चालू आर्थिक वर्षको हालसम्म कुल १०९ कम्पनीको ३३ अर्ब बराबरको बोनस सेयर दर्ता भएको छ । नेपाल धितोपत्र बोर्डकाअनुसार यही असार २० गतेसम्म भएको दर्ताअनुसार ३३ करोड ८० लाख ७८ हजार ७१६ कित्ता बोनस सेयर दर्ता भएको छ ।
बोर्डमा दर्ता भएअनुसार २२ वटा विकास बैंक, २६ वटा माइक्रो फाइनान्स, १० फाइनान्स कम्पनी, १९ वटा बीमा कम्पनी, नौ वटा जलविद्युत् कम्पनी, १० वटा ‘क’ वर्गका वाणिज्य बैंक र चार वटा अन्य समूहको शेयर दर्ता भएका छन् । बाँकी रहेका अन्यमा होटल, उत्पादन समूह तथा उत्पादनमूलक समूहको समेत बोनस सेयर दर्ता भएको छ ।
यस्तै लक्ष्मी बैंकको एक करोड १५ लाख ६३ हजार ६५२ कित्ता बोनस सेयर १ अर्ब १५ करोड ६३ लाख ६५ हजार २ सय रुपैयाँबराबरको बोनस सेयर बोर्डमा दर्ता गराएको छ । आफ्ना सेयरधनीलाई बोनस सेयर उपलब्ध गराउने भन्दै आवेदन दिनेमा सानिमा बैक, नबिल बैंक, कृषि विकास बैंक, नेपाल एसबीआई बैंक, एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, ग्लोबल आइएमई बैंक, प्राइम कर्मसिएल बैंक, सिटिजन बैंक, सनराइज बैंकले पनि चालु आवमा नै बोनस शेयर बोर्डमा दर्ता गराएका छन् ।
यस्तै नेपाल ल्यूब आइल, साल्ट टेड्रिड लिमिटेड, होटल सोल्टी, ओरियन्टल होटलले पनि बोनस शेयर दर्ता गराएका छन् । बोर्डकाअनुसार अरुण भ्याली जलविद्युत् कम्पनी, न्यादी समूह, बरुण जलविद्युत् कम्पनी, रिडी जलविद्युत् कम्पनी र अपि पावर कम्पनीलगायतले पनि बोनस शेयरका लागि आवेदन दर्ता गराएका छन् ।