कारोबार संवाददाता
बुधवार, माघ १७, २०७४

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश नं २ बाहेक सबै प्रदेशमा निर्वाचन हुने भएको छ । प्रदेश २ मा सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार प्रदेश २ मा सबै निर्विरोध भएपनि अरु प्रदेशमा केही पदमा निर्विरोध भएपनि बाँकी पदका लागि निर्वाचन हुने बताएका छन् । माघ २४ गते राष्ट्रियसभाको निर्वाचन हुँदैछ ।

465
तीर्थराज बस्नेत
मंगलबार, माघ १६, २०७४

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता टर्ने खतरा बढेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी एकता गर्ने गरी गठबन्धन बनाएर होमिएका दुई दलबीचको एकता नहुने सम्भावना बढेको हो । पार्टी एकता गर्ने र स्थिर सरकार दिने एजेण्डा लिएर निर्वाचनमा गएका दुई दलले बहुमत प्राप्त गरेर सरकार गठन गर्ने तयारीमा छन् । सँगै पार्टी एकताका लागि पनि छलफल अघि बढाइरहेका छन् । सरकार गठबनका विषयमा दुई दलबीच समस्या देखिँदैन । प्रदेश सरकार गठन गर्ने विषयमा दुई दलबीच ७०-३० को भागवण्डा समेत भइसकेको छ ।

1332
कारोबार संवाददाता
मंगलबार, माघ १६, २०७४

भावी प्रधानमन्त्रीका रूपमा हेरिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गैरकानुनी तवरले आर्जित सम्पत्तिलाई कर लिएर शुद्धीकरण गराउने पक्षमा खुलेरै प्रस्तुत भएका छन् । नेपालले हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय सम्झौताविपरित ओली यस्तो धनलाई वैध बनाउने पक्षमा लागेका हुन् । यसअघि निजी क्षेत्रसँगको अनौपचारिक भेटघाटमा सम्पत्ति शुद्धीकरणका अन्तर्राष्ट्रिय प्रावधान नेपालमा लागू गर्न नहुने धारणा राख्दै आएका ओली सोमबार भने खुलेरै यसको पक्षमा उभिए ।

2768
तीर्थराज बस्नेत
सोमवार, माघ १५, २०७४

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलले प्रदेश सरकार गठनका विषयमा सहमति जुटाएको छ । आइतबार बसेको बैठकले मुख्यमन्त्री, सभामुख, उपसभामुख र मन्त्रीको भागवण्डामा सहमति जुटाएको हो । प्रदेशसभा निर्वाचनको परिणामअनुसार बाम गठबन्धनले २ नम्बर प्रदेश बाहेकका अन्य ६ प्रदेशमा सरकार गठन गर्नेछ । २ नम्बर प्रदेशमा भने संघीय समाजवादी फोरमले अन्य दलसँग मिलेर सरकार बनाउने सम्भावना छ ।

760
तीर्थराज बस्नेत
आइतवार, माघ १४, २०७४

प्रदेशका अस्थायी राजधानी, प्रमुख नियुक्ति र सांसदको सपथ ग्रहणपछि प्रदेश सरकार गठनको तयारी थालिएको छ । एक साताअघि भएको प्रदेश सांसदहरूको सपथ ग्रहणपछि संसद बैठक समेत आह्वान भइसकेका छन् । सांसदको सपथ ग्रहण भएको २० दिनभित्र संसद बैठक आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था अनुरूप बैठक आह्वान भएको हो ।

1560
रासस
शुक्रवार, माघ १२, २०७४

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले अर्थतन्त्र र प्रशासनमा दूरगामी असर पार्ने प्रकारका गरेका सबै निर्णयलाई नयाँ सरकारले अस्वीकार गर्ने बताएका छन् । पछिल्लो राजनीतिक स्थिति र वर्तमान सरकारका निर्णयका सम्बन्धमा बिहीबार एमाले केन्द्रीय कार्यालय, धूम्रबाराहीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “निर्वाचनमा पराजय भोगेपछि पनि नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारले अर्थतन्त्र र प्रशासनमा दूरगामी असर पार्ने खालका गरेका सबै निर्णयलाई नयाँ सरकारले अस्वीकार गर्ने छ ।”

