कारोबार संवाददाता
बिहिवार, कार्तिक २३, २०७४

मंसिर २१ गते हुने दोश्रो चरणको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पर्सामा निकै रोमाञ्चक भिडन्त हुने भएको छ । नेपाली कांग्रेस, वाम गठबन्धन तथा मधेसी गठबन्धनबाट बनेका उम्मेदवारमात्रै नभएर स्वतन्त्र उम्मेदवारहरू पनि चुनावी मैदानमा उत्रिएका छन् । तर, पर्साको ४ वटै निर्वाचन क्षेत्रमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ । ४ वटै निर्वाचन क्षेत्रमा एमाले माओवादीको बाम गठबन्धन र फोरम राजपा गठबन्धन तथा कांग्रेसबीच प्रतिस्पर्धा हुने देखिएको हो ।

155
तीर्थराज बस्नेत
बुधवार, कार्तिक २२, २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १० वर्षमा आर्थिक वृद्धिदर दोहोरो अंकमा पुयाउने घोषणा गरेको छ । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मंगलबार घोषणापत्र जारी गर्दै राप्रपाले १० वर्षभित्रमा आर्थिक वृद्धिदरलाई १० अंकभन्दा बढी पु¥याउने उद्घोष गरेको हो । घोषणापत्रमा देशको समग्र आर्थिक अवस्था सन्तोषजनक नभएको जनाइएको छ ।

182
तीर्थराज बस्नेत
आइतवार, कार्तिक १९, २०७४

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले १० वर्षमा २० हजार मेगावाट विद्युत्् उत्पादन गर्ने घोषणा गरेका छन् । चुनावी गठबन्धनसँगै पार्टी एकता गर्ने सहमति गरेका दुई दलको संयुक्त घोषणापत्रमार्फत आगामी १० वर्षमा जल, जैविक, सौर्य, वायु, फोहोर प्रशोधन र अन्य वैकल्पिक माध्यमबाट २० हजार मेगावाट विद्युत्् उत्पादन गर्ने उद्घोष गरेका छन् ।

131
जगन्नाथ दुलाल
मंगलबार, कार्तिक १४, २०७४

नेपाली कांग्रेसले आउँदो ५ वर्षभित्र मुलुकको तीब्र आर्थिक विकाससहित अर्थतन्त्रको आकार दोब्बर बनाउने घोषणा गरेको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि तयार पारिएको घोषणापत्रमा कांग्रेसले ५ वर्षभित्र नेपाली अर्थतन्त्रको आकार ५० खर्ब पु¥याउने प्रतिवद्धता जनाएको हो । त्यसका लागि विदेशी पुँजीको परिचालन गर्ने तथा अभूतपूर्व स्वदेशी लगानी गर्ने घोषणापत्रमा उल्लेख छ । अहिले नेपालको अर्थतन्त्रको आकार २५ खर्ब ९९ अर्ब रूपैयाँको छ भने बजेटको आकार १२ खर्ब ७८ अर्ब ९९ करोड रूपैयाँ छ ।

171
कारोबार संवाददाता
आइतवार, कार्तिक १२, २०७४

नयाँ शक्तिले सात प्रदेशका मुख्य योजना अगाडि सार्दै देश संघीय ढाँचामा गइसकेकोले प्रदेशका विषेशताका आधारमा प्रदेशका मुख्य योजनाहरू अघि सारेको छ । नयाँ शक्तिको घोषणापत्रमा प्रदेश नं. १ मा १३ योजना, २ मा १५ योजना, ३ मा ७ योजना, ४ मा १० योजना, ५ मा १० योजना, ६ मा १७ योजना र ७ मा १३ विषेश योजना बनाएको छ ।

97
कारोबार संवाददाता
शुक्रवार, कार्तिक १०, २०७४

बाम गठबन्धनमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कुनै पनि बहानामा निर्वाचन सार्न नहुने बताएका छन् । बिहीबार संयुक्त पत्रकार सम्मेलन गर्दै उनीहरूले सर्वोच्च अदालतको आदेशले निर्वाचन हुनेमा आशंका उत्पन्न गराएको भन्दै निर्वाचन नसार्न ४ बुँदे विज्ञप्ति जारी गर्दै सरकारलाई चेतावनी दिएका छन् ।

