कारोबार संवाददाता
मंगलबार, आश्विन ३०, २०७५
530

मुगु-नेपालिहरुको महान चाड बडादशै नजिकै आई रहेको बेला यी रुगाँ गाँउका दलित बस्तीका मानिसहरु बाबियाको कुचो र निगालो बाट डोको टोकरी बनाएर बिक्री गरी दशै मनाउनको लागी प्रतेक घर परिवार ब्यास्त रहेको छन ।
बाबियाको कुचो स्थानिय बजार गमगढी ,जुम्ला ,सिन्जा ,र नजिकै रहेको बिभिन्न बस्तीहरुका प्रति कुचोको २५ रुपैयाँ पर्ने उनीहरु बताउँछन् । पहिलादेखि नै आफ्ना बुबा बाजेहरुले कुचो बनाउँदै आइरहेका र कुचो बनाएरै घर खर्च चलाइरहेको हुनाले यो पेशा नछोडोको उनीहरुको भनाइ छ । कुचो बेचेरै राम्रोसँग दसैं मनाउने लक्ष्य रहेको रुगा गाँउका ६५ वर्षीया इन्द्रजित लाबडले बताएका छन् ।
गरिबीको कारण कक्षा १० सम्मको पढाइ छोडेर बाबियाको कुचो बनाउने पेशामा लागेका रुगा गाउँका २८ वर्षीय कर्णसिंह लावड ६ वर्षबाट कुचो बनाउँदै बिक्री गरी घरका ५ जनाको परीवार पाल्दै आएका छन् । कुचो बनाएर बजारमा बिक्री गरी दसैंको लागि तेल र मरमसला ल्याउने उनको योजना छ ।

दानबहादुर बुढा