कारोबार संवाददाता
बिहिवार, चैत्र ८, २०७४

संघीय मामिला तथा समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आइतबारदेखि तोकिएको ठाउँमा नजाने कार्मचारीहरूलाई निजामती ऐनअनुसार कारबाही गर्न मन्त्रालय बाध्य हुने चेतावनी दिएका छन् ।

882
कारोबार संवाददाता
बिहिवार, चैत्र ८, २०७४

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारी झन्झटिलो प्रकृयाले गर्दा देशमा भ्रष्टाचारले प्रश्रय पाएको बताएका छन् ।

638
कारोबार संवाददाता
बुधवार, चैत्र ७, २०७४

प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि नेपाली कांग्रेसको ५ औं केन्द्रीय समिति बैठक चैत ९ गते बस्दैछ । केन्द्रीय कार्यालय सानेपामा विहान ११ बजेबाट बैठक शुरु हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

470
कारोबार संवाददाता
मंगलबार, चैत्र ६, २०७४

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तोकिएको वा खटाईएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने र सम्पूर्ण सेवा-सुविधा रोक्नेसम्मको कडा चेतावनी दिएका छन् ।सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले मुलुक संघीय संरचनामा अघि बढिसकेकोले सरकारले प्रदेश र स्थानीय तहमा खटाईएका कर्मचारीहरु कार्यक्षेत्र नगए तत्काल बर्खास्तीदेखि कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिएका हुन् ।

739
तीर्थराज बस्नेत
सोमवार, चैत्र ५, २०७४

संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको सत्तायात्रा सत्तारूढ दलमै निर्भर बनेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन दुवै दल तयार छन् । यद्यपि संविधान संशोोधन र मधेस आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता लिन सत्तारूढ दल तयार हुनुपर्ने उनीहरूको शर्त छ ।

573
कारोबार संवाददाता
आइतवार, चैत्र ४, २०७४

उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित भएका छन् । उनी दोस्रो कार्यकालका लागि उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकेको थियो ।

862
रासस
आइतवार, चैत्र ४, २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारी सरकारले खटाएको स्थानमा जानैपर्ने बताएका छन् । “खटाएको ठाउँमा जान्न भन्ने कर्मचारीलाई अघिल्लो सरकारले विशेष सुविधासहितको अवकाश योजना ल्याएर घर पठाउने निर्णय गरेको रहेछ,” प्रधानमन्त्री ओलीले भने, “वर्तमान सरकार अनुभवी कर्मचारीलाई घर पठाएर नयाँ कर्मचारी नियुक्त गर्ने पक्षमा छैन । सरकारले खटाएको ठाउँमा कर्मचारी जानुपर्छ ।”

668
कारोबार संवाददाता
शुक्रवार, चैत्र २, २०७४

उमेर विवादका कारण विवादीत बनेका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले राजीनामा दिएका छन् । गत साउनमै ६५ वर्ष पुगिसकेको भन्दै न्याय परिषदले बुधबार उनलाई पदमा नरहेको जानकारी गराएको थियो ।

617
कारोबार संवाददाता
बिहिवार, चैत्र १, २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान गतिशील दस्तावेज भएकोले आवश्यकता र औचित्यका आधारमा संशोधन गर्न सकिने स्पष्ट पारेका छन् । आफूलाई विश्वासको मत दिएका प्रतिनिधिसभा, राष्ट्रिय सभा तथा प्रदेशसभाका सांसदहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा धन्यवाद दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

826
जगन्नाथ दुलाल
बिहिवार, चैत्र १, २०७४

प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेर विवादले सर्वोच्च अदालतमा विवाद चर्किएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश पराजुलीमाथि प्रश्न उठाएपछि विवाद थप चर्किएको हो । वरिष्ठ न्यायाधीश चोलेन्द्रशमशेर राणाले पूर्ण इजलाश बहिष्कार गरेका थिए भने अरु ८ जना न्यायाधीशले पनि इजलाशमा नबसेपछि विवाद उत्कर्षमा पुगेको छ ।

659
कारोबार संवाददाता
बुधवार, फाल्गुन ३०, २०७४

नेपाल मामिलाका जानकार एवम् भारतीय जनता पार्टीका प्रभावशाली नेता विजय जोलीले नेपालमा नयाँ लोकतान्त्रिक प्रक्रिया अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको नयाँ सरकारलाई भारत र भाजपाको पूर्ण समर्थन रहेको स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा नेता जोलीले भने, “एमाले अध्यक्ष ओलीजीको नेतृत्वमा गठन भएको नयाँ सरकारलाई हाम्रो पूरापूर सहयोग रहन्छ । आगामी दिनमा अझै धेरै सहयोग रहन्छ ।”

1113
जगन्नाथ दुलाल
बुधवार, फाल्गुन ३०, २०७४

राष्ट्रपति विद्यादेवी भण्डारी पुनः राष्ट्रपति निर्वाचित भएकी छन् । मंगलबार सम्पन्न राष्ट्रपति निर्वाचनमा अर्की उम्मेदवार कुमारी लक्ष्मी राईलाई पराजित गर्दै उनी राष्ट्रपति दोस्रोपटक निर्वाचित भएकी हुन् । राष्ट्रपति निर्वाचनमा उनले ३९ हजार २ सय ७५ मतभार प्राप्त गरिन् । उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी कुमारी लक्ष्मी राईले भने ११ हजार ७सय ३० मतभर प्राप्त गरिन् ।

476
तीर्थराज बस्नेत
मंगलबार, फाल्गुन २९, २०७४

नयाँ राष्ट्रपतिका लागि आज (मंगलबार) निर्वाचन हुँदैछ । निर्वाचन आयोगले तोकेको कार्यतालिकाअनुसार नयाँ राष्ट्रपति चयनका लागि आज १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । संविधान कार्यान्वयनपछि पहिलो पटक हुन लागेको निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले र नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार छिन् । भण्डारीविरूद्ध नेपाली कांग्रेसले नेतृ लक्ष्मी राईलाई उठाएको छ ।

564
नीरज पिठाकोटे
सोमवार, फाल्गुन २८, २०७४

पर्साको अधिकांश स्थानीय तहमा अहिले देखिएको विवादका कारण स्थानीय तहको दैनिक कार्यसम्पादन प्रभावित भएको छ । जनप्रतिनिधिहरूबीच नै सामन्जस्यता नहुँदा पर्साका स्थानीय तहमा विवाद उत्पन्न भएपछि कार्य सम्पादन समेत प्रभावित भएको हो । सिंहदरबारको अधिकार घर घरमा पाउने आशामा जनताले भोट दिएर जिताएका प्रतिनिधिहरू अहिले आपसमा झगडा गर्न थालेपछि स्थानीय तहका कामकाजहरू पनि ठप्प हुँदा सेवाग्राहीलाई समस्या भएको छ ।

509
रासस
सोमवार, फाल्गुन २८, २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा २०८ सांसदको विश्वासको मत प्राप्त गरेका छन् । ओलीको विपक्षमा भने ६० मत परेको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकमा नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम विश्वासको मत लिन प्रस्ताव प्रस्तुत गरेका थिए ।

531