कारोबार संवाददाता
बिहिवार, आश्विन १८, २०७५

सामुदायिक वन उपभोक्ता महासंघ नेपालको छैठौं राष्ट्रिय महाधिवेशनमा नेकपाले एकलौटी गरेको भन्दै प्रजातान्त्रिक समूहले बहिष्कार गरेको छ । देशभरिबाट आएका सामुदायिक वन उपभोक्ता समूहका प्रजातान्त्रिक धारका प्रतिनिधिहरुले आफूहरुसामु नेकपाको दुई तिहाइको दम्भ देखाउँदै सामुदायिक वन महासंघको विधानले परिकल्पना गरेको अवधारणविपरित आम सहमतिलाई ख्यालै नगरी एकलौटी रुपमा चुनाव गरेको आरोप लगाएका हुन् ।

263
कारोबार संवाददाता
बिहिवार, आश्विन १८, २०७५

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच ‘बाम गठबन्धन’ सम्झौता भएको बुधबार एक वर्ष पूरा भएको छ । गत वर्ष दसैंको अवसर पारेर सबै बिदामा भएका बेला काठमाडौंमा तत्कालीन एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि ‘बाम गठबन्धन’ बनाउने सम्झौता गरेका थिए ।

298
रासस
बुधवार, आश्विन १७, २०७५

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टी एकजुट भएर सङ्गठन विस्तार र आफ्नो नीतिको प्रचारमा लाग्न आवश्यक रहेको बताएका छन् ।

233
रासस
बुधवार, आश्विन १७, २०७५

प्रधानमन्त्री केपी शर्मा ओली र कोस्टारिकाका राष्ट्रपति कार्लोस अलभारादो क्वेसाडाबीच अन्तर्राष्ट्रिय शान्ति, कृषि, मौसम परिवर्तन आदि क्षेत्रमा मिलेर काम गर्नसक्ने विषयमा छलफल भएको छ । वार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले आफूले कोस्टारिकाका विषयमा धेरै कुरा सुनेको, अहिले देख्न पाएको र भ्रमणका लागि यसभन्दा उपयुक्त समय नभएको बताए । उनले कोस्टारिकाले आर्थिक, वातावरण संरक्षण, मानवाधिकारजस्ता विषयमा निकै प्रगति गरेको आफूले देखेको उल्लेख गरे ।

322
कारोबार संवाददाता
मंगलबार, आश्विन १६, २०७५

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारमाथि असहयोग गरेको आरोप लगाएका छन् । सोमबार जनकपुरमा जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयको उत्घाटन गर्दै उनले संघीय सरकारले खटाएको कर्मचारीले अटेरी गरेपछि कारबाही गर्नुको साटो मौनता साँधेको भन्दै आक्रोश पोखे ।

341
कारोबार संवाददाता
मंगलबार, आश्विन १६, २०७५

३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारमाथि अनावश्यक शंका नगर्न आग्रह गरेका छन् । आफूहरु संघीयता अभ्यासको सुरुवाती चरणमा रहेको भन्दै केही समयपछि प्रदेश सरकारले देखिने गरी काम गर्ने प्रतिवद्धता दोहो-याएका हुन् ।

330
कारोबार संवाददाता
मंगलबार, आश्विन १६, २०७५

नेपाली कांग्रेसमा पहिलोपटक विशेष महाधिवेशन प्रतिनिधिको प्रस्ताव आएको छ । केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टी विधानमा विशेष महाधिवेशन प्रतिनिधि अर्थात् ‘सुपर डेलिगेट्स’को व्यवस्था गर्न सोमबार २० बुँदे सुझाव दिएका हुन् ।

