साताभर नेप्से १ अंकले बढ्यो
कारोबार संवाददाता
आइतवार, जेठ ६, २०७५
519

काठमाडौं यस साता नेपाल स्टक एक्सचेन्जमा १७६ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १४०२६ कारोबारबाट एक अर्ब आठ करोड १९ लाख ४१ हजार रुपैयाँ बराबरका २३ लाख २९ हजार चार सय ४० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ४५.९६ प्रतिशत कम हो । गत साता १८१ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २९३१९ कारोबारबाट दुई अर्ब १९ लाख ९९ हजार रुपैयाँ बराबरका ४८ लाख १२ हजार सात सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १.४८ अंकले बढेर अन्तिम दिन १३३९.६५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ०.१२ अंकले बढेर २८२.३० अंकमा आईपुगेको छ । यस साता कारोबार रकम (सात करोड एक लाख ८० हजार रुपैयाँ) को आधारमा सिद्धार्थ बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (दुई लाख ११ हजार कित्ता) को आधारमा पनि सिद्धार्थ बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (६५२ वटा) को आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।