551
कारोबार संवाददाता
बिहिवार, माघ ११, २०७४

राष्ट्रियसभा सदस्यको यही माघ २४ गते हुने निर्वाचनका लागि ८३ जना उम्मेदवारबाट मनोनयनपत्र दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार महिला समूहबाट २६, दलित समूहबाट १४, अल्पसंख्यक-अपांग समूहबाट १५ र अन्य समूहबाट २८ जना उम्मेदवारले उक्त निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।

495
कारोबार संवाददाता
बुधवार, माघ १०, २०७४

मुख्य राजनीतिक दलहरूले यही माघ २४ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारहरू चयन गरेका छन् । आज (बुधबार) निर्वाचन आयोगमा उम्मेदवारी मनोनयन गर्नुपर्नेमा भएकाले दलहरूले मंगलबार रातिसम्ममा अधिकांश उम्मेदवार टुंगो लगाएका हुन् ।

499
कारोबार संवाददाता
बुधवार, माघ १०, २०७४

खोटाङको हलेसीमा भएको कांग्रेसका जिल्ला सभापतिहरुको भेलाले कांग्रेसभीत्र हजारौ समस्या रहेको निष्कर्ष निकालेका छन् । स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले पराजय बेहोर्नुका कारण खोज्न त्रि–धार्मिकस्थल हलेसीको दर्शन गर्ने बाहनामा हलेसीमा भेला भएका कांग्रेस सभापतिहरुको भेलाले कांग्रेसभीत्र समस्याको चाँङ रहेको निष्कर्ष निकालेका छन् ।

422
कारोबार संवाददाता
मंगलबार, माघ ९, २०७४

नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको खोटाङको हलेसीमा सम्पन्न भएको भेलाले प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पराजय हुनुका कारण आन्तरिक व्यवस्थापनको कमी र नेतृत्वले पार्टीलाई चलायमान बनाउँन नसकेको निष्कर्ष निकालेका छन् । निर्वाचनमा पराजय हुनुका कारण खोज्न देशभरीका कांग्रेस जिल्ला सभापतिहरुको भेला त्रिधार्मिक तथा पर्यटकिय क्षेत्र हलेसीमा सम्पन्न भएको हो ।

556
रासस
मंगलबार, माघ ९, २०७४

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा निर्वाचनका उम्मेदवार छनोटका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित तीन शीर्ष नेतालाई जिम्मेवारी दिएको छ ।

339
कारोबार संवाददाता
मंगलबार, माघ ९, २०७४

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालसँग तालमेल गर्ने निर्णय गरेको छ । राजनीतिक समितिसहितको अध्यक्ष मण्डलको बैठकले राष्ट्रिय सभा निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो ।

437
कारोबार संवाददाता
मंगलबार, माघ ९, २०७४

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले माघ २८ गते जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला बोलाएको छ । दलका महासचिव भुपेन्द्रजंग शाहीका अनुसार मुलुकको समसामयिक राजनीतिको समीक्षा लगायतका विषयमा छलफल गर्न जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला बोलाइएको हो । भेला नगरकोटमा हुनेछ ।

328
कारोबार संवाददाता
सोमवार, माघ ८, २०७४

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता गर्न बनाइएको संयोजन समितिको बैठक एकताको विषयमा प्रवेश नै नगरी सम्पन्न भएको छ । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एकता संयोजन समितिको बैठक पार्टी एकताको विषयमा छलफल नै नगरी सकिएको हो ।

662
कारोबार संवाददाता
सोमवार, माघ ८, २०७४

सातवटै प्रदेशका प्रदेशसभा सांसदहरूले आइतबार प्रादेशिक अस्थायी राजधानीमा शपथ ग्रहण गरेका छन् । प्रदेशसभा प्रमुखले जेष्ठ सदस्यलाई र जेष्ठ सदस्यले अन्य सांसदहरूलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । विराटनगर संवाददाता मीनकुमार नवोदितका अनुसार प्रदेश नम्बर १ को पहिलो प्रदेशसभाका सदस्यहरूले शपथग्रहण लिएका छन् ।

614