कारोबार संवाददाता
शुक्रवार, भदौ २९, २०७५
437

रामेछाप नगरपालिका वडा नं. ७ मुढाजोर रजयछापका ६५ वर्षिय पूर्णबहादुर श्रेष्ठको रड प्रहारवाट मत्यु भएको छ । श्रेष्ठको छिमेकी नातिनीले हानेको फलामको रडबाट बिहिबार दिउँसो मृत्यु भएको हो ।
घरबाट केही टाढाको बारीको कान्लामा घाँस काट्न हिँडेकी १३ वर्षीय किशोरीलाई पूर्णबहादुरले जवर्जस्ती गर्न खोजेको बताइएको छ । आफूलाई जवर्जस्ती गर्न खोजेपछि आवेशमा किशोरी दौडँदै आफ्नो घरमा आएर फलामको रड लिएर पुनः पूर्णबहादुरको घरतर्फ गएकी थिइन् । किशोरीले गरेको रड प्रहारबाट श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । किशोरीले रडसहित बिहिबार दिउँसो प्रहरीमा आत्मसमर्पण गरेकी छिन् ।