दीननाथ बराल
मंगलबार, माघ २३, २०७४

प्रदेश नम्बर ४ को पहिलो बैठकमा बोल्ने अधिकांश सांसदहरुले प्रदेश ४ लाई आर्थिक विकास र समृद्धिको बाटोमा लगि नमुना प्रदेश बनाउनुपर्नेमा जोड दिएका छन् । प्रचुर सम्भावना रहेको र हिमाल, पहाड र तराई तीनै भूभागले छोएको पर्यटन, जलश्रोत, कृषि, उद्योगमा यहाँ धेरै सम्भावना रहेको बताउँदै सांसदहरुले यसको आर्थिक विकास र समृद्धिमा कुनै राजनीतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेर विकासमा एकमत गरी अघि बढ्नेमा जोड दिएका हुन् ।

603
मीनकुमार नवोदित
मंगलबार, माघ २३, २०७४

प्रदेश नम्बर १ को पहिलो बैठक सोमबार अस्थायी राजधानीका रुपमा तोकिएको विराटनगरस्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ । प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठक विभिन्न ३ वटा प्रस्ताव पारित गर्दै सकिएको छ । बैठकले सभामुखको निर्वाचन मिति तोक्नेसहितका कार्यसूची पारित गरेको हो ।

686
कारोबार संवाददाता
सोमवार, माघ २२, २०७४

संविधानप्रदत्त सातवटै प्रदेशको प्रदेशसभाको बैठक धमाधम शुरु भएको छ । प्रदेश नं १ र ४ को पहिलो बैठक सोमबार बस्नेछ । प्रदेश नं ३ को बैठक यसअघि नै माघ १८ गते हेटौडामा सम्पन्न भइसकेको छ ।

587
कारोबार संवाददाता
सोमवार, माघ २२, २०७४

नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने खुलासा गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता ज्ञवालीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणपछि दुई देशको सम्बन्ध थप सुमधुर भएको दाबी गर्दै एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेलगत्तै मोदी नेपाल भ्रमणमा आउने बताए ।

583
कारोबार संवाददाता
सोमवार, माघ २२, २०७४

ऐतिहासिक प्रदेशसभा बैठकहरू औपचारिकतामा मात्रै सीमित भएको देखिन्छ । हालसम्म प्रदेशको गतिविधि सञ्चालन गर्नेलगायतका बिन्दूमा मात्रै प्रदेश सभा केन्द्रित छ भने सांसदहरू चाहिँ पहिलो बैठकमा सहिदका तस्बिर नराखिएकोमा विरोध जनाउने, राजधानी आफूले भनेका स्थानमा नभएकोमा विरोध गरिरहेका छन् ।

672
कारोबार संवाददाता
आइतवार, माघ २१, २०७४

३ नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडामा सञ्चालनमा आएको छ । प्रदेश सभाको पहिलो बैठक बसेको भोलिपल्ट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सञ्चालनमा आएको हो । जिल्ला समन्वय समितिको भवनलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा परिणत गरिएको थियो ।

522
रासस
आइतवार, माघ २१, २०७४

यसै साता हुने पहिलो प्रदेश सभा बैठकका लागि विभिन्न प्रदेशमा तयारी तीव्र पारिएको छ । अहिलेसम्म ३ नम्बर प्रदेश सभाको मात्र पहिलो बैठक सम्पन्न भएको छ ।प्रदेश नं ६ को अस्थायी मुकाम सुर्खेतमा आइतबार (आज) बस्ने प्रदेशसभाको पहिलो ऐतिहासिक बैठकको तयारीलाई तीव्रता दिइएको छ ।

493
कारोबार संवाददाता
शुक्रवार, माघ १९, २०७४

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान सरकार काम चलाउ भइसकेकाले पछिल्लोपटक गरेका निर्णय अनुपयुक्त र असान्दर्भिक भएको बताएका छन् ।

559
कारोबार संवाददाता
शुक्रवार, माघ १९, २०७४

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकता संयोजन समितिको बैठक बिनानिष्कर्ष सकिएको छ । बिहीबार ओली निवास बालकोट भक्तपुरमा बसेको बैठकले पार्टी एकताको थप दिशा तय गर्न सकेन ।

576
कारोबार संवाददाता
शुक्रवार, माघ १९, २०७४

तीन नम्बर प्रदेशको प्रदेशसभाको पहिलो बिहीबार बैठक सकिएको छ । दिउँसो १ बजे बसेको बैठक २ः३० मा सकिएको हो । बैठकले प्रदेश नम्बर ३ को प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि २०७४ पारित गरेको छ । त्यसैगरी कार्यविधि बमोजिम सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सभामुखले रामेश्वर फुयाँल, धनश्याम दाहाल, गिता वाग्ले र शोभा शाक्यलाई मनोनयन गरेको जानकारी दिइएको थियो । बैठकले सभामुखको निर्वाचन माघ २७ गते गर्ने निर्णय गरेको छ ।

793
रासस
शुक्रवार, माघ १९, २०७४

भारतका बाह्य मामिलामन्त्री सुष्मा स्वराज नेपालको दुईदिने भ्रमणका क्रममा बिहीबार अपरान्ह विशेष विमानबाट काठमाडौं आइपुगेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विशिष्ट कक्षमा अर्थराज्यमन्त्री उदयशम्शेर राणा, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरी र परराष्ट्र मन्त्रालय तथा यहाँस्थित भारतीय राजदूतावासका उच्च अधिकारीले स्वागत गरेका थिए ।

620
जगन्नाथ दुलाल
बिहिवार, माघ १८, २०७४

डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपि माग गर्दै बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन् । सूचना हक अन्तर्गत निवेदन दर्ता गरिएको हो । न्याय परिषदले कायम गरेको नागरिकताको विवरण र पराजुलीले पेश गरेको नागरिकताको प्रतिलिपिमा उल्लेखित जन्म मिति फरक रहेको विषयमा पहिले पनि विवाद भएको थियो । सो विषय डा.केसीले पराजुलीको राजीनामा माग गर्दै अनसन बसेपछि पुनः सतहमा आएको हो ।

549
कारोबार संवाददाता
बिहिवार, माघ १८, २०७४

संसद् सचिवालयले ७ वटै प्रदेश संसद्का लागि करिव २ सय मर्यादा पालक खटाउने भएको छ । प्रहरी प्रधान कार्यालयसँगको समन्वयपछि संसद् सचिवालयले हरेक प्रदेश संसद्का लागि २० देखि ३० जना मर्यादा पालक खटाउने तयारी गरेको हो ।

604
रासस
बिहिवार, माघ १८, २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल टेलिभिजन (एनटिभी)ले आफूलाई सन्तुलित र विश्वसनीय सञ्चारमाध्यमका रुपमा स्थापित गर्न सफल भएको बताएका छन् । नेपाल टेलिभिजनको ३३औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले भन, “संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने राज्यको अभियानमा एनटिभीले काँधमा काँध मिलाएर हिँडेको छ ।”

540
कारोबार संवाददाता
बुधवार, माघ १७, २०७४

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश नं २ बाहेक सबै प्रदेशमा निर्वाचन हुने भएको छ । प्रदेश २ मा सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार प्रदेश २ मा सबै निर्विरोध भएपनि अरु प्रदेशमा केही पदमा निर्विरोध भएपनि बाँकी पदका लागि निर्वाचन हुने बताएका छन् । माघ २४ गते राष्ट्रियसभाको निर्वाचन हुँदैछ ।

662