कारोबार संवाददाता
आइतवार, आश्विन २१, २०७५
633

हुम्ला-प्रहरीले चिनियाँ सिमानाबाट अवैध रूपमा जिल्ला भित्रिएको १ करोड ८४ लाख ८ हजार रूपैयाँ बराबरको चिनियाँ मदिरा (झिनी) नष्ट गरेको छ । दशैँ तिहारको सुरक्षाबारे छलफल गर्न आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक रविन श्रेष्ठले सो रकम बराबरको मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको जानकारी दिए । जिल्लाको चुवाखोला, टाँके लाग्ना, लिमीलगायतका नाकाबाट अवैद्यरूपमा भित्रिएको चिनियाँ मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको हो । चीनको स्वशासित क्षेत्र तिब्बतबाट खच्चरका लागि भनेर तयार पारिएको चिनियाँ मदिरा (झिनी) सस्तो पर्ने भन्दै अवैध रूपमा नेपाल भित्र्याइने गरिएको छ ।