कारोबार संवाददाता
आइतवार, पुष ९, २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सेयर लगानी गर्ने भएको छ । सेयर बजारमा १० अर्ब रुपैयाँ लगानी गर्ने एनआरएनएको योजना छ । एनआरएनएले सेयर बजारमा संस्थागत रूपमा लगानी गर्न चाहेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीहरू र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की तथा अन्य उच्च पदाधिकारीहरूबीच धितोपत्र बजारमा लगानी गर्ने सम्बन्धमा भएको छलफलमा एनआएनएले सेयर बजारमा लगानी गर्न चाहेको बताएको बोर्डले जनाएको छ ।

786
कारोबार संवाददाता
आइतवार, पुष ९, २०७४

यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ७७ कम्पनीहरुको कारोबार भएको छ । जसअनुसार २४ हजार ६ सय ५५ कारोबारबाट दुई अर्ब ५७ करोड ९१ लाख १८ हजार रुपैयाँ बराबरका ५७ लाख ११ हजार ८० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ११.९२ प्रतिशत कम हो ।

621
कारोबार संवाददाता
शुक्रवार, पुष ७, २०७४

गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीहरुले धितोपत्र बोर्डसंग आफूहरुले संस्थागत लगानी गर्न पाउने बाटो खोलिदिन आग्रह गरेका छन् । संघका अध्यक्ष भवन भट्टको नेतृत्वमा गएको टोलीले धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की सहितका पदाधिकारीलाई भेटेर यस्तो आग्रह गरेका हुन् ।

1130
कारोबार संवाददाता
मंगलबार, पुष ४, २०७४

मंसिरको अन्तिम साता आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरले तीन वटा कम्पनीलाई १५ दिनभित्र भ्याट तिर्न पत्र पठाएपछि फेरि बजारमा अन्योल छाएको छ । अघिल्लो साता फेरि भ्याटको भूतले सेयर बजारमा निरासा ल्याएको छ । सेयर बजार लगातार घटेर १५०८ को हारारहारीमा आइसकेको छ ।

1053
कारोबार संवाददाता
मंगलबार, पुष ४, २०७४

धितोपत्र बजारमा विवादको विषय बनेको भ्याटको समस्या समाधानका लागि बजेट नै कुर्नुपर्ने भएको छ । धितोपत्र बजारको भ्याट विवाद समाधानका लागि नीतिगत निर्णय हुनुपर्ने भएकाले बजेट नै पर्खनुपर्ने भएको हो ।

1364
कारोबार संवाददाता
मंगलबार, पुष ४, २०७४

आन्तरिक राजस्व निर्देशिकामा धितोपत्र खरिद बिक्री सेवालाई वित्तीय सेवाका रूपमा परिभाषित गरेको छ । निर्देशिकाअनुसार धितोपत्र खरिद बिक्रीमा भ्याट नलाग्नुपर्ने हो । आजसम्म कोही ग्राहकसँग हामीले भ्याट उठाएको छैन । उठाउँदै नउठाएका कारण हामीले कसरी भ्याट दिने ? मान्छेले गलत बुझिरहेका छन् । भ्याट भनेको कमिसनमा लाग्ने हो । ब्रोकरलाई जुन ४० देखि ६० पैसा कमिसन आउँछ, त्यो कमिसनमा ब्रोकरले तिर्नुपर्ने । ब्रोकरले अहिले पनि लागेको जति कमिसन लिएकोबाट १५ प्रतिशत टिडिएस तिरिरहेको छ ।

929
एजेन्सी
मंगलबार, पुष ४, २०७४

सोमबार अधिकांश एसियाली सेयर बजार उकालो लागेको छ । अमेरिकामा कर्पोरेट कर घटाउने योजनाप्रति लगानीकर्ता आशावादी भएकाले सेयर बजार उकालो लागेको हो ।जापानको निकीमा १.१८ प्रतिशतको वृद्धि भएको छ । टोयोटाको सेयरमा २.५ प्रतिशतको वृद्धि भएको छ भने सोनीको पनि २.१८ प्रतिशत र सफ्टबैंकको सेयर १.२ प्रतिशतले उकालो लागेको छ । वार्षिक मापनका आधारमा नोभेम्बरमा जापानको निर्यातमा १६.२ प्रतिशते वृद्धि भएको छ । जापानको निर्यात उकालो लागेको यो लगातार १२ औं महिना हो ।

540
कारोबार संवाददाता
आइतवार, पुष २, २०७४

बाम गठबन्धनको बहुमत ल्याएसँगै सेयर बजारका लगानीकर्ता केही डराएको जस्तो देखिन्छ । गत साताको सेयर बजारमा सेयर परिसूचक (नेप्से) १० अंकले ओरालो लागेकाले पनि लगानीकर्ता केही हतोत्साहि भएका हुन् भन्ने अनुमान गर्न सकिन्छ । तथापि ५ वर्षसम्म स्थायी सरकार आउने आशामा सेयर बजारमा खरिदकर्ताको चाप पनि पर्न लागेको देखिन्छ । गत बिहीबारको सेयर खरिद–बिक्री चापलाई हेर्दा आइतबार परिसूचक उकालो लाग्ने सम्भावना छ ।