261
रासस
सोमवार, आश्विन १५, २०७५

नेपाली कांग्रेसको विधान संशोधन मस्यौदा तयारीका क्रममा सभापतिका अधिकार बढाउने वा यथावत राख्ने भन्नेमा बहस सुरु भएको छ । कांग्रेसमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको पालासम्म एकल नेतृत्वको अभ्यास थियो । एकल नेतृत्वबाट आफूखुसी काम गर्ने गरेको गुनासोपछि कांग्रेसमा १२ औं महाधिवेशनबाट सभापतिसँगै अन्य पदाधिकारी पनि निर्वाचित हुने व्यवस्था गरिएको हो ।

269
कारोबार संवाददाता
सोमवार, आश्विन १५, २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद संसद्देखि सामाजिक सञ्जालसम्म छरपष्ट भएको छ । प्रदेश संयोजक चयन र सरकार सञ्चालनका विषयमा रहेको नेकपाको विवाद पछिल्ला केही दिनयता सतहमा आएका हुन् ।

327
कारोबार संवाददाता
आइतवार, आश्विन १४, २०७५

गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री किरण गुरुङले सामाजिक सञ्जालले सामाजिक अपराधका घटना बढाएको बताएका छन् । शुक्रबार पोखरामा मीना सृजनशिल समावेशी पत्रकारिता पुरस्कार २०७४ बाट पत्रकार खेल सारु मगरलाई पुरस्कृत गर्दै कावा मुख्यमन्त्री गुरुङले सामाजिक सञ्जालहरुमा जसले जे मन लाग्यो, त्यही विषयवस्तु राख्नाले समाजमा हाल अपराधका घटनाहरु बढाएको बताएका हुन् ।

161
कारोबार संवाददाता
आइतवार, आश्विन १४, २०७५

नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले देश टुत्र्mयाउने गतिविधिमा लाग्ने पक्षलाई राज्यले नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

303
कारोबार संवाददाता
आइतवार, आश्विन १४, २०७५

गृहमन्त्री राम बहादुरथापा ‘बादल’ले अब नेपालीहरु नेपाल छोडेर मुग्लान पस्न नपर्ने बताएका छन् । ५६ वर्षपछि आफ्नो जन्मथलो गुल्मीको मुसिकोट–४ दजाकोटमा आएका उनले आफूले २०१९ सालमा नेपाल छोडेर मुग्लान पस्न बाध्य भएको सम्झँदै अब नेपालीहरु त्यस्तै बाध्यतामा पर्ने स्थिति नआउने दाबी गरे ।

789
कारोबार संवाददाता
शुक्रवार, आश्विन १२, २०७५

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको इमान्दारीतामा नै प्रश्न उठेको बताएका छन् । दुईहप्ते लामो युरोप भ्रमण सकेर बिहिबार स्वदेश फर्केका उनले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारको इमान्दारितामा प्रश्न उठाएका हुन् । सरकारको मुख्य काम नै शान्ति सुरक्षा र सुशासन दिने भए पनि त्यसमा सरकार पूर्ण असफल भइसकेको पौडेलको भनाइ थियो ।

331
कारोबार संवाददाता
शुक्रवार, आश्विन १२, २०७५

सरकारको कार्यशैली र प्रदेश समितिका इन्चार्ज तोकिएको विषयमा नेपाल कम्युनिष्ट पार्टी (ने क पा)मा विवाद चुलिएको छ । सरकारले जनभावना अनुसार काम गर्न नसकेको र त्यसले पार्टीको छवि बिग्रिएको निष्कर्ष ने क पाका नेताहरुले निकाल्न थालेका छन् ।

282
कारोबार संवाददाता
बिहिवार, आश्विन ११, २०७५

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले मुलुकमा बढ्दै गएको बलात्कार, हत्या, महँगीलगायतको विरोध गर्दै सरकार विरुद्ध प्रदर्शन गरेको छ । राजधानीको बबरमहलमा भेला भएका विद्यार्थीहरुको विरोध ¥याली नारा जुलुससहित माइतिघर मण्डलामा पुगेर कोणसभामा परिणत भएको थियो ।

247