कारोबार संवाददाता
आइतवार, आश्विन २१, २०७५
400

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै शनिबार काठमाडौंमा प्रदर्शन भएको छ । माइतीघर मण्डलबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनकारीले गृहमन्त्री र प्रहरी प्रमुखको राजीनामा माग गरेका थिए ।
प्रदर्शनमा विभिन्न दलका नेता, कार्यकर्ता, नागरिक अधिकारकर्मी, पेशाकर्मी तथा विद्यार्थी सहभागी थिए । निर्मला पन्तका बलात्कारीलाई कारबाहीको माग गर्दै लामो समयदेखि प्रदर्शन तथा खबरदारी भए पनि सरकारले अझै दोषी पत्ता लगाउन सकेको छैन । सरकारलाई दोषीलाई संरक्षण दिएको गरेको आरोपसमेत लाग्ने गरेको छ ।