कारोबार संवाददाता
आइतवार, माघ १३, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल विद्यार्थी संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै कालो झण्डा देखाएको छ । अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर स्वदेश फर्कने क्रममा उनलाई शनिबार नेविसंघ केन्द्रीय सदस्य सुशील भट्ट नेतृत्वको टोलीले कालो झण्डा देखाएको हो ।

359
कारोबार संवाददाता
आइतवार, माघ १३, २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट सरकार अधिनायकवादी हुन नसक्ने बताएका छन् । कम्युनिष्ट नेता एकदेव आलेको ५० औं स्मृति दिवसको अवसरमा एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठान तनहुँको भवन उद्घाटन र स्मारिका विमोचन कार्यक्रमलाई शनिबार दमौलीमा सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले वर्तमान सरकार प्रमुख प्रतिपक्षी दलले भनेजस्तो अधिनायकवादी हुन नसक्ने दाबी गरे । x

388
कारोबार संवाददाता
आइतवार, माघ १३, २०७५

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले ल्याएको प्रहरीसम्बन्धी विधेयक र आन्तरिक सुरक्षासम्बन्धी विधेयक संविधान र संघीयताविरोधी भएकोले यसलाई तत्काल फिर्ता गर्नुपर्ने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा उनले भने, “यो विधेयक फिर्ता गरिएन भने प्रदेश सरकार यसको लागि सडकमा पनि संघर्ष गर्छ ।

366
कारोबार संवाददाता
शुक्रवार, माघ ११, २०७५

नेपाली कांग्रेसका सांसद गगन थापाले सभामुख कृष्णबहादुर महराको भूमिका आग्रहपूर्ण भएको आरोप लगाएका छन् । बिहीबार रिपोर्टर्स् क्लबमा पत्रकार सम्मेलन गर्दै सांसद थापाले सभामुखको पछिल्लो भूमिका आग्रहपूर्ण तथा न्यायसंगत नभएको आरोप लगाएका हुन् । “सभामुखमा नियुक्त भएपछि जोकेहीको पनि दलसँगको आबद्धता रहँदैन,” उनले भने, “अरुको निर्देशनमा चल्न खोजियो भने यसले हामीलाई पुरानै दिनमा फर्काइदिन्छ । हिजोमा फर्किन खोजियो भने स्थिति मुठभेडमा जान्छ । यसमा सरकारमा जिम्मेवार हुनुपर्छ ।

351
कारोबार संवाददाता
शुक्रवार, माघ ११, २०७५

प्रदेश नं ३ मा १३ हजार ६८४ र काठमाडौँ महानगरमा सात हजार २१२ कर्मचारीले आवेदन फाराम भरेका छन् । समायोजनमा जानका लागि कर्मचारीको पहिलो प्राथमिकतामा सात प्रदेशमा प्रदेश नं. ३ र ७५३ स्थानीय तहमा काठमाडौं महानगरपालिका परेका छन् ।

391
कारोबार संवाददाता
शुक्रवार, माघ ११, २०७५

नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलको नेताको अनुपस्थितिमा संवैधानिक परिषद् बैठकले गरेको निर्णय लोकतान्त्रिक संस्कृतिविपरीत भएको भन्दै आपत्ति जनाएको छ ।

306
कारोबार संवाददाता
बिहिवार, माघ १०, २०७५

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य एवम् सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयक आगामी माघ ११ गते बस्ने संसद् बैठकबाट पारित हुने बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सांसद भट्टराईले ११ गते बस्ने बैठकमा विधेयक निर्णयार्थ प्रस्तुत हुने जनाए । उनले भने, “माघ ११ गते बस्ने बैठकमा यो विधेयक हामी ट्याक्कै पारित गर्छौं । पास हुन्छ । मन्त्रीलाई रोष्ट्रममा जान दिइएन भनेपनि मन्त्री बसेकै ठाउँबाट पनि पास हुन्छ ।

327
कारोबार संवाददाता
बिहिवार, माघ १०, २०७५

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ सरकारविरुद्ध उत्रिएको छ । बुधबार दिउँसो नेविसंघले सरकारविरुद्ध प्रदर्शन गरेको हो । नेविसंघ केन्द्रीय समितिको आयोजनामा भएको विरोध कार्यक्रममा उपत्यकाका विभिन्न क्याम्पसबाट नेविसंघका कार्यकर्ताहरु जुलुससहित माइतीघर मण्डला आइपुगेका थिए । उनीहरु ‘निर्मलालाई न्याय दे’, ‘गोविन्द केसीको माग पूरा गर’, ‘ओली सरकार मुर्दावाद’ लगायत नारा लगाउँदै बानेश्वर पुगेका थिए ।

