काठमाडौँ- धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा दोहोरो अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ०३ विन्दुले ओरोलो लागेर एक हजार १९२ दशमलब ७५ विन्दुमा पुगेको छ ।
प्रतिशतका आधारमा आज पनि बजार एक प्रतिशत बढीले घटेको हो । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ६६ विन्दुले घटेर २५३ दशमलव ४२ विन्दुमा पुगेको छ । नेप्से मात्रै नभइ कारोवार रकममा पनि गिरावट आएको छ । कूल १३१ कम्पनीको चार लाख ४३ हजार ३५५ कित्ता शेयर रु १३ करोड ३७ लाख ७९ हजार ७९६ मूल्यमा खरिद बिक्री भएको हो ।
घटेको बजारमा नबिल इक्विटी फण्ड, ओरियन्टल होटल र नागबेली लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् । अपि पावर कम्पनी, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, मिर्मिरे लघुवित्त वित्तीय संस्था र युनाइटेड इन्स्योरेन्स कम्पनीका शेयरधनीले गुमाएका छन् ।