मातृका दाहाल
मंगलबार, आश्विन २३, २०७५
1345

राजधानीमा ५ सय चोर सक्रिय
♦ रातिभन्दा दिउँसो बढी चोरी
♦ चोरीमा १६ वर्षमुनिका किशोर-किशोरी बढ्दै

२०७५ वैशाख ५ गते सरस्वती युथ क्लवका पूर्वकप्तान दिपेश श्रेष्ठ पेशेवर चोरीको अभियोगमा काठमाडौं प्रहरीको फन्दामा परे ।असार २३ गते डल्लुस्थित सोनी श्रेष्ठको घरबाट ३१ लाख नगद र २ थान मोबाइल सेट चोर्ने भारत (बिहार)का सुरज पोदार र करण पोदारलाई महानगरीय प्रहरी अपराध महाशाखाले नियन्त्रणमा लियो । 

♦ भदौ ३० गते गोदावरी नगरपालिका–१ छम्पी (ललितपुर)स्थित प्रल्हाद विष्टको घरमा चोरी गर्न गाडी सहित गएका मकवानपुरका सोमलाल स्याङताङ, राजु लामा र कुमार लामा घरेलु हतियार सहित पक्राउ परे ।शृङ्खलावद्ध चोरीका यी केही घटनामात्रै हुन् ।
प्रहरीका अनुसार उपत्यकामा करिब ५ सय जना चोर सक्रिय छन् । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार उपत्यकामा शृङ्खलावद्ध चोरी-डकैती, लुटपाटलगायतका अपराधमा संलग्न ४ सय ८० भन्दा बढी व्यक्ति पेशेवर चोरका रूपमा सक्रिय छन् । पछिल्लो तीन वर्षमा देशभर ५ हजार भन्दा बढी चोरीका घटना दर्ता भएकोमा १ हजार ५ सयभन्दा बढी चोरी काठमाडौं उपत्यमामा भएको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको अभिलेखमा उल्लेख छ ।“शृङ्खलावद्ध चोरीका घटनामा अदालतबाट धरौटीमा छुटेका तथा कैद सजाय भुक्तान गरेका व्यक्ति संलग्न रहँदै आएका छन्,” महानगरीय अपराध महाशाखाका डीएसपी सन्तोष खड्का भन्छन्, “हाम्रो अनुसन्धानबाट उपत्यकामा मात्रै चोरका ५० देखि ६० वटा छुट्टाछुट्टै समूह सक्रिय छन् ।” पछिल्लोपटक रातमा भन्दा दिउँसो चोरीका घटना बढेको डीएसपी खड्का बताउँछन् ।एउटा इलाकाको चोर अर्को इलाकामा सक्रिय भए चोर–चोरबीच नै ग्याङफाइटसमेत पर्ने गरेको अनुसन्धानमा संलग्न प्रहरी बताउँछन् । “चोरको पनि आ–आफ्नै इलाका विभाजन गरिएको देखिन्छ,” ती अनुसन्धान अधिकृत भन्छन्, “एउटा क्षेत्रको चोर अर्को क्षेत्रमा गएको पाइए चोरबीच नै कुटाकुट पनि भएको अनुसन्धानबाट खुलेको छ ।”काठमाडौंमा २ दर्जनभन्दा बढी भारतीय चोर समूह सक्रिय रहेको प्रहरीले जनाएको छ । पटके चोरसँग सुनचाँदी, मोबाइल-ल्यापटप बिक्री गर्ने व्यवसायीको पनि मिलेमतो रहेको उनको भनाइ छ । प्रहरीले व्यापारीमाथी पनि कडा निगरानी बढाएपछि चोरीका सामान भारतीय नागरिकले खरिद गर्ने गरेको पनि महाशाखाले जनाएको छ । दिउँसो ९ देखि १० र बेलुका ३ देखि ५ बजेको समयमा सबैभन्दा बढी चोरी हुने गरेको डीएसपी खड्काले बताए । पुराना पटकेचोरहरू क्रमशः पलायन हुने क्रम बढे पनि हिजोआज १५-१६ वर्ष मुनीका किशोरकिशोरी चोरीमा सक्रिय हुने गरेको प्रहरीले जनाएको छ ।भारत समस्तीपुर र हैद्रवादका चोरपनि काठमाडौंमा सक्रिय छन् । त्यस्तै  सिन्धुपाल्चोकका १०-१२ समूह, रामेछापबाट ४-५ समूहलगायत धादिङका परियार-तामाङ समूह सहित नुवाकोट, मकवानपुर, काभ्रे कहिले कति चोरी ?
आव देशभर उपत्यका 
२०७२-०७३  १५७८ ५२८
२०७३-७४   १६२७ ५२८
२०७४-०७५ १६२८ ४४३
स्रोतः नेपाल प्रहरी
राजधानीमा ५ सय चोर सक्रिय
♦ रातिभन्दा दिउँसो बढी चोरी

♦ चोरीमा १६ वर्षमुनिका किशोर-किशोरी बढ्दै