कारोबार संवाददाता
बुधवार, फाल्गुन ८, २०७५

पुँजी बजारका विज्ञहरूले सेयर बजारमा पछिल्लो समय गिरावट आए पनि चिन्ताजनक अवस्थामा भने नरहेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभा अर्थ समितिको मंगलबारको बैठकमा पुँजी बजारका विज्ञ डा. गोपालप्रसाद भट्टले सेयर बजारमा पछिल्लो समय आएको गिरावट स्वभाविक भएको बताए ।

606
कारोबार संवाददाता
सोमवार, फाल्गुन ६, २०७५

सिद्धार्थ क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्मा श्री शिवम् सिमेन्टस् लिमिटेडकोे प्रतिसेयर सय अंकित दरमा प्रिमियम बापत २ सय रुपैयाँ थप गरी प्रतिसेयर ३ सय रुपैयाँका दरले ४१ लाख २० हजार कित्ता साधारण सेयर सर्वसाधारणका निमित्त फागुन ६ गते सोमबार (आज)देखि बिक्री खुला गरिएको जनाएको छ ।

553
कारोबार संवाददाता
सोमवार, फाल्गुन ६, २०७५

सरकारले घोषणा गरेको जनताको जलविद्युत् कार्यक्रममा सर्वसाधारणका लागि व्यवस्था गरिएको ४९ प्रतिशत स्वपुँजी संकलनको लागि गरिने सेयर निष्कासन तथा बाँडफाँडलाई व्यवस्थित गर्ने धितोपत्र बोर्डले विशेष कानुनी व्यवस्था गरेको छ । बोर्डले अर्थ मन्त्रालयको निर्देशनअनुसार सरकारको कार्यक्रम सफल पार्न आवश्यक नियम तथा कानुनी व्यवस्थाका धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ मा दोस्रो संशोधन गरेको हो ।

541
रासस
आइतवार, फाल्गुन ५, २०७५

धितोपत्र बजारमा यस साता विभिन्न पाँच कम्पनीका सेयर सूचीकृत भएका छन् । नेपाल स्टक एक्सचेञ्जकाअनुसार एनसीसी बैंकको ७९ लाख ११ हजार २८१ कित्ता हकप्रद सेयर सूचीकृत भएका छन् । यस्तै जानकी फाइनान्स लिमिटेडको ८ लाख ८७ हजार ४६६ कित्ता सेयर लाभांश, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २० लाख कित्ता सेयर लाभांश सूचीकृत भएको छ ।

558
कारोबार संवाददाता
शुक्रवार, माघ २५, २०७५

दोलखा जिल्लाको खारे कोरिडोरमा निर्माणाधीन ११ मेगावाट क्षमताको तल्लो खारे खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक युनिभर्सल पावरले सार्वजनिक सेयर निष्कासन गरेको छ ।

1225
कारोबार संवाददाता
बुधवार, माघ २३, २०७५

धितोपत्र बजारमा आज शेयरको मूल्य पुनःघटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७.३८ बिन्दुले घटेर एक हजार १३९.७२ बिन्दुमा झरेको छ ।

477
कारोबार संवाददाता
मंगलबार, माघ २२, २०७५

धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य सुधार आएको छ । पछिल्ला केही दिनदेखि लगातार ओरालो लाग्दै आएको बजारमा केही सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.८३ विन्दुले बढेर एक हजार १४७.१० विन्दुमा पुगेको छ ।

507
कारोबार संवाददाता
सोमवार, माघ २१, २०७५

नेपाल धितोपत्र बोर्डले ६ जिल्लाकाे कारोबार नेप्सेमार्फत गर्न निर्देशन दिएको छ ।

631
कारोबार संवाददाता
सोमवार, माघ २१, २०७५

धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ८.८५ बिन्दुले घटेर एक हजार १४४.२७ बिन्दुमा झरेको छ ।

348
कारोबार संवाददाता
आइतवार, माघ २०, २०७५

नेप्से परिसूचक यस साता कुल १६८ कम्पनीको ४४ लाख ६६ हजार ५६८ कित्ता सेयर १ अर्ब २९ करोड ३६ लाख ४९ हजार ७ सय ३७ रुपैयाँमा खरिद बिक्री भएका छन् ।

423
कारोबार संवाददाता
आइतवार, माघ २०, २०७५

नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबारको बाटो खुला गरेको छ । बोर्डले शुक्रबार परिपत्र जारी गर्दै मार्जिन कारोबारको बाटो खोलिदिएको हो । अब ब्रोकर कम्पनी र लगानीकर्ताबीचको सहमतिका आधारमा ब्याजदर तय गरेर मार्जिन कारोबार गर्न सकिनेछ । त्यस्तो मार्जिन कारोबारको ब्याजदरबारे बोर्ड र नेप्सेलाई जानकारी भने गराउनुपर्नेछ । ब्याजदरको सम्बन्धमा धितोपत्र बोर्डले ब्रोकरहरूलाई नै छाडिदिए पनि त्यसको प्रत्यक्ष अनुगमन भने आफैं गर्ने भएको छ ।

483
कारोबार संवाददाता
शुक्रवार, माघ १८, २०७५

नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबारको बाटो खुला गरिदिएको छ । बोर्डले शुक्रबार परिपत्र जारी गर्दै मार्जिन कारोबारको बाटो खोलिदिएको हो । अब ब्रोकर कम्पनी र लगानीकर्ताबीचको सहमतिका आधारमा ब्याजदर तय गरेर मार्जिन कारोबार गर्न सकिनेछ । त्यस्तो मार्जिन कारोबारको ब्याजदरबारे बोर्ड र नेप्सेलाई जानकारी भने गराउनुपर्नेछ ।

581
कारोबार संवाददाता
शुक्रवार, माघ १८, २०७५

दोलखामा निर्माण भइरहेको ११ मेगावाट क्षमताको तल्लोखारे खोला जलविद्युत् आयोजनाले सर्वसाधारणका लागि ८६ करोड ७४ लाख ४९ हजार बराबरको ८६ लाख ७४ हजार ४ सय ९२ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।

682
रासस
बिहिवार, माघ १७, २०७५

नेपाल स्टक एक्सचेञ्जले धितोपत्र बिक्री गर्दासमेत अग्रिम रकम माग गरेको भन्दै त्यस्तो नगर्न नगराउन धितोपत्र दलाल व्यवसायीलाई आग्रह गरेको छ ।

476
कारोबार संवाददाता
मंगलबार, माघ १५, २०७५

ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले रु १८ करोड मूल्य बराबरको १८ लाख कित्ता साधारण शेयर(आइपिओ) बिक्री गर्ने भएको छ ।

665