प्रदेश नं ७ को सरकारले बुधबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समाजवाद उन्मुख अर्थतन्त्रको प्रवद्र्धनका लागि लगानीमैत्री वातावरण सिर्जना गरी सार्वजनिक, निजी एवं सहकारी क्षेत्रको सहभागितालाई प्रोत्साहन दिइएको छ ।
प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश प्रमुखसमक्ष आगामी बजेटमा समावेश हुने नीति तथा कार्यक्रम बुझाएका छन् । आज (बुधबार) प्रदेशसभाको बैठकमा सार्वजनिक गरिने सो नीति तथा कार्यक्रममा प्रदेशलाई आर्थिकरूपले समृद्ध बनाउन आवश्यक जग निर्माण गर्ने खालका विषयहरूलाई समावेश गरिएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीलाई सबल बनाउन छिटै १४ औं महाधिवेसन गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले विधान संशोधन गरेर छिटै महाधिवेसन गर्नुपर्ने सुझाएका छन् । “विशेष महाधिशेसन गर्ने पक्षमा म छैन ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस स्थापना भएको ६९ वर्षमा प्रवेश गरेको छ । तर, कांग्रेसले आफ्नो जन्मदिन कुनै औपचारिक कार्यक्रम गरेर संस्थागत रुपमा भने स्मरण गरेन ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सचिवहरूको सरुवा विधिसम्पन्न र प्रक्रिया पूरा गरेर गरिएको बताएका छन् ।
विकास कार्यलाई समयमा पूरा गराउन योजना तथा कार्यान्वयन गर्न सक्ने अधिकारसहितको निकाय गठनबारे प्रदेश नम्बर २ मा छलफल जारी छ । संघीय समाजवादी फोरमको नेतृत्वमा रहेको सरकारका मुख्यमन्त्री लालबाबु राउत, प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ र त्यस क्षेत्रका अर्थविज्ञहरूबीच सघन छलफल भइरहेको स्रोतले जनाएको छ ।
प्रदेश ४ का मुख्यमन्त्री र मन्त्रीहरूले पाउने पारिश्रमिक तथा सेवा सुविधाका सम्बन्धमा बनेको विधेयक पारित भएको छ । सोमबार बसेको संसद् बैठकले मुख्यमन्त्री र मन्त्रीहरूको पारिश्रमिक तथा सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४ पारित गरेको हो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले सार्वजनिक गरेको श्वेतपत्र ‘अबौद्धिक र अव्यावसायिक मुचुल्का’ भएको ठहर गर्दै त्यसलाई निराशाको ‘लालपत्र’को संज्ञा दिएको छ । सोमबार केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले अर्थमन्त्री डा. युवराज खतिवडाले चैत १६ गते सार्वजनिक गरेको आर्थिक श्वेतपत्रमाथि ९ दिनपछि औपचारिक धारणा सार्वजनिक गरेको हो ।
३ नम्बर प्रदेश सरकारले मुख्यमन्त्री र मन्त्री र प्रदेशसभा सभासदको तलब सुविधासम्बन्धी विधेयक आइतबार प्रदेशसभाबाट स्वीकृत गराएको छ । स्वीकृत विधेयकमा मुख्यमन्त्रीको तलब ६० हजार ९ सय ७० रुपैयाँ तोकिएको छ । अन्य सेवासुविधासमेत गरेर मुख्यमन्त्रीले मासिक ७५ हजार रुपैयाँ पाउने देखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली भारतको तीन दिने राजकीय भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ५४ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै ओली शुक्रबार नयाँ दिल्ली गएका थिए ।स्वदेश फर्किनुअघि प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण आपसी असमझदारी अन्त्य गर्न सफल भएको बताए ।
प्रदेश नम्बर ५ को आर्थिक वर्ष २०७४÷०७५को नीति तथा कार्यक्रम आइतबार (आज) आउँदैछ । प्रदेश नम्बर ५ को मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको नीति तथा कार्यक्रम स्वीकृत गर्नुका साथै २५ गते बस्ने प्रदेशसभाको बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको सरकारका भौतिक पूर्वाधार विकास मन्त्री तथा सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए ।
संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले समृद्धि मुखले भनेर मात्रै सम्भव नरहेको जिकिर गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय लोकतान्त्रिक ट्रेड यूनियन महासंघलाई पार्टी प्रवेश गराउन आयोजित पत्रकार सम्मेलनमा नेता राईले यस्तो जिकिर गरेका हुन् ।
नेकपा एमाले र माओवादी केन्द्रबीच वैशाख ९ गते पार्टी एकता हुने भएको छ । लामो समयको रस्साकसी र छलफलपछि दुई पार्टीले वैशाख ९ गते एकता घोषणा गर्न लागेका हुन् । बिहीबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले ९ गते एकता गर्ने गरी तयारी थाल्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि उत्पादन वृद्धि गर्न सहकारी मोडल उपयुक्त भएको बताएका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र राष्ट्रिय सहकारी महासंघको संयुक्त आयोजनामा भएकोे दोस्रो सहकारी महासम्मेलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश विकासका लागि सहकारीको विकल्प नभएकाले उच्च प्राथमिता दिइएको दाबी गरे ।
कर्णाली प्रदेशको आर्थिक कार्यविधि विधेयक कार्यविधि पारित भएको छ । बुधबार बसेको प्रदशसभाको ९ औं बैठकले प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको आर्थिक कार्यविधि विधेयक सर्वसम्मत रुपमा पारित गरेको हो ।