कारोबार संवाददाता
सोमवार, बैशाख ३१, २०७५

काठमाडौं गएको साता नेपाल स्टक एक्सचेन्जमा १८१ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २९३१९ कारोबारबाट दुई अर्ब १९ लाख ९९ हजार रुपैयाँ बराबरका ४८ लाख १२ हजार सात सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २७.७६ प्रतिशत बढी हो ।

1222
कारोबार संवाददाता
बिहिवार, बैशाख २७, २०७५

सेयर बजारमा लगानी गर्दा एकोहोरो अर्थात भेडा प्रवृत्तिमा लगानी नगर्न अर्थमन्त्री डा.युवराज खतिवडाले लगानीकर्तालाई सुझाएका छन् । लगानीकर्ताले जोखिम लिन नसक्ने भए म्युचुअल फण्डमा लगानी गर्ने विकल्प दिँदै खतिवडाले सेयर बजारमा लगानी गर्दा अरुले जे गर्छ त्यही गर्ने भेडा मनोविज्ञान लिएर लगानी नगर्न सुझाएका हुन ।

2174
कारोबार संवाददाता
आइतवार, बैशाख २३, २०७५

काठमाडौं यस साता नेपाल स्टक एक्सचेन्जमा १७६ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १८४८३ कारोबारबाट एक अर्ब ५६ करोड ७० लाख ४२ हजार रुपैयाँ बराबरका ३२ लाख ४४ हजार पाँच सय कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ६६.६३ प्रतिशत कम हो ।

929
भुवन पौडेल
मंगलबार, बैशाख ४, २०७५

नेपाल धितोपत्र बोर्डले हाल प्रचलित अभ्यासभन्दा झन्झटिलो कामलाई सेमीअनलाइनको नाम दिएर प्रयोगमा ल्याएपछि लगानीकर्ता अन्योलमा परेका छन् । बोर्डले ब्रोकरलाई अनलाइन अर्डर दिने विषयलाइ स्पष्ट नपर्दा बजारमा चलखेलसमेत बढेको छ । बोर्डले अनलाइन कारोबार प्रणाली र हाल सुरु भएको सिस्टममा एपीआईबाहेक केही फरक नभएको जनाएको छ ।

3266
भुवन पौडेल
आइतवार, बैशाख २, २०७५

सूचिकृत कम्पनीले कायम रहेका सेयरधनीलाई बिक्री गरेको हकप्रद सेयर र नाफास्वरूप वितरण गरेको बोनस सेयरमा पनि पुँजीगत लाभकर लाग्ने भएको छ । बोनस र हकप्रद सेयरको पहिलो कारोबारमा यसभन्दा अघि पुँजीगत लाभकर नलागेको भन्दै महालेखा परीक्षकको कार्यालयले ७७ करोड बेरुजु देखाएको हो ।

2022
कारोबार संवाददाता
आइतवार, चैत्र २५, २०७४

यस साता नेपाल स्टक एक्सचेन्जमा १८१ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २७६३३ कारोबारबाट एक अर्ब ६९ करोड ७७ लाख ९२ हजार रुपैयाँ बराबरका ५४ लाख ५० हजार २ सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

1337
कारोबार संवाददाता
मंगलबार, चैत्र २०, २०७४

अपि, अरुण र कावेली जलविद्युत् कम्पनीले आफ्नो सेयर रजिस्ट्रेसनसम्बन्धी सम्पूर्ण कार्य गर्ने गरी भिवोर क्यापिटल लिमिटेडलाई हस्तान्तरण गरेको छ ।

1645
कारोबार संवाददाता
आइतवार, चैत्र १८, २०७४

निरन्तर घटेको सेयर बजारमा मुलुकको आर्थिक अवस्थासम्बन्धी श्वेतपत्र आएपछि सकारात्मक हुने अपेक्षा गरेका लगानीकर्ता उत्साहित हुने अवस्था देखिँदैन । श्वेतपत्रमा अर्थमन्त्रीले सेयर बजारलाई सतही भनेर ‘सम्बोधनका लागिमात्र सम्बोधन’ गरेका छन् । सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको बाहुल्यता रहेको हुनाले पनि सेयर बजार सतही भएको श्वेतपत्रमा उल्लेख छ । यसले सेयर लगानीकर्ताको मनोबल बढाउने भन्दा पनि झन् कमजोर बनाउने देखिन्छ ।

1985
रासस
मंगलबार, चैत्र १३, २०७४

सोमबार ५२ अंकले ओरालो लागेको शेयर बजार आज थामिएर ३९.१६ बिन्दुले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार ‘क’ वर्गका कम्पनीका शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ८.०९ बिन्दुले बढेर २५७.७४ बिन्दुमा पुगेको छ । 

1938
भुवन पौडेल
मंगलबार, चैत्र १३, २०७४

वाम सरकार गठन भएदेखि लगातार घटिरहेको सेयर बजारमा सोमबार ‘सर्किट ब्रेकर’ नै लगाउनुपर्नेगरी गिरावट आएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले विराटनगर पुगेर सेयर बजारमा लहडी लगानीकर्ता भनेको भोलिपल्ट बजार परिसूचक नेप्से करिब ५२ अंकले घटेको छ ।

920
कारोबार संवाददाता
आइतवार, चैत्र ११, २०७४

गत साता नेपाल स्टक एक्सचेन्जमा १७३ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २३८६९ कारोबारबाट एक अर्ब ७२ करोड पाँच लाख २८ हजार रुपैयाँ बराबरका ४६ लाख दुई हजार छ सय ३० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ३२.९९ प्रतिशत बढि हो । गत साता १७४ कम्पनीहरुको कारोबार भएको थियो ।

1075
कारोबार संवाददाता
बिहिवार, चैत्र ८, २०७४

सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले नेपाल स्टक एक्सचेन्ज लिमिटेड र युनाइटेड फाइनान्ससँगको संयुक्त आयोजनामा प्रदेश नं. ५ को दाङ र बुटवलमा क्रमशः चैत १ र २ गते ‘लगानीकर्ता सचेतना कार्यक्रम’ आयोजना गरेको थियो ।

1004
कारोबार संवाददाता
आइतवार, चैत्र ४, २०७४

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक गत साताभर करिब २७ अंकले घटेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि करिब २८ प्रतिशतले कमी आएको छ ।

984
भुवन पौडेल
सोमवार, फाल्गुन २८, २०७४

सेयर बजारलाई अर्थमन्त्रीले ‘अनुत्पादक क्षेत्र’ भन्ने संज्ञा दिएको भन्दै घटेको भनिएको बजार पुनः लयमा फर्किए पनि यसले स्थायित्व पाउन भने सकेन । वित्तीय क्षेत्रमा देखिएको ब्याजदरको लडाइँले सेयर बजार पुनः प्रभावित भएको छ । सरकारले सेयर बजारलाई सकारात्मक सम्बोधन गर्ने आशामा रहेका लगानीकर्ता आइतबार प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिँदै गर्दा भने आशावादी हुन सकेनन् । बजार खुलेदेखि नै लगातार घटेको सेयर बजार परिसूचक नेप्से ३१.०४ अंकले घटेर बन्द भएको छ ।

2028
कारोबार संवाददाता
आइतवार, फाल्गुन २७, २०७४

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा यो साता उच्च अंकको उतारचढाव देखियो । नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजार अनुत्पादक क्षेत्र भनेपछि सेयर बजारमा अस्वाभाविक उतारचढाव आएको हो ।

938