कारोबार संवाददाता
सोमवार, कार्तिक १२, २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनलगायत समसामयिक राजनीतिक विषयमा राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसँग आइतबार बिहान छलफल गरेका छन् । आगामी छठभित्र संविधान संशोधन नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने अल्टिमेटमको समयसीमा नजिकिँदै जाँदा प्रधानमन्त्री ओलीले संयोजक ठाकुरलाई बालुवाटार बोलाएर छलफल गरेका हुन्

310
कारोबार संवाददाता
आइतवार, कार्तिक ११, २०७५

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विसर्जनवादी भएकाले मोहन वैद्य र विप्लवसँग पार्टी एकता गर्ने घोषणा गरेका छन् । शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले ओली–प्रचण्ड कम्युनिष्ट नभएको दाबी गर्दै वैद्य र विप्लवसँग पार्टी एकता गर्ने खुलासा गरेका हुन् ।

406
कारोबार संवाददाता
आइतवार, कार्तिक ११, २०७५

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको विषयमा राष्ट्रिय जनता पार्टी अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरसँग आइतबार (आज) भेटवार्ता गर्ने भएका छन् । राजपा स्रोतका अनुसार प्रधानमन्त्री ओलीले संयोजक ठाकुरसँग समसामयिक राजनीतिक अवस्था र संविधान संशोधनका विषयमा छलफल गर्नेछन् ।

384
कारोबार संवाददाता
आइतवार, कार्तिक ११, २०७५

नेपाली कांग्रेसको महासमिति बैठक काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिकोे गएको भदौ ९ गते बसेको बैठकले मंसिर ५ देखि ९ गतेसम्म महासमिति बैठक गर्ने निर्णय गरेको थियो ।

377
कारोबार संवाददाता
आइतवार, कार्तिक ११, २०७५

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शनिबार काठमाडौंको भृकुटीमण्डपमा चियापान आयोजना गरेको छ । गत जेठमा भएको तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापश्चात् विजयादशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा पहिलो पटक चियापानको आयोजना गरिएको हो ।

390
कारोबार संवाददाता
शुक्रवार, कार्तिक ९, २०७५

राजपा नेपालका उपाध्यक्ष वृषेशचन्द्र लालले नेकपाका अध्यक्ष प्रचण्डले जनकपुरमा गएर प्रदेश सरकारलाई ओभरटेक नगर्न दिएको निर्देशनलाई धम्कीको संज्ञा दिएका छन् । उनले भने, “प्रचण्डको भनाईलाई हामीले गम्भिर रुपमा लिएका छौं । यो प्रचण्डको हामीलाई धम्की हो । उहाँले सल्लाह वा सुझाव दिनुभएको होईन् ।”

446
कारोबार संवाददाता
बिहिवार, कार्तिक ८, २०७५

नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा विगत ४१ वर्षदेखि आयोजना गर्दै आएको चियापान कार्यक्रम यसवर्ष यही कात्तिक १६ गते एउटै समयमा देशभरका सबै जिल्लामा गर्ने भएको छ । उपत्यकाका ३ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको एकै ठाउँमा चियापान आयोजना गरे पनि अन्य ७४ जिल्लामा भने छुट्टाछुट्टै चियापानको आयोजना हुने भएको छ ।

414
कारोबार संवाददाता
बुधवार, कार्तिक ७, २०७५

धनुषाको क्षिरेश्वरनाथ उद्योग वाणिज्य संघलाई चुनावको चटारो लागेको छ । महेन्द्रगरमा अहिले व्यापारी, व्यवसायी र उद्योगीहरूको चहलपहल निकै बढेको छ ।

524
कारोबार संवाददाता
बुधवार, कार्तिक ७, २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विधी र पद्धतिअनुसार चल्नुपर्नेमा जोड दिँदै कम्युनिष्ट पार्टी विधी र पद्धतिभन्दा बाहिर सञ्चालन गर्न खोजिएमा त्यसलाई स्वीकार गर्न नसकिने बताएका छन् । बाँकेको कोहलपुरमा आयोजना गरिएको नेकपाका पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टीभित्रका अन्तर विरोधहरुलाई नेतृत्वले गलत नठानेर सही ढंगले टुग्याउनु पर्नेमा जोड दिए ।

850
कारोबार संवाददाता
बुधवार, कार्तिक ७, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री एनपी साउदले वर्तमान सरकार असफल भैसकेकोले गम्भिर जोखिममा रहेको बताएका छन् । रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा उनले भने, “वर्तमान सरकार आन्तरिक द्वन्द्वको चक्रव्यूहमा परेको छ । हामीले सरकारको आलोचना गर्नु त धर्म नै हो ।

529
कारोबार संवाददाता
बुधवार, कार्तिक ७, २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले मुलुकको विकास र समृद्धिका लागि एकआपसमा समन्वय र सहकार्य गरी अगाडि बढ्न अपिल गरेका छन् । मंगलबार जनकपुरमा विजयादशमी, दिपावली, छठ तथा इदको अवसरमा आयोजित शुभकामना आदानप्रदान एवं प्रदेश पार्टी कार्यालय उद्घाटन कार्यक्रममा अध्यक्ष प्रचण्डले एक वर्षभित्र नेकपा र संघीय सरकारले यस प्रदेशलाई प्राथमिकता राखेको पुष्टि हुने बताए ।

1164
कारोबार संवाददाता
बुधवार, कार्तिक ७, २०७५

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले अब बस्ने स्थायी समिति बैठकमा वर्तमान मन्त्रीहरुको कार्यशैली र मन्त्रीहरु परिवर्तन गर्नेबारे व्यापक छलफल हुने स्पष्ट पारेका छन् । उनले भने, “प्रधानमन्त्रीले अब टिम परिवर्तन गर्नुपर्छ ।

828
कारोबार संवाददाता
मंगलबार, कार्तिक ६, २०७५

नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकार असफलता उन्मुख रहेको बताएका छन् । विराटनगरमा सोमबार सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले गएको आठ महिनाको कार्यशैली हेर्दा सबै पक्षमा सरकार असफल भइसकेको दाबी गरे ।

423
कारोबार संवाददाता
मंगलबार, कार्तिक ६, २०७५

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी महासमिति बैठकपछि पार्टीभित्रको गुटबन्दी समाप्त हुने दाबी गरेका छन् । विराटनगरमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री कोइरालाले गुटबन्दीको शिकार भएकै कारण गएको निर्वाचनमा कांग्रेसले पराजय भोग्नुपरेको बताए ।

592
कारोबार संवाददाता
मंगलबार, कार्तिक ६, २०७५

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै निधिले सरकार कार्यकर्ता र आसेपासलाई पोस्नमा मात्रै केन्द्रित भएको आरोप लगाए ।

289