कारोबार संवाददाता
आइतवार, जेठ १३, २०७५
664

 यस साता नेपाल स्टक एक्सचेन्जमा १८३ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १९७१३ कारोबारबाट एक अर्ब ९२ करोकड २७ लाख ३१ हजार रुपैयाँ बराबरका ४१ लाख ३७ हजार चार सय ३० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ७७.७१ प्रतिशत बढी हो । गत साता १७६ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १४०२६ कारोबारबाट एक अर्ब आठ करोड १९ लाख ४१ हजार रुपैयाँ बराबरका २३ लाख २९ हजार चार सय ४० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २०.९७ अंकले घटेर अन्तिम दिन १३१८.२२ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ४.३७ अंकले घटेर २७७.८९ अंकमा आईपुगेको छ । यस साता कारोबार रकम (२२ करोड ८५ लाख रुपैयाँ) को आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (तीन लाख ९६ हजार कित्ता) को आधारमा पनि नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (७२९ वटा) को आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।