एजेन्सी
मंगलबार, पुष ४, २०७४

सोमबार अधिकांश एसियाली सेयर बजार उकालो लागेको छ । अमेरिकामा कर्पोरेट कर घटाउने योजनाप्रति लगानीकर्ता आशावादी भएकाले सेयर बजार उकालो लागेको हो ।जापानको निकीमा १.१८ प्रतिशतको वृद्धि भएको छ । टोयोटाको सेयरमा २.५ प्रतिशतको वृद्धि भएको छ भने सोनीको पनि २.१८ प्रतिशत र सफ्टबैंकको सेयर १.२ प्रतिशतले उकालो लागेको छ । वार्षिक मापनका आधारमा नोभेम्बरमा जापानको निर्यातमा १६.२ प्रतिशते वृद्धि भएको छ । जापानको निर्यात उकालो लागेको यो लगातार १२ औं महिना हो ।

441
कारोबार संवाददाता
आइतवार, पुष २, २०७४

बाम गठबन्धनको बहुमत ल्याएसँगै सेयर बजारका लगानीकर्ता केही डराएको जस्तो देखिन्छ । गत साताको सेयर बजारमा सेयर परिसूचक (नेप्से) १० अंकले ओरालो लागेकाले पनि लगानीकर्ता केही हतोत्साहि भएका हुन् भन्ने अनुमान गर्न सकिन्छ । तथापि ५ वर्षसम्म स्थायी सरकार आउने आशामा सेयर बजारमा खरिदकर्ताको चाप पनि पर्न लागेको देखिन्छ । गत बिहीबारको सेयर खरिद–बिक्री चापलाई हेर्दा आइतबार परिसूचक उकालो लाग्ने सम्भावना छ ।

682
कारोबार संवाददाता
आइतवार, पुष २, २०७४

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गत असोज मसान्तसम्ममा २३ अर्ब रुपैयाँबराबरको सेयर सूचीकृत भएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब २० करोड बराबरको साधारण सेयर, १४ अर्ब ४१ करोड बराबरको हकप्रद सेयर, ७० करोड बराबरको बोनस सेयर र ७ अर्ब रुपैयाँ बराबरको सरकारी ऋणपत्र गरी कुल २३ अर्ब ३१ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएको हो ।

528
कारोबार संवाददाता
शुक्रवार, मंसिर २९, २०७४

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहीबार एक बजेदेखि मात्र सेयर कारोबार खुल्यो । बुधबार बेलुकी नेप्से कार्यालयमा विद्युत् सर्किट सर्ट भएर आगलागी भएपछि बिहीबार नियमित समयमा सेयर कारोबार हुन नसकेको हो ।

290
कारोबार संवाददाता
बुधवार, मंसिर २७, २०७४

सेयर लगानीमा सर्वसाधारणहरूको पनि चासो बढ्न थालेपछि आर्थिक तथा औद्योगिक नगरी वीरगन्जमा सेयरसम्बन्धी साक्षरता कार्यक्रमहरू हुन थालेको छ । सेयर लगानीका लागि ब्रोकर कम्पनीहरूको शाखासमेत विस्तार गरिएको वीरगन्जमा मंगलबार सीडीएस एन्ड क्लियरिङ लिमिटेडको आयोजना तथा युनाइटेड फाइनान्स, प्राइमो सेक्युरिटिज प्रालि र वीरगन्ज उद्योग वाणिज्य संघको सह–आयोजनामा ‘सि–आस्बा र डि–म्याट’ सम्बन्धी लगानीकर्ता साक्षरता कार्यक्रमको आयोजना गरेको छ ।

257
भुवन पौडेल
सोमवार, मंसिर २५, २०७४

स्थायित्व र समृद्धिको नारा दिएका बाम गठबन्धनले मुलुकका अत्यधिक स्थानमा जित हासिल गर्दा सेयर लगानीकर्ताले भने त्यसलाई पत्याउन सकेनन् । नयाँ संविधान कार्यान्वयनका लागि भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पहिलोपटक खुलेको सेयर कारोबार निरासाजनक रह्यो । निर्वाचनमा वाम गठबन्धनले विजय हसिल गरेपछि आर्थिक नीति कस्तो हुन्छ भन्नेमा सेयर लगानीकर्ता द्विविधामा छन् । विगतदेखि नै वामपन्थी सरकारमाथि पुँजी बजारप्रति नकारात्मक रहने गरेको आरोप लाग्दै आएको छ ।

382
कारोबार संवाददाता
आइतवार, मंसिर २४, २०७४

साताभरमा ९.७७ अंकले उकालो लागेको नेपाली सेयर बजार आगामी दिनमा समेत अझै उकालो लाग्ने सम्भावना छ । प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको मतपणिाम यसै साता आइसक्ने भएकाले यसले नै बजारमो आगामी दिशा निर्धारण गर्ने अनुमान सहजै गर्न सकिन्छ । चुनावपछि देशमा स्थायी सरकार आउने विश्वासले लगानीकर्ता सेयर खरिद गरिरहेका देखिन्छन् । गएको साता सेयर बजारमा खरिदकर्ताको चाप अत्यधिक थियो ।

