कारोबार संवाददाता
सोमवार, मंसिर ११, २०७४

केही छुटफुट घटनाबाहेक पहिलो चरणमा भएको प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण तथा उत्साहजनक रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । ३२ जिल्लामा भएको निर्वाचनमा ६५ प्रतिशतभन्दा बढी मत खसेको आयोगको अनुमान छ ।

239
कारोबार संवाददाता
आइतवार, मंसिर १०, २०७४

१ सय ११ मतदान केन्द्र रहेको रुकुम पश्चिमका ३ वटा मतदान केन्द्रहरुमा सुरक्षाकर्मीदेखि कर्मचारीसम्म सबै महिलामात्र खटिएका छन् । सदरमुकाम मुसिकोट नगरपालिकाभित्रका सरस्वती मावि सल्ले, शिव आधारभूत विद्यालय पिपलनेटा र यमुना नन्द नमुना मावि सेरीगाँउ मतदान केन्द्रमा सबै कर्मचारी र सुरक्षाकर्मी महिलामात्र खटिएका हुन् ।

116
कारोबार संवाददाता
आइतवार, मंसिर १०, २०७४

आइतबार (आज) हुन गइरहेको प्रदेशसभा तथा प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले शनिबार पत्रकार सम्मेलनमार्फत आ–आफ्नो मतदान केन्द्रमा उत्साहका साथ मतदान गर्न सबै मतदाताहरुलाई आह्वान पनि गरेका छन् ।

109
कारोबार संवाददाता
शुक्रवार, मंसिर ८, २०७४

पहिलो चरणमा मंसिर १० गते आइतबार निर्वाचन हुने ३२ जिल्लामा बिहीबार राति १२ बजेपछि निर्वाचन मौन अवधि सुरु भएको छ । मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आम मतदाता तथा सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन नपाइने आयोगले जनाएको छ ।

224
कारोबार संवाददाता
बिहिवार, मंसिर ७, २०७४

नेपाल प्रहरीले निर्वाचन विरोधी गतिविधिमा संलग्न नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका करिब ३ सय ७६ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । नेपाली सेनाले दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा समेत मतपत्र ढुवानीको जिम्मेवारी पूरा गरेको छ । मंसिर २१ गतेका लागि तय गरिएका ४५ जिल्लाको मतपत्र ढुवानीको काम पूरा गरिएको सेनाले जनाएको छ ।

298
कारोबार संवाददाता
बिहिवार, मंसिर ७, २०७४

‘कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रीकरण, व्यवसायीकरण, बजारीकरण गर्दै कृषि व्यापार घाटा शून्यमा झारेर उत्पादनमा आत्मनिर्भरता कायम गर्ने,’ जस्ता नारा सबै राजनीतिक दलको घोषणापत्रमा समेटिएका छन् । दलहरुले कृषिमैत्री एजेण्डा अघि सार्दै कृषि क्षेत्रको विकासका लागि गर्नुपर्ने मुख्य कार्य पनि समेटिएका छन् । जुन विषय आसन्न निर्वाचनका लागि मुलुकका प्रमुख राजनैतिक दलको कृषिसम्बन्धी धारणा र प्रतिवद्धता पनि यीनै विषयमा केन्द्रित छ ।

225
भगवान खनाल
बुधवार, मंसिर ६, २०७४

संघीय व्यवस्थामा बन्ने केन्द्र सरकार र प्रदेश सरकारमा गरी नेपालमा मन्त्रीको संख्या अब करिब १ सय ५० हुने देखिएको छ । केन्द्र सरकारमा प्रधानमन्त्रीसहित मन्त्री, राज्यमन्त्री तथा सहायकमन्त्री तथा प्रदेश सरकारमा मुख्यमन्त्रीसहित राज्यमन्त्री तथा सहायकमन्त्री गरी देशभर मन्त्रीको संख्या अधिकतम १ सय ५० हुने देखिएको हो । संविधानतः यसभन्दा कम संख्यामा मन्त्रिमण्डल गठन गर्न सकिने भए पनि आकांक्षीको व्यवस्थापन गर्नुपर्दा अधिकतम संख्या नै पुग्ने देखिन्छ । मन्त्रीको संख्या बढेसँगै सरकारको खर्चमा पनि ठूलो चाप पर्ने देखिन्छ । तर, अहिलेकै स्थितिमा सरकारी खर्च धान्न मुस्किल भइरहेका परिप्रेक्ष्यमा सरकारको लागी संघीय खर्चको जोहो गर्नु चुनौतीपूर्ण हुनेछ ।