913
कारोबार संवाददाता
आइतवार, पुष २, २०७४

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गत असोज मसान्तसम्ममा २३ अर्ब रुपैयाँबराबरको सेयर सूचीकृत भएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब २० करोड बराबरको साधारण सेयर, १४ अर्ब ४१ करोड बराबरको हकप्रद सेयर, ७० करोड बराबरको बोनस सेयर र ७ अर्ब रुपैयाँ बराबरको सरकारी ऋणपत्र गरी कुल २३ अर्ब ३१ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएको हो ।

635
कारोबार संवाददाता
शुक्रवार, मंसिर २९, २०७४

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहीबार एक बजेदेखि मात्र सेयर कारोबार खुल्यो । बुधबार बेलुकी नेप्से कार्यालयमा विद्युत् सर्किट सर्ट भएर आगलागी भएपछि बिहीबार नियमित समयमा सेयर कारोबार हुन नसकेको हो ।

403
कारोबार संवाददाता
बुधवार, मंसिर २७, २०७४

सेयर लगानीमा सर्वसाधारणहरूको पनि चासो बढ्न थालेपछि आर्थिक तथा औद्योगिक नगरी वीरगन्जमा सेयरसम्बन्धी साक्षरता कार्यक्रमहरू हुन थालेको छ । सेयर लगानीका लागि ब्रोकर कम्पनीहरूको शाखासमेत विस्तार गरिएको वीरगन्जमा मंगलबार सीडीएस एन्ड क्लियरिङ लिमिटेडको आयोजना तथा युनाइटेड फाइनान्स, प्राइमो सेक्युरिटिज प्रालि र वीरगन्ज उद्योग वाणिज्य संघको सह–आयोजनामा ‘सि–आस्बा र डि–म्याट’ सम्बन्धी लगानीकर्ता साक्षरता कार्यक्रमको आयोजना गरेको छ ।

385
भुवन पौडेल
सोमवार, मंसिर २५, २०७४

स्थायित्व र समृद्धिको नारा दिएका बाम गठबन्धनले मुलुकका अत्यधिक स्थानमा जित हासिल गर्दा सेयर लगानीकर्ताले भने त्यसलाई पत्याउन सकेनन् । नयाँ संविधान कार्यान्वयनका लागि भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पहिलोपटक खुलेको सेयर कारोबार निरासाजनक रह्यो । निर्वाचनमा वाम गठबन्धनले विजय हसिल गरेपछि आर्थिक नीति कस्तो हुन्छ भन्नेमा सेयर लगानीकर्ता द्विविधामा छन् । विगतदेखि नै वामपन्थी सरकारमाथि पुँजी बजारप्रति नकारात्मक रहने गरेको आरोप लाग्दै आएको छ ।

530
कारोबार संवाददाता
आइतवार, मंसिर २४, २०७४

साताभरमा ९.७७ अंकले उकालो लागेको नेपाली सेयर बजार आगामी दिनमा समेत अझै उकालो लाग्ने सम्भावना छ । प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको मतपणिाम यसै साता आइसक्ने भएकाले यसले नै बजारमो आगामी दिशा निर्धारण गर्ने अनुमान सहजै गर्न सकिन्छ । चुनावपछि देशमा स्थायी सरकार आउने विश्वासले लगानीकर्ता सेयर खरिद गरिरहेका देखिन्छन् । गएको साता सेयर बजारमा खरिदकर्ताको चाप अत्यधिक थियो ।

422
कारोबार संवाददाता
आइतवार, मंसिर २४, २०७४

नेपाल धितोपत्र बोर्डमा ३ अर्ब ७० करोड रुपैयाँबराबरको सामूहिक लगानी कोष योजना सञ्चालनको अनुमति माग्दै आवेदन दिएका छन् । नेपाल धितोपत्र बोर्डले ती सामूहिक लगानी कोषका योजना निष्कासनको लागि दिएको आवेदनलाई अध्ययन गरी उपयुक्त ठानेमा निष्कासन अनुमति दिन सक्छ । ती सामूहिक लगानी कोष योजना सञ्चालनमा आएको खण्डमा सेयर बजारमा धितोपत्रको चाप लागि बढ्नेछ ।

427
कारोबार संवाददाता
बुधवार, मंसिर २०, २०७४

सेयर दलाल व्यवसायीले मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि मस्यौदा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुझाएका छन् । स्टक ब्रोकर एसोसिएसनले कार्यविधिको मस्यौदा तयार पारेर बुझाएको नेप्सेले जनाएको छ । नेप्सेले कार्यविधि स्वीकृत गरेर धितोपत्र बोर्डमा पठाउने छ र बोर्डले स्वीकृत गरेपछि कार्यान्वयनमा आउने नेप्सेले जनाएको छ ।

435