कारोबार संवाददाता
मंगलबार, माघ २९, २०७५

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र अनियमिततामा माथि छानबिन र कारबाही गर्ने नाममा आतंक फैल्याएको आरोप लगाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औं वार्षिकोत्सवको अवसरमा सोमबार हेटौंडामा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले अख्तियारले केरकार गर्ने अनावश्यक डरले कतिपय नियमसंगत काममा पनि बाँधा पर्ने अवस्था सिर्जना भएको टिप्पणी गरे ।

262
कारोबार संवाददाता
सोमवार, माघ २८, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. नारायण खड्काले भेनेजुएला प्रकरणमा नेपाल सरकार र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वक्तव्य जारी गर्नु नै आवश्यक नभएको प्रतिक्रिया दिएका छन् । आइतबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले भने, “प्रचण्डजीले भेनेजुएला प्रकरणमा अमेरिकाले हस्तक्षेप ग-यो, साम्राज्यवादी ‘कू’ ग-यो भन्नुभयो ।

313
कारोबार संवाददाता
सोमवार, माघ २८, २०७५

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भेनेजुएलामा जारी राजनीतिक संकटलाई लिएर नेकपा सचिवालयले सार्वजनिक गरेको धारणा नै आधिकारिक रहेको स्पष्ट पारेका छन् । आइतबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले भने, “यो विषयमा पार्टीको सचिवालयले सार्वजनिक गरेको धारणा नै आधिकारिक हो । यसमा अब अल्झिनुपर्दैन ।”

281
कारोबार संवाददाता
सोमवार, माघ २८, २०७५

नेपाली कांग्रेसले वीरगञ्जमा वीपी उद्यानका लागि छुट्याइएको जग्गामा प्रदेश सरकारले सहिद स्मृति पार्क बनाउन खोज्नु आपत्तिजनक भएको बताएको छ । आइतबार केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले यस्तो आपत्ति जनाएको हो ।

278
कारोबार संवाददाता
आइतवार, माघ २७, २०७५

मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले विप्लव नेतृत्वको नेकपालाई पुरानो दलदलको हिंसाको मार्गतिर नजान आग्रह गरेका छन् । मानव अधिकार तथा शान्ति समाज दाङले शनिबार तुलसीपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पहाडीले गतल बाटो त्यागी शान्ति प्रक्रियामा आउन विप्लव नेतृत्वको नेकपालाई आह्वान गरेका हुन् ।

308
कारोबार संवाददाता
आइतवार, माघ २७, २०७५

नेपाल महिला संघ जिल्ला कार्य समिति अर्घाखाँचीले सरकारको विरोधमा प्रदर्शन गरेको छ । कम्युनिष्टको सरकार ः महँगी र भ्रष्टाचार, अधिनायकवादी सरकार मुर्दावाद आदि नाराका साथ संघले प्रदर्शन गरेको हो ।

237
कारोबार संवाददाता
आइतवार, माघ २७, २०७५

‘सत्ताका लागि जस्तोसूकै निर्णय र सम्झौता गर्न पछि नपर्नेे’ जस्ता आरोप खेपिरहेका मधेश केन्द्रीत दल अहिले सत्ता वा सङ्घर्षको अलमलमा रहेको देखिन्छ ।

270
कारोबार संवाददाता
शनिवार, माघ २६, २०७५

स्याङ्जा : राप्रपा अध्यक्ष कमल थापाले मुलुकको राष्ट्रियता र अखण्डता बलियो बनाउन राप्रपा बलियो हुनुपर्ने बताएका छन् उनले धर्म र भगवानप्रति आस्था आस्था नभएका शासकहरुको कारण धर्म,नैतिकता र आदर्श कमजोर हुंदै गएको बताएका छन् ।

373
कारोबार संवाददाता
शुक्रवार, माघ २५, २०७५

भारतका लागि नवनियुक्त नेपाली राजदुत निलाम्बर आचार्यले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन दुवै देशका सरकारले बुझ्ने र छिट्टै कार्यान्वयनमा जाने विश्वास दिलाएका छन् ।

314
कारोबार संवाददाता
शुक्रवार, माघ २५, २०७५

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक माघ २८ गतेसम्मका लागि स्थगन भएको छ । कांग्रेस केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा बिहिबार बसेको बैठकमा पनि नेताहरुले धारणा राख्ने क्रम जारी रह्यो ।

315
कारोबार संवाददाता
बिहिवार, माघ २४, २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राजनीतिक स्थिरताका लागि पार्टी एकीकरण जरुरी रहेको उल्लेख गर्दै पार्टी एकताको काम आगामी फागुनको पहिलो साताभित्र टुङ्गो लगाइने बताएका छन् । सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिकाअन्तर्गत कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माविको ४२औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको काम बाहिर त्यति नदेखिए पनि युगान्तकारी काम भएको बताए ।

323
कारोबार संवाददाता
बिहिवार, माघ २४, २०७५

राष्ट्रिय जनता पार्टी (राजपा)ले उठाएको संविधान संशोधनको माग तत्काल पूरा नहुने भएको छ । सत्ताधारी पार्टी नेकपा नै आन्तरिक किचलोमा फस्न पुगेकाले राजपाको माग सम्बोधनमा ढिलाइ हुने देखिएको हो ।

292
कारोबार संवाददाता
बिहिवार, माघ २४, २०७५

प्रतिनिधिसभाको बैठकमा सांसद र मन्त्रीबीच प्रश्नोत्तर गर्ने पाउने नयाँ अभ्यास शुरु भएको छ । सांसदहरुले जनजीविका र जनसरोकारका विषयमा सम्बन्धित मन्त्रीलाई प्रश्न गर्न पाउने संघीय संसद् कार्यसञ्चालन नियमावलीले गरेको व्यवस्था कार्यान्वयनमा आएको हो । संसद् सचिवालयमा लिखित रुपमा प्रश्न राखेपछि सचिवालयले आवश्यकताका आधारमा मन्त्री र सांसदबीच प्रश्नोत्तर गराउने अभ्यास बुधबार शुरु गरेको हो । सम्बन्धित विषयमा प्रश्न राखेपछि मन्त्रीले दिएको जवाफमा चित्त नबुझेपछि पुनः सांसदले पूरक प्रश्न गर्न पाउने व्यवस्था भएअनुसार सो कार्यकोसमेत अभ्यास गरिएको हो ।

273
जगन्नाथ दुलाल
बिहिवार, माघ २४, २०७५

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमिति विघटनको प्रस्ताव गरेका छन् । केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा निर्धारित समयमा महाधिवेशन गर्न नसकेपछि स्वतः कार्यकाल सकिएको नेविसंघको वर्तमान कार्यसमिति विघटन गर्न निधिले प्रस्ताव गरेका हुन् ।

208
कारोबार संवाददाता
मंगलबार, माघ २२, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध सोमबार देशैभर प्रदर्शन गरेको छ । दुई तिहाइको दम्भमा अधिनायकवादको बाटोमा हिँड्न खोजेको आरोप लगाउँदै कांग्रेसले ७७ वटै जिल्लामा सरकारविरुद्ध प्रदर्शन गरेको हो । सबै जिल्लामा भएका सभालाई केन्द्रीय नेताहरूले सम्बोधन गरेका छन् ।

293