कारोबार संवाददाता
शुक्रवार, जेठ १८, २०७५
720

रैराङ हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको सेयर व्यवस्थापन भिवोर क्यापिटल लिमिटेडले गर्ने भएको छ । भिवोर क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत बद्रीविक्रम थापा र रैराङ हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडका कार्यकारी सञ्चालक गुरुप्रसाद न्यौपानेले एक कार्यक्रमबीच हस्ताक्षर गरेका हुन् । उक्त कम्पनीको सेयर सोझै हितग्राही खातामा जम्मा हुने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ ।