तीर्थराज बस्नेत
शुक्रवार, फाल्गुन ४, २०७४

नेकपा माओवादी केन्द्र तत्काल सकारमा सहभागी नहुने भएको छ । बिहीबार प्रधानमन्त्री नियुक्त भएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा माओवादी नजाने भएको हो । आफ्नै समर्थनमा ओलीलाई प्रधानमन्त्री बनाएको माओवादी पार्टी एकतामा एमालेले हलो अड्काएको भन्दै सरकार सहभागी नहुने भएको हो ।

890
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन ४, २०७४

संघीय सरकार बनेकै दिन बिहीबार प्रदेश सरकार पनि गठन भएका छन् । केन्द्र सरकार बनेकै दिन केही प्रदेशमा सरकार गठन भएको छ भने केहीमा मुख्यमन्त्री नियुक्त भए पनि शपथग्रहण हुन बाँकी र मन्त्री मण्डल विस्तार हुन बाँकी छ । संघीय सरकारको प्रधानमन्त्रीको रूपमा नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री बनेकै दिन प्रदेश नम्बर १, २ र ५ मा मन्त्रिमण्डल बनेको छ भने प्रदेश नम्बर ६ र ७ मा मुख्यमन्त्री नियुक्त भए पनि सपथग्रहण हुन बाँकी छ ।

917
निरु अर्याल
शुक्रवार, फाल्गुन ४, २०७४

सात दशकदेखि अपुरो रहेको आर्थिक विकास र समृद्धिको सपना पूरा गर्ने अभिभारासहित बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालका ४१ औं प्रधामन्त्री बनेका छन् । संविधान कार्यान्वयन, आर्थिक विकास र समृद्धिलाई काँधमा बोकेर हिँडेको गणतन्त्र नेपालको पहिलो स्थिर सरकारसामु अर्थतन्त्रलाई गति दिनु तथा समृद्धिका सपना पूरा गर्नु भने त्यति सहज छैन ।

1324
भगवान खनाल
शुक्रवार, फाल्गुन ४, २०७४

प्रदेश सरकारको संरचना धमाधम बन्दै छन् । यही हप्ताभित्रै सबै प्रदेशमा संभवतः सरकार बनिसक्छ । सरकार गठनपछिको प्रदेश सभा प्रदेशका कानुनलगायतका महत्वपूर्ण काममा केन्द्रित हुनेछ ।

1126
कारोबार संवाददाता
बिहिवार, फाल्गुन ३, २०७४

बुधबार दिउँसो ४ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीको नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गर्ने चर्चापछि सञ्चारकर्मीहरु प्रधानमन्त्री निवास बालुवाटार पुगे । केही घण्टा प्रतिक्षा गर्दा पनि प्रधानमन्त्री देउवाले न त कुनै सम्बोधन गरे, न राजीनामाको घोषणा नै । तर, बालुवाटार स्रोतका अनुसार बुधबार देशवासीका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गर्ने पत्र भने प्रधानमन्त्री देउवाले तयारी हालतमा राखेका थिए ।

1286
रासस
बुधवार, फाल्गुन २, २०७४

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माण गर्ने लक्ष्यका साथ नेकपा (एमाले)सँग आफ्नो पार्टीले एकता प्रक्रिया अगाडि बढाएको बताएका छन् । तत्कालीन माओवादीले ‘जनयुद्ध’ शुरु गरेको दिनको स्मरणमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित २३औँ जनयुद्ध दिवस’ समारोहलाई सम्बोधन गर्दै उनले बृहद् लक्ष्य पूरा गर्नाका लागि एकता प्रक्रिया अगाडि बढाइएको बताए ।

586
तीर्थराज बस्नेत
मंगलबार, फाल्गुन १, २०७४

नेकपा एमालेले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहोर्याउने तयारी गरेको छ । अध्यक्ष केपी शर्मा ओली राष्ट्रपतिमा एकपटक भण्डारीलाई नै दोहोर्याउनुपर्ने पक्षमा देखिएका छन् । “पार्टीभित्र अन्य आकांक्षी पनि छन् । तर एकपटक उहाँ (भण्डारी) नै दोहोरिनुहुन्छ,” ओली निकट एक नेताले भने, “उहाँले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका खेल्नुभएको छ । त्यसैले उहाँ नै फेरि राष्ट्रपति बन्नुहुन्छ ।”

