाददाता
मंगलबार, फाल्गुन ७, २०७५

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि शिक्षाध्यक्ष डा. सुधा त्रिपाठीको संयोजकत्वमा ‘स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय’ समिति गठन गरेको छ ।

125
कारोबार संवाददाता
सोमवार, फाल्गुन ६, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीले भ्रष्टाचार र बेथितीविरुद्ध लोकगायक पशुपति शर्माले गीत बाहिर ल्याउँदा सरकारले बन्द गराएको भन्दै आपत्ति जनाएका छन् । आइतबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले भने, “हामीलाई त अहिले पञ्चायतकालिन शासनजस्तो झझल्को लागेको छ ।

250
कारोबार संवाददाता
सोमवार, फाल्गुन ६, २०७५

रष्ट्रिय जनता पार्टी (राजपा) नेपालका शीर्ष नेता एवम् संसदीय सुनुवाइ विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले ओली सरकारको एक वर्षे कार्यकाल पूर्ण रुपमा असफल भएको दाबी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, “केवल भाषण गर्दैमा देश बन्दैन ।

213
कारोबार संवाददाता
सोमवार, फाल्गुन ६, २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ । राप्रपा अध्यक्ष कमल थापाले आइतबार पत्रकार सम्मेलन आयोजना गरेर आन्दोलनको घोषणा गरेका हुन् ।

237
जगन्नाथ दुलाल
सोमवार, फाल्गुन ६, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकार बनेपछिका एक वर्षमा मुलुकमा भ्रष्टाचार बढेको तथा अर्थतन्त्र संकटमा परेको टिप्पणी गरेको छ । सरकारले समृद्धिको नारा दोहो¥याइरहे पनि समृद्धिको उल्टो बाटो हिँडेको कांग्रेसको ठहर छ । सरकारको एक वर्षे कार्यकाल पूर्ण विफल भएको भन्दै कांग्रेसले विभिन्न शीर्षकमा सात तथ्य प्रस्तुत गरेको छ । जसमा पुँजीगत खर्च कम भएको, विदेशी लगानी ५ महिनामा ५ अर्बले घटेको, वाह्य मुद्राको सञ्चिति १० अर्ब घटेको कांग्रेसको टिप्पणी छ । यस्तै, व्यापारघाटा झनै बढेकोप्रति पनि कांग्रेसले चिन्ता व्यक्त गरेको छ ।

280
कारोबार संवाददाता
आइतवार, फाल्गुन ५, २०७५

प्रदेश नम्बर २ को सरकारले एक वर्षको अवधिमा हासिल गरेको उपलब्धीहरु सार्वजनिक गरेको छ । प्रदेश सरकार स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रदेशका मुख्यमन्त्री राउतले सरकारको उपलब्धि जानकारी गराउँदै जनमुखी कार्य गर्न सफल भएको दाबी गरे ।

255
कारोबार संवाददाता
आइतवार, फाल्गुन ५, २०७५

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा अहिले सिद्धान्तको राजनीति आवश्यक भएकोमा जोड दिएका छन् । नेपाल राष्ट्रिय मगर सङ्घ केन्द्रीय समितिको आयोजनामा शनिबारदेखि दमौलीमा शुरु गण्डकी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले सिद्धान्तको राजनीतिले मात्रै मुलुकलाई समृद्ध बनाउने बताए ।

253
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन ३, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफ्नो लक्ष्यमा सफल भएको बताएका छन् । आफ्नो नेतृत्वको सरकार गठन भएको एक वर्ष पूरा भएका अवसरमा बिहीबार देशवासीको नाममा सम्बोधन गर्दै उनले आर्थिक समृद्धिको आधारसमेत तयार भएको बताए । प्रधानमन्त्रीले भने, “नेपाल बन्छ, बनाउनैपर्छ । हो, हरेक चिजको आयु हुन्छ, समयको सीमा हुन्छ । मान्छेको ज्ञानको सीमा छ, सामथ्र्यको पनि सीमा हुन्छ तर मैले भन्दै आएको छु, इमानको कुनै सीमा हुन्न । निष्ठाको कुनै निर्धारित आयु छैन । इमान र निष्ठाका साथ काम गर्न कसैलाई कुनै अतिरिक्त प्रशिक्षणको पनि खाँचो पर्दैन ।”

211
कारोबार संवाददाता
बिहिवार, फाल्गुन २, २०७५

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनयुद्धले सामन्तवाद विरुद्धको संघर्षमा महत्वपूर्ण योगदान पु¥याएको बताएका छन् । २४ औं जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संयन्त्र तनहुँले बुधबार दमौलीमा आयोजना गरेको जनयुद्ध, जनआन्दोलन र वर्तमान परिस्थिति विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले जनयुद्धको कारण जनतामा जागरण आएको र त्यसले आजको स्थितिमा ल्याइपु-याएको बताए ।

261
केशव समर्पण
बिहिवार, फाल्गुन २, २०७५

मुलुकमा संघीयता कार्यान्वयनको क्रममा पहिलो प्रादेशिक अभ्यास गर्ने प्रदेश नम्बर ३ सरकार स्थापनाको एक वर्ष पूरा भएको छ । गतवर्ष माघ २८ गते प्रदेशको अस्थायी राजधानी हेटौंडामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थापना गरी पहिलो प्रदेश सरकारको घोषणा गरिएको थियो । स्थापनाको एक वर्षसम्म पनि सरकारले भने अन्योलताकै बीच काम गरिरहेको छ ।

240
कारोबार संवाददाता
मंगलबार, माघ २९, २०७५

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी स्रघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले अध्यक्ष पदबाट राजीनामा दिएका छन् । अध्यक्ष महरले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका हुन् ।

278