329
कारोबार संवाददाता
बिहिवार, माघ १०, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री एवम् सांसद मीन विश्वकर्माले अनशनरत डा. गोविन्द केसीको माग नबदलिएको तर योगेश भट्टराईको स्वार्थ बदलिएको आरोप लगाएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने, “गोविन्द केसीका माग ठिक छन् भनेर सबैभन्दा पहिले हस्ताक्षर गर्ने पनि योगेश भट्टराई नै हो । रवीन्द्र अधिकारी र उहाँ हो नि पहिलो हस्ताक्षरकर्ता । त्यसपछि गगन थापाजी त तेस्रो, चौथौमा पुग्नुभएको हो ।”

326
कारोबार संवाददाता
बुधवार, माघ ९, २०७५

राष्ट्रिय जनता पार्टी (राजपा)को महाधिवेशन नजिकिरहँदा पार्टीभित्रको विवाद पनि थप बल्झिँदै गएको छ । अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी महेन्द्र राय यादवमा गए पनि विवाद समाधानको स्थिति नदेखिएको पार्टीका नेताहरूले बताउन थालेका छन् । पार्टीका नेताहरूका अनुसार विभिन्न जिल्लाहरूमा पार्टी अध्यक्ष निवर्तमान संयोजकद्वय महन्थ ठाकुर र राजेन्द्र महतो पक्षधर रहेका छन् । उनीहरूले सदस्यता वितरण आफूखुशी गर्न थालेका छन् ।

375
कारोबार संवाददाता
बुधवार, माघ ९, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण मंगलबार पनि चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा बैठकमा पेश हुन सकेन । सभामुख कृष्णबहादुर महराले कांग्रेसको अवरोध जारी रहेकै बेला शिक्षामन्त्री गिरिराजमणि पोख्रेललाई विधेयक प्रस्तुत गर्न समय दिएका थिए । तर, कांग्रेस सांसदहरुले शिक्षामन्त्री पोख्रेललाई बाटैमा रोकेपछि विधेयक पेश हुन सकेन ।

322
कारोबार संवाददाता
मंगलबार, माघ ८, २०७५

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार प्रेस स्वतन्त्रता विरोधी बन्दै गएको आरोप लगाएका छन् । सोमबार नेपाल प्रेस युनियन लमजुङ शाखाको छैटौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै सभापति देउवाले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले प्रेस जगतको अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाए ।

380
कारोबार संवाददाता
मंगलबार, माघ ८, २०७५

माओवादी शान्ति प्रक्रियामा जाँदा विरोध जनाउँदै छुट्टै समूह खडा गरेका केशव दाहाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी कम्युनिस्ट केन्द्र) उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा समाहित भएको छ । सोमबार काठमाडौंमा आयोजित पार्टी एकीकृत घोषणा कार्यक्रममा नेकपा कम्युनिष्ट केन्द्रका संयोजक दाहाललगायत नेता तथा कार्यकर्ता सो पार्टीमा प्रवेश गरेको फोरमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

451
कारोबार संवाददाता
मंगलबार, माघ ८, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार बसेको संसद् बैठक अवरुद्ध गरेको छ । कांग्रेसका दुई पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताललाई संघीय सरकारको मातहतमा ल्याउनुपर्ने माग गर्दै कांग्रेसले सोमबार संसद् बैठक अवरुद्ध गरेको हो ।

345
कारोबार संवाददाता
सोमवार, माघ ७, २०७५

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले अनशनरत डा. गोविन्द केसीका सबै माग पूरा भएको दाबी गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले आफू पनि संसद्को स्वास्थ्य तथा शिक्षा समितिको सदस्य भएको नाताले र मन्त्रालयको तर्फबाट पनि आफू नै समितिको बैठकमा सहभागी भएको सुनाए । उनले भने, “उपत्यकाबाहिर मेडिकल कलेज खोल्ने एउटा कुरा आयो । फेरि दोस्रो कुरा के आयो भने ५ भन्दा बढी नदिने । फेरि तेस्रो कुरा के आयो भने जोसँग आफ्नो मेडिकल कलेज छैन, त्यसलाई दिन नपाउने ।”

326