कारोबार संवाददाता
सोमवार, आश्विन २२, २०७५

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक (आज) सोमबार बस्दैछ । आइतबार स्थगित भएको बैठक आज बिहान ८ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बोलाइएको छ ।

593
कारोबार संवाददाता
आइतवार, आश्विन २१, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको केन्द्रिय समिति, पदाधिकारी, अनुशासन समिति र संसदीय समिति सबै निर्वाचनमार्फत् चयन गर्नुपर्ने स्पष्ट पारेका छन्

567
कारोबार संवाददाता
आइतवार, आश्विन २१, २०७५

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्राविधिक कारणले पार्टी एकतामा अलमल भएको बताएका छन् । गोरखा चेम्बर अफ कमर्शले आयोजना गरेको दशैं मेलाको उद्घाटन गर्न गोरखा आएका अध्यक्ष प्रचण्डले अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एकताका लागि पार्टीभित्र कुनै विवाद नरहेको बताए ।

1089
कारोबार संवाददाता
शुक्रवार, आश्विन १९, २०७५

नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले मुलुकमा सुशासन कायम गर्न असफल भएको भन्दै वर्तमान सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरेका छन् ।

696
कारोबार संवाददाता
शुक्रवार, आश्विन १९, २०७५

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुत्ररबार (आज) बस्ने भएको छ । शुक्रबार दिउँसो २ बजे बैठक केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ ।

677
कारोबार संवाददाता
शुक्रवार, आश्विन १९, २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका इन्चार्ज तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वरिष्ठ नेता माधवकुमार नेपालको अभिव्यक्तिले पार्टीको प्रतिष्ठामा असर परेको बताएका छन् ।

620
कारोबार संवाददाता
शुक्रवार, आश्विन १९, २०७५

उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले हरेक नागरिकलाई निःशुल्क रुपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउनेबारे गृहकार्य भइरहेको बताएका छन् । बिहिबार जनकपुरमा यादवले निःशुल्क आधारभूत स्वस्थ्य सेवाका लागि संसद्मा प्रस्ताव लगिसकेको जानकारी गराउँदै अब नगरपालिका, गाउँपालिकादेखि हरेक वडामा स्वास्थ्य चौकी खोलिने बताए ।

1254
कारोबार संवाददाता
शुक्रवार, आश्विन १९, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएपछि नेपाल गरिब भएको हो ? भन्दै प्रश्न गरेका छन् । संयुक्त राष्ट्रसंघको ७३ औं महासभाको बैठकमा सहभागी भएर बिहिबार अपराह्न स्वदेश फर्किने क्रममा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कतिपयले सरकारलाई गाली गर्दा सन्तोष मान्ने गरेको भन्दै यस्तो प्रश्न गरेका हुुन् ।

484
कारोबार संवाददाता
बिहिवार, आश्विन १८, २०७५

सामुदायिक वन उपभोक्ता महासंघ नेपालको छैठौं राष्ट्रिय महाधिवेशनमा नेकपाले एकलौटी गरेको भन्दै प्रजातान्त्रिक समूहले बहिष्कार गरेको छ । देशभरिबाट आएका सामुदायिक वन उपभोक्ता समूहका प्रजातान्त्रिक धारका प्रतिनिधिहरुले आफूहरुसामु नेकपाको दुई तिहाइको दम्भ देखाउँदै सामुदायिक वन महासंघको विधानले परिकल्पना गरेको अवधारणविपरित आम सहमतिलाई ख्यालै नगरी एकलौटी रुपमा चुनाव गरेको आरोप लगाएका हुन् ।

673
कारोबार संवाददाता
बिहिवार, आश्विन १८, २०७५

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच ‘बाम गठबन्धन’ सम्झौता भएको बुधबार एक वर्ष पूरा भएको छ । गत वर्ष दसैंको अवसर पारेर सबै बिदामा भएका बेला काठमाडौंमा तत्कालीन एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि ‘बाम गठबन्धन’ बनाउने सम्झौता गरेका थिए ।

709
रासस
बुधवार, आश्विन १७, २०७५

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टी एकजुट भएर सङ्गठन विस्तार र आफ्नो नीतिको प्रचारमा लाग्न आवश्यक रहेको बताएका छन् ।

596
रासस
बुधवार, आश्विन १७, २०७५

प्रधानमन्त्री केपी शर्मा ओली र कोस्टारिकाका राष्ट्रपति कार्लोस अलभारादो क्वेसाडाबीच अन्तर्राष्ट्रिय शान्ति, कृषि, मौसम परिवर्तन आदि क्षेत्रमा मिलेर काम गर्नसक्ने विषयमा छलफल भएको छ । वार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले आफूले कोस्टारिकाका विषयमा धेरै कुरा सुनेको, अहिले देख्न पाएको र भ्रमणका लागि यसभन्दा उपयुक्त समय नभएको बताए । उनले कोस्टारिकाले आर्थिक, वातावरण संरक्षण, मानवाधिकारजस्ता विषयमा निकै प्रगति गरेको आफूले देखेको उल्लेख गरे ।

614
कारोबार संवाददाता
मंगलबार, आश्विन १६, २०७५

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारमाथि असहयोग गरेको आरोप लगाएका छन् । सोमबार जनकपुरमा जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयको उत्घाटन गर्दै उनले संघीय सरकारले खटाएको कर्मचारीले अटेरी गरेपछि कारबाही गर्नुको साटो मौनता साँधेको भन्दै आक्रोश पोखे ।

842
कारोबार संवाददाता
मंगलबार, आश्विन १६, २०७५

३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारमाथि अनावश्यक शंका नगर्न आग्रह गरेका छन् । आफूहरु संघीयता अभ्यासको सुरुवाती चरणमा रहेको भन्दै केही समयपछि प्रदेश सरकारले देखिने गरी काम गर्ने प्रतिवद्धता दोहो-याएका हुन् ।

813
कारोबार संवाददाता
मंगलबार, आश्विन १६, २०७५

नेपाली कांग्रेसमा पहिलोपटक विशेष महाधिवेशन प्रतिनिधिको प्रस्ताव आएको छ । केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टी विधानमा विशेष महाधिवेशन प्रतिनिधि अर्थात् ‘सुपर डेलिगेट्स’को व्यवस्था गर्न सोमबार २० बुँदे सुझाव दिएका हुन् ।

588