281
कारोबार संवाददाता
आइतवार, मंसिर २४, २०७४

नेपाल धितोपत्र बोर्डमा ३ अर्ब ७० करोड रुपैयाँबराबरको सामूहिक लगानी कोष योजना सञ्चालनको अनुमति माग्दै आवेदन दिएका छन् । नेपाल धितोपत्र बोर्डले ती सामूहिक लगानी कोषका योजना निष्कासनको लागि दिएको आवेदनलाई अध्ययन गरी उपयुक्त ठानेमा निष्कासन अनुमति दिन सक्छ । ती सामूहिक लगानी कोष योजना सञ्चालनमा आएको खण्डमा सेयर बजारमा धितोपत्रको चाप लागि बढ्नेछ ।

285
कारोबार संवाददाता
बुधवार, मंसिर २०, २०७४

सेयर दलाल व्यवसायीले मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि मस्यौदा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुझाएका छन् । स्टक ब्रोकर एसोसिएसनले कार्यविधिको मस्यौदा तयार पारेर बुझाएको नेप्सेले जनाएको छ । नेप्सेले कार्यविधि स्वीकृत गरेर धितोपत्र बोर्डमा पठाउने छ र बोर्डले स्वीकृत गरेपछि कार्यान्वयनमा आउने नेप्सेले जनाएको छ ।

297
भुवन पौडेल
बिहिवार, मंसिर १४, २०७४

मुलुकमा हुने निर्वाचनले सरकार मात्र होइन सेयर बजार पनि तलमाथि हुने गरेको पाइएको छ । तर, हरेक निर्वाचनका बेला सेयर बजार परिसूचक बढे पनि चुनावपछिका दिनमा भने उत्तिकै मात्रामा घटेको पनि छ । यसअघिका चार निर्वाचनमा हरेक पटक सेयर बजार परिसूचकले नयाँ उचाइ लिएको छ । चुनावी प्रभावले सेयर बजारमा बनाएको नयाँ उचाइ लामो समय भने टिकेको देखिँदैन । चुनावका कारणले बढेको बजार चुनावी प्रभाव सकिएसँगै उत्तिकै गतिमा घट्ने गरेको पाइन्छ । सन १९९४ देखि २०१३ सम्म ४ पटक निर्वाचन भएको छ ।

392
कारोबार संवाददाता
सोमवार, मंसिर ११, २०७४

सेयर बजारमा सुधार आउने क्रमले यो साताको पहिलो दिन आइतबार पनि निरन्तरता पाएको छ । गत साताभर करिब ४ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आइतबार २१ अंकले बढेको हो ।

194
कारोबार संवाददाता
शुक्रवार, मंसिर ८, २०७४

सेयर बजारमा सुधार आउने क्रमले साताको अन्तिम दिन बिहीबार पनि निरन्तरता पाएको छ । पछिल्लो दिनहरूमा निरन्तर घटेको सेयर बजार यो साताको अन्तिम तिर सुधारको गतिमा देखिएको हो ।

193
कारोबार संवाददाता
बुधवार, मंसिर ६, २०७४

सेयर बजारमा ३ अंकभन्दा धेरैको सुधार आएको छ । गत सातादेखि निरन्तर ओरालो लागेको सेयर बजार परिसूचक मंगलबार बढेको हो । मंगलबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक बढेको भए पनि कारोबार रकममा भने गिरावट आएको छ । नेप्से परिसूचक ३ अंकभन्दा धेरैले बढेको भए पनि कारोबार रकम भने ३५ करोडमा सीमित छ ।

166
कारोबार संवाददाता
मंगलबार, मंसिर ५, २०७४

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले झापाको चन्द्रगढीमा उपशाखा कार्यालय विस्तार गरेको छ । बिमा समितिका निमित्त कार्यकारी निर्देशक श्रीमान् कार्कीको कार्यालयको उद्घाटन गरेका हुन् । कार्यालयको उद्घाटन गर्दै समितिका निमित्त कार्यकारी निर्देशक कार्कीले बिमा क्षेत्रले केही समयदेखि अर्थतन्त्रमा उत्साहजनक योगदान पु¥याई रहेको बताए ।

167
कारोबार संवाददाता
सोमवार, मंसिर ४, २०७४

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम गरेको मर्चेन्ट बैंकले सोही कम्पनीको सेयर निष्कासनमा प्रत्याभूति गर्न नपाउने भएको छ । नेपाल धितोपत्र बोर्डले आइतबार निर्देशन जारी गर्दै बिक्री प्रबन्धकको काम गरेकाले प्रत्याभूति नगर्न भनेको हो । धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) आधारभूत सेयरधनी रहेको तथा मुख्य कम्पनीको धितोपत्रको निष्कासन तथा बिक्री प्रबन्धसम्बन्धी कार्य गर्दा स्वार्थ बाझिने भन्दै काम नगर्न भनेको हो ।

161