कारोबार संवाददाता
मंगलबार, कार्तिक २०, २०७५

प्रभावकारी रूपमा काम गर्न नसकेको भन्दै केही मन्त्रीलाई फिर्ता बोलाउने चर्चा चलिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले तत्काल पुनर्गठनको सम्भावना नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले भने, “अहिले नै सरकार पुनर्गठनको सम्भावना छैन ।”

298
रासस
सोमवार, कार्तिक १९, २०७५

नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले राष्ट्रको विकास र जनताको दीर्घकालीन उन्नति हुने सोचका साथ सरकार तीव्र गतिमा अघि बढिरहेको बताएका छन् । 

379
कारोबार संवाददाता
सोमवार, कार्तिक १९, २०७५

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्लाहीको रामनगरमा एकको मृत्यु र दर्जनौं घाइते हुनेगरी भएको गोलीकाण्डको निष्पक्ष छानबिन गर्न माग गरेका छन् । आइतबार सो गोलीकाण्डमा घाइते भई वीर अस्पतालमा उपचार गराइरहेका घाइतेहरुलाई भेटेपछि पौडेलले यस्तो माग गरेका हुन् ।

277
जगन्नाथ दुलाल
सोमवार, कार्तिक १९, २०७५

नेपाली कांग्रेसको महासमिति बैठक मंसिर तेस्रो साता हुने भएको छ । यसअघि मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा बस्नेगरी महासमिति बैठक बोलाइएको भए पनि तयारी नपुग्दै भन्दै बैठक दुई साता धकेलिने भएको हो । महासमिति बैठकको मिति सर्ने निश्चित भइसके पनि सोबारे औपचारिक निर्णय भने मंगलबार केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय समिति बैठकले गर्नेछ ।

338
कारोबार संवाददाता
आइतवार, कार्तिक १८, २०७५

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार नेपाली सेनालाई कमजोर बनाउने खेलमा लागेको आरोप लगाएका छन् । सरकारले लोकतन्त्रका आधारभूत संरचनालाई कमजोर बनाउँदै सर्वसत्तावाद लाद्न खोजिरहेको कोइरालाको भनाइ थियो ।

394
केशव समर्पण
आइतवार, कार्तिक १८, २०७५

तीन नम्बर प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितलाई पदमुक्त गरिएको छ । प्रदेश सरकारको मन्त्री भएको ९ महिनामै स्थापित बर्खास्तीमा परेका हुन् ।

432
कारोबार संवाददाता
शुक्रवार, कार्तिक १६, २०७५

नेपाली कांग्रेसले दशैं, तिहार, छठ र नेपाल संवत्को अवसर पारेर शुक्रबार जलपान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । विगत ४१ वर्षदेखि कोजाग्रत पूर्णिमाको दिन पारेर आयोजना गर्दै आएको चियापान कांग्रेस नेता चक्र बास्तोलाको निधनको शोकका कारण केही दिनपछि गरिएको हो । कांग्रेसले चियापानमा करिब १ लाखलाई निम्त्याएको छ ।

346
कारोबार संवाददाता
शुक्रवार, कार्तिक १६, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले तिहार र छठलगत्तै आफ्नो पार्टीले सरकारविरुद्ध कडा आन्दोलन गर्ने घोषणा गरेका छन् । बिहीबार रिपोर्टर्स क्लबमा नेता महतले भने, “ओलीजीको सरकार गठन भएपछि जनतामा ठूलो आशा थियो । तर, यसले अहिले जनताको आशालाई निराशामा परिणत गरिदिएको छ । छोटो अवधिमा नै जनता सरकारसँग निराश भएका छन् ।

408
कारोबार संवाददाता
बिहिवार, कार्तिक १५, २०७५

डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले सरकार असफलताको बाटोमा अघि बढेको ठहर गरेको छ । बुधबार राजधानीमा सुरु भएको संघीय बैठकमा संयोजक भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदनमा नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार पतनको बाटो गएको दाबी गरिएको छ ।

335
कारोबार संवाददाता
बुधवार, कार्तिक १४, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विखण्डनकारी चरित्रका नागरिकको नागरिकता खारेज गर्न सरकारसँग माग गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा भण्डारीले नेपालमा अराजकता बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै राष्ट्रको हितमा आँच आउने खालका काम गर्नेहरुको नागरिकता खारेज गर्नुपर्ने बताएका हुन् ।

342
कारोबार संवाददाता
बुधवार, कार्तिक १४, २०७५

नेपाली कांग्रेसले आगामी मंसिर ५ गतेका लागि तय गरेको महासमिति बैठकका लागि गृहकार्य तिव्र पारेको छ । महासमिति बैठक स्थानीय व्यवस्थापन समितिका संयोजक काठमाडौं जिल्ला अध्यक्ष सबुज बानियाँको अध्यक्षतामा मंगलबार सानेपामा बसेको बैठकले ५ वटा उपसमिति गठन गरेको हो । बैठकले भोजन व्यवस्थापन, मञ्च तथा प्रचारप्रसार, स्वयंसेवक व्यवस्थापन, स्थानीय व्यवस्थापन सचिवालय र आर्थिक व्यवस्थापन उपसमिति गठन गरेको बानियाँले जानकारी दिए ।

252
कारोबार संवाददाता
बुधवार, कार्तिक १४, २०७५

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी चुनावमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन् । नेपाली कांग्रेस जन्तेढुंगा गाउँपालिका कार्यसमिति खोटाङले आयोजना गरेको जननायक विश्वेश्वरप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले पार्टीभित्र रहेका गुट–उपगुटको अन्त्य गर्दै एकताबद्ध भएर अगाडि बढे कांग्रेसलाई मुलुकको पहिलो पार्टी बन्न कुनै तागतले रोक्न नसक्ने बताए ।

331
कारोबार संवाददाता
मंगलबार, कार्तिक १३, २०७५

राष्ट्रिय जनता पार्टी नेपालका नेता एवम् संसदीय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले सरकारले संविधान संशोधन हुनुपर्ने आफ्नो पार्टीको माग सम्बोधन नगरे छठलगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।

307
कारोबार संवाददाता
मंगलबार, कार्तिक १३, २०७५

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता सबैलाई घाँडो भइसकेको भन्दै आफ्नो पार्टीले खारेजीका लागि संसद्मा संशोधन प्रस्ताव लैजाने बताएका छन् । सोमबार राजधानीमा आयोजित एक साक्षात्कारमा उनले नेपालमा संघीय प्रणाली अत्यन्तै खर्चिलो हुने र जनतालाई खर्चको भारमात्र बढाउन छलकपटपूर्ण तरिकाले लागू गरिएको भन्दै संशोधन लैजाने बताएका हुन् ।

330
कारोबार संवाददाता
मंगलबार, कार्तिक १३, २०७५

प्रदेश नम्बर २ सरकारले नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको सुझावअनुसार संघीय प्रहरी ऐनको लागि एक महिनासम्म बाटो कुर्ने भएको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले संघीय सरकारसँग समन्वय र सहकार्यको लागि तत्पर रहेको भन्दै एक महिनासम्म सरकारको प्रतीक्षा गर्ने बताएका छन् ।

371