109
कारोबार संवाददाता
मंगलबार, मंसिर ५, २०७४

उम्मेदवारमाथि हालै भएका आक्रमणप्रति अमेरिकाले चिन्ता व्यक्त गरेको छ । हिंसाको प्रयोगद्वारा निर्वाचन प्रक्रियामा अवरोध पु¥याउने कुनै पनि प्रयासको निन्दा गर्ने काठमाडौंस्थित अमेरिकी दूतावासले बताएको छ ।

142
कारोबार संवाददाता
मंगलबार, मंसिर ५, २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर १० र २१ गते दुई चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा भयरहित वातावरणमा मतदान गर्न सक्ने अवस्था बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा सोमबार आयेजित प्रदेश नं. ३ स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री देउवाले मतदाताले रोजेको दल र उम्मेदवारलाई मतदान गर्न सक्ने गरी सुरक्षा प्रबन्ध मिलाउन सुरक्षा निकायलाई निर्देशन दिए ।

130
कारोबार संवाददाता
सोमवार, मंसिर ४, २०७४

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पुत्र शोक परेको छ । दाहालका एक्ला छोरा प्रकाश दाहालको अल्पायुमै आइतबार बिहान निधन भएको हो । लाजिम्पाटस्थित निवासमा अचेत अवस्थामा भेटिएपछि उनलाई नर्भिक अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याउनुअघि नै उनको निधन भइसकेको अस्पतालले जनाएको छ । बिहान ५ बजेर ५० मिनेटमा अस्पताल पु¥याइए पनि परीक्षण गर्दा मृत पाइएको भन्दै त्यसको ९ मिनेटपछि अर्थात् बिहान ५ बजेर ५९ मिनेटमा उनको निधन भएको घोषणा गरिएको थियो । ।

114
कारोबार संवाददाता
आइतवार, मंसिर ३, २०७४

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचनमा भाग लिएका राजनीतिक दलका उम्मेदवारमाथि भौतिक कारबाही गर्न देशभरका आफ्ना कार्यकर्तालाई लिखित परिपत्र गरेको छ । गत कात्तिक ११ गते पार्टी महासचिव विप्लवले गोप्य परिपत्र गरी राजनीतिक दलका उम्मेदवारमाथि भौतिक कारबाही गरी निर्वाचन विरुद्ध ‘जनकारबाही’ गर्न निर्देशन दिएका हुन् ।

121
कारोबार संवाददाता
शुक्रवार, मंसिर १, २०७४

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले बूढीगण्डकी आयोजनाको ठेक्कामात्रै रद्द भएको बताएका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजकसमेत रहेका खाँणले बूढीगण्डकी आयोजनाको ठेक्कामात्र रद्द गरिएको भन्दै परियोजना भने रद्द नभएको स्पष्ट पारेका हुन् ।

169
कारोबार संवाददाता
बिहिवार, कार्तिक ३०, २०७४

बाम गठबन्धनले सरकारले बूढीगण्डकी आयोजनाकोे चिनियाँ कम्पनीसँगको सम्झौता सनकको भरमा खारेज गरेको आरोप लगाएका छन् । गठबन्धनमा रहेका एमाले र माओवादीका अध्यक्षले बुधबार विशेष पत्रकार सम्मेलन गर्दै सरकरले सम्झौता सनकको भरमा खारेज गरेको भन्दै आफ्नो सरकार आएपछि सम्झौता ब्युँताउने संकेत गरे ।

184
कारोबार संवाददाता
बिहिवार, कार्तिक ३०, २०७४

नेपाली कांग्रेसका नेता गगन थापाले संविधान बनाउने प्रतिवद्धता कांग्रेसले पूरा गरेको भन्दै संविधान कार्यान्वयनका लागि कांग्रेसलाई मत दिन आग्रह गरेका छन् । नेपाल लोकतान्त्रिक शेर्पा संघले बुधबार कपनमा आयोजना गरेको कार्यक्रममा काठमाडौं ४ बाट प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका थापाले संविधानसभाको निर्वाचनमा जाँदा मतदातासँग गरेको बाचाअनुसार नै कांग्रेसले आफ्नो नेतृत्वमा संविधान जारी गरेको स्मरण गराए ।

161
कारोबार संवाददाता
मंगलबार, कार्तिक २८, २०७४

संघीय समाजवादी फोरमले संविधान संशोधन आजको राजनीतिक आवश्यकता भन्दै देशको आर्थिक समृद्धिका लागि विभिन्न योजना सार्वजनिक गर्दै घोषणापत्र सार्वजनिक गरेको छ । समतामूलक समृद्धि र सुशासनको दिशामा देशलाई अगाडि बढाउने दाबी गर्दै प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले देशलाई बन्दीगृह बनाएको आरोप लगाएको छ ।

137