132
कारोबार संवाददाता
बिहिवार, कार्तिक ९, २०७४

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि बुधबार बेलुकीसम्म ७ सय ५ जनाको उम्मेदवारी कायम भएको छ । उम्मेदवारी दिएका मध्ये ९७ जनाले उम्मेदवारी फिर्ता लिएपछि यो संख्या कायम भएको हो । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले यो संख्या अझै घट्ने बताएका छन् । “अहिलेसम्म ७०५ जनाको उम्मेदवारी कायम भएको छ । केही उम्मेदवारहरू अझै घट्न सक्छन्,” बुधबार बेलुकी उनले भने । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा १ सय ११ पदका लागि निर्वाचन हुँदैछ । बुधबार ९७ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

117
तीर्थराज बस्नेत
बुधवार, कार्तिक ८, २०७४

निर्वाचन आयोगले २०७० को निर्वाचनमा कार्यक्षेत्रमा खटिएका निजामती, जंगी, प्रहरीलगायत सबै राष्ट्रसेवकलाई देशभरबाट समानुपातिक तर्फको मतदान अधिकार दिएको थियो । तर, यो निर्वाचनमा भने मतदाता नामावली भएको मतदान केन्द्र भन्दा बाहेक अन्यत्रबाट मतदान गर्न पाउने व्यवस्था नभएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

109
कारोबार संवाददाता
सोमवार, कार्तिक ६, २०७४

भोजपुर विमानस्थलमा लगातार दुई दिनसम्म उडान रद्द भएपछि कांग्रेस नेताहरू हेलिकप्टर चार्टर गरी मनोनयन दर्ता गर्न भोजपुर पुगेका हुन् । कांग्रेसको संसदीय समितिले शुक्रबार मात्रै भोजपुरका उम्मेदवारहरूको टुंगो लगाएको थियो । समितिले प्रतिनिधि सभामा १ निर्वाचन क्षेत्र रहेको भोजपुरमा उमेशजंग रायमाझीलाई उम्मेदवार बनाउने निर्णय ग¥यो ।

142
कारोबार संवाददाता
शुक्रवार, कार्तिक ३, २०७४

उनले एमाले–माओवादी केन्द्रको वाम गठबन्धनसँग नेपाली कांग्रेस नडराउनें तथा नेपाली कांग्रेसले जितेपनि वा हारेपनि मुलुकलाई जिताउनुपर्ने बताइन् । उनले चुनाव भएपछि मुलुकमा लोकतन्त्र, दिगो विकास र आर्थिक समृद्धि हाँसिल हुने विश्वास दिलाईन् । उनले निर्वाचन सफल रुपमा सम्पन्न गराउनको लागि सबैले आ–आफ्नो स्थान्बाट सहयोग पुर्याउनुपर्ने विश्वास दिलाईन् ।

94
कारोबार संवाददाता
मंगलबार, आश्विन ३१, २०७४

माओवादी केन्द्रका मन्त्रीहरुले सत्ता नछोड्नुको कारण सत्ता कब्जाको उदाहरण

89
कारोबार संवाददाता
सोमवार, आश्विन ३०, २०७४

प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि ८८ वटा राजनीतिक दलले समानुपातिकतर्फका उम्मेदवारको नामावली निर्वाचन आयोगमा बुझाएका छन् । समानुपातिकको सूची बुझाउने अन्तिम दिन आइतबार निर्वाचन आयोगमा उनीहरूले सो सूची पेश गरेका हुन् ।

101
कारोबार संवाददाता
सोमवार, आश्विन ३०, २०७४

गच्छदार ०६४ सालमा संविधानसभाको पहिलो निर्वाचन हुनु केही दिनअघि मात्र कांग्रेस छोडेर तत्कालिन मधेसी जनअधिकार फोरममा प्रवेश गरेका थिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल र त्यसलगत्तै पार्टी एकता गर्ने घोषणा भएपछि कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठबन्धनको गृहकार्य सुरु भएको थियो ।

157
कारोबार संवाददाता
बुधवार, आश्विन २५, २०७४

नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्न १७ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ । सभापति शेरबहादुर देउवाले बुधबार १७ सदस्यीय बोर्ड गठन गरेका हुन् ।

88
कारोबार संवाददाता
बुधवार, आश्विन २५, २०७४

प्रतिनिधी तथा प्रदेश सभा निर्बाचनका लागि रुकमका चार राजनीतिक दलले आफ्ना उम्मेदवारहरु केन्द्रमा सिफारिस गरेका छन । जसमा चार जना पत्रकारहरु समेत रहेका छन । नेकपा एमाले, नेकपा माओबादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबाट १ जना प्रत्यक्ष र ३ जना समानुपातिक गरि ४ जना पत्रकारहरु उम्मेदवार सिफारिसमा परेका हुन ।

127