2037
कारोबार संवाददाता
सोमवार, माघ २९, २०७४

नेकपा एमालेले प्रतिनिधिसभा समानुपातिकतर्फ ४१ जना सांसदको नाम तय गरेको छ । आइतबार बसेको स्थायी कमिटीको बैठकले पार्टीको भागमा परेको ४१ जना सांसदको नाम तय गरि निर्वाचन आयोगमा बुझाएको सचिव प्रदिप ज्ञवालीले जानकारी दिए । जसमा ४ जना पुरुष छन् भने अरु ३७ सांसद महिला छन् ।

344
कारोबार संवाददाता
सोमवार, माघ २९, २०७४

नेपालको संविधानमा प्रदेशमा कम्तिमा ७-७ र संघमा १५ वटा मन्त्रालयको प्रावधान रहेअनुसार सरकारले सोही अुनसारको व्यवस्था गरेको छ । प्रदेशमा मन्त्रालयहरू खुलिरहेका छन् भने नयाँ सरकार बनेपछि संघीय सरकारका मन्त्रालयहरू पनि खुल्ने छन् । संविधानको अनुसूचिमा व्यवस्था भएबमोजिमका काम प्रदेश मन्त्रालयहरूलाई क्षेत्रगत रुपमा तोकिएको छ ।

2484
मीनकुमार नवोदित
आइतवार, माघ २८, २०७४

प्रदेश नम्बर १ मा रहने ७ मन्त्रालयका लागि विभिन्न सरकारी कार्यालयको भवनलाई रंगरोगन र मर्मत अन्तिम चरणमा पुगेको छ । १ नम्बर प्रदेशमा कुन कार्यालय भवनमा कुन मन्त्रालय राख्ने टुंगो लागेपछि मर्मत र रंगरोगन थालिएको थियो । १ नम्बर प्रदेशमा प्रदेशमा मुख्यमन्त्रीसहित ७ वटा मन्त्रालय रहनेछन् ।

1712
जगन्नाथ दुलाल
शुक्रवार, माघ २६, २०७४

राष्ट्रिय सभा निर्वाचनको परिणाम आएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । ५६ पदका लागि बुधबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनको परिणाम आइसकेको छ । अझै ३ सदस्य भने मन्त्रिपरिषद्ले मनोनीत गर्न बाँकी नै छ । ५६ पदमा बहुमत सिटमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बाम गठबन्धनबाट निर्वाचित भएका छन् ।

839
कारोबार संवाददाता
बिहिवार, माघ २५, २०७४

प्रदेश नं. २ मा फागुन ७ गतेभित्र मन्त्रीको पदवहाली हुने भएको छ । राष्ट्रियसभामा ८ वटै राष्ट्रियसभाका उम्मेदवारहरू सर्वसम्मतिले चयन भएको हुँदा फागुन ७ गतेभित्र मन्त्रालयका मन्त्रीको पदावहाली हुने भएको हो । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधाम तोकिएसँगै प्रदेश कार्यालयको स्थापना भएको छ र बुधकार मुख्य सचिवमा राजेश्वरमान सिंहले पदभार ग्रहण गरेका छन् ।

931
कारोबार संवाददाता
बिहिवार, माघ २५, २०७४

राष्ट्रियसभा सदस्यका लागि बुधबार सम्पन्न निर्वाचनमा ९९ दशमलव ५२ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगले बुधबार पत्रकार सम्मलन गरी कुल १ हजार ६ सय ७७ मतदातामा ८ जनामात्र अनुपस्थित रहेको जानकारी दिएको छ । निर्वाचनमा १ हजार ६ सय ६८ जनाले मतदान गरेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिए । प्रदेश ३ र ४ मा भने शतप्रतिशत मतदान भएको छ ।

689
कारोबार संवाददाता
बुधवार, माघ २४, २०७४

राष्ट्रिय सभा सदस्यका लागि आज निर्वाचन हुँदैछ । ७ वटा प्रदेशमा ७ स्थानमा मतदान हुनेछ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा कुल २ हजार ५६ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको आयोगले जानकारी दिएको छ ।

539
कारोबार संवाददाता
मंगलबार, माघ २३, २०७४

नेपाली कांग्रेसले प्रदेश नम्बर २ संसदीय दलको नेतामा रामसरोज यादवलाई चयन गरेको छ । धनुषा क्षेत्र नं ३ प्रदेश क बाट निर्वाचित यादव सर्वसम्मत दलको नेता चयन भएका हुन् ।

614