कारोबार संवाददाता
बुधवार, आश्विन १७, २०७५
572

साढे ७ मेगावाटको माथिल्लो खोरुङ्गा खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक तेह्रथुम पावर कम्पनी लिमिटेडले १२ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ ।
तेह्रथुममा निर्माणाधीन सो आयोजनाले ४ लाख कित्ता स्थानीयवासीलाई सेयरसहित १२ लाख कित्ता सेयर निष्कासन गर्न लागेको कम्पनीका कार्यकारी निर्देशक मोहनकुमार डाँगिल जानकारी दिए । जारी हुने सेयरमध्ये स्वपुँजी लगानीको १० प्रतिशत स्थानीयवासीलाई तथा २० प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । कम्पनीका अनुसार, स्थानीयवासीले ४ करोड बराबर रुपैयाँ ४ लाख तथा सर्वसाधारणले ८ करोड रुपैयाँबराबरको ८ लाख कित्ता सेयर निष्कासन गर्नेछन् ।

कम्पनीले एनआईबीएल एस क्यापिटललाई सेयर निष्कासन तथा बाँडफाँड गर्न बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीका तर्फबाट डाँगी र एनआईबीएलका तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाबीच निष्कासन गर्ने सम्झौता भएको छ ।
पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गरेर बाँडफाँड गरिने डाँगीले जानकारी दिए । ५५ प्रतिशत पूरा भएको कम्पनीले २०७६ असारभित्र आयोजना पूरा गरेर विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।