कारोबार संवाददाता
बिहिवार, फाल्गुन ३०, २०७५
415

दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताले ५ लाख रुपैयाँभन्दा कमको सेयर कारोबार गर्दा स्थायी लेखा नम्बर (प्यान) लिनु नपर्ने भएको छ । विहीबार नेपाल धितोपत्र बोर्डले निर्देशन जारी गर्दै ५ लाख रुपैयाँको सिलिङ तोकेको हो । यससंगै सेयर लगानीकर्तालाई बैशाख १ गतेदेखि ५ लाख रुपैयाँ भन्दा माथिको कारोबार गर्दा प्यान अनिवार्य भएको छ ।
बोर्डले एक पटकमा न्युनतम ५ लाख रुपैयाँ भन्दाबढि कारोबार गर्ने सेयर लगानीकर्तालाई मात्र प्यान अनिवार्य गरेको छ भने ५ लाख रुपैयाँ भन्दा कमको हकमा भने स्वेच्छिक छाडिदिएको छ ।

यस अघि अर्थमन्त्रालयको निर्देशनमा नेपाल धितोपत्र बोर्डले दोस्रो बजारमा कारोबार गर्ने सम्पुर्ण सेयर लगानीकर्ताहरुका लागि अनिवार्य प्यान लिन निर्देशन दिएको थियो । बोर्डको निर्देशनपछि लगानीकर्ताले चर्को विरोध गरेका थिए । । तर, बुधबार अर्थमन्त्रालयमा लगानीकर्ता संघका प्रतिनिधिहरुसंगको छलफल पछि प्यानमा दर्ता हुन ५ लाख रुपैयाँको सिलिङ तोकेको हो ।
लगानीकर्ताले तत्काल प्यानलाई कार्यान्वयन नगर्न अनुरोध गरेपनि आर्थिक वर्षको बजेटमै व्यवस्था गरिएकोले मन्त्रालयलाई कार्यान्वयन गर्न दवाव परेको थियो ।
सरकारको आर्थिक बर्ष २०७५।०७६ को नीति तथा कार्यक्रममा र बजेट कार्यन्वयन कार्ययोजनामा दोश्रो बजार मार्फत सेयर खरिद गर्दा लगानीकर्ताले प्यान लिएको प्रमाण पेश गर्नुपर्ने नीतिगत व्यवस्था गर्ने कार्यक्रम रहे बमोजिम बोर्डबाट २०७६ बैशाख १ गतेबाट दोश्रो बजारमार्फत् सेयर खरीद गर्दा प्यान अनिवार्य गर्ने व्यवस्था गरिएकोमा बोर्डले लगानीकर्ता तथा सम्बद्धपक्षहरुसँग गरिएको छलफलको सुझाव तथा निष्कर्श एवं अर्थ मन्त्रालयबाट प्राप्त उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकको निर्णयानुसारको निर्देशनलाई दृष्टिगत गरी २०७६ बैशाख १ गतेबाट दोस्रो बजारमा एक पटकमा रु.५ लाख वा सोभन्दा बढी कारोवार गर्ने लगानीकर्ताहरुलाई प्यान अनिवार्य गर्ने व्यवस्था गरेको नेपाल धितोपत्र बोर्डले निर्णय गरेको प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको हो ।