कारोबार संवाददाता
सोमवार, कार्तिक १३, २०७४

नेपाल धितोपत्र बोर्डले हकप्रद सेयरको आवेदन पनि एप्लिकेसन सोर्पोटेड बाइ ब्लक्ड अमाउन्ट(आस्बा) मार्फत दिन सकिने बनाएको छ । बोर्डले हकप्रद सेयर मात्र नभई लिलाम प्रक्रियामा उपत्यकाभन्दा बाहिरबाट पनि आवेदन दिन सक्ने व्यवस्था गर्ने मर्चेन्ट बैंकरलाई निर्देशन दिएको छ ।

259
भुवन पौडेल
सोमवार, कार्तिक १३, २०७४

अघिल्लो साता वाणिज्य बैंकहरूमा ह्याकरबाट भएको साइबर हमलाको जोखिम पुँजी बजारमासमेत रहेको देखिएको छ । पछिल्लो समयमा वित्तीय क्षेत्रमा देखिएको साइबर अपराधको जोखिममा सेयर बजार पनि देखिएको विज्ञहरू बताउँछन् । सेयर बजारमा कारोबारदेखि राफसाफसम्मको काममा सूचना प्रविधिकै प्रयोग भइरहे पनि कमजोर पूर्वाधारका कारण यस्तो समस्याको सम्भावना देखिएको उनीहरूको भनाइ छ ।

463
मुना कुँवर
बिहिवार, कार्तिक ९, २०७४

विकास निर्माणको काम बढेसँगै जीवन बिमा व्यवसाय पनि बढ्दै गएको छ । तर, गत वर्ष बैंकिङ प्रणालीमा देखिएको तरलता अभावले निर्जीवन बिमा व्यवसायमा खुम्चिएको बिमकहरूले बताएका छन् । निर्जीवन बिमा व्यवसायमा सबैभन्दा बढी हिस्सा मोटर बिमाका रहेको छ । तरलता अभाव कारण नेपाल राष्ट्र बैंकले मोटर कर्जामा सीमा तोकेपछि मोटर बिक्री दर घटेको थियो । फलस्वरूप निर्जीवन बिमा व्यवसाय पनि प्रभावित बनेको हो । यद्यपि गत आवमा निर्जीवन बिमा कम्पनीहरूको व्यवसाय २८ प्रतिशतले बढेको छ ।

475
कारोबार संवाददाता
आइतवार, कार्तिक १२, २०७४

राजनीतिक परिवर्तनसँगै सेयर बजार गएको साता २१ अंकले बढेर बन्द भएको छ । साताका पहिलो केही दिनमा लगानीकर्तामा केही आशा देखिए पनि अन्ततिर निरास हुँदै गएको देखिन्छ ।

248
कारोबार संवाददाता
सोमवार, श्रावण २, २०७४

सेयर वजारलाई विभिन्न समयमा विभिन्न क्षेत्रले असर गरिरहेको हुन्छ । कहिले राजनीतिक कारण त कहिले आर्थिक कारण हुन्छ । विश्वभर नै सेयर वजार यीनै २ कारणले नै प्रभावित बन्दछ । हाम्रो जस्तो देशमा त आर्थिकभन्दा राजनीतिक कारणवाट वजार अझ धेरै प्रभावित हुने गरेको छ ।

374