कारोबार संवाददाता
सोमवार, कार्तिक १९, २०७५
227

महोत्तरीको बर्दिबासबाट आइतबार ठूलो परिमाणमा अवैध लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । बर्दिवास–३ स्थित गौरीडाँडा प्रहरी कार्यालय अगाडि बिपी राजमार्गमा प्रहरीले गरेको चेकजाँचका क्रममा डाइजालेथ–६०० एम्पुल, फेनालगन–६०० एम्पुल, स्पास्मोप्रोक्सिभिन–४०० एम्पुल र नुफिन–२०० एम्पुलसहित लागूऔषध कारोबार गर्ने दुईजना पक्राउ परेका हुन् ।
जनकपुरबाट काठमाडौँ गइरहेको बा ३ ख ८४६८ नम्बरको यात्रुवाहक माइक्रो जाँच गर्दा ठूलो झोलामा राखेर ल्याइएकोे लागूऔषधसहित धनुषा जनकनन्दिनी गाउँपालिका–२ का३६ वर्षीय मोहम्मद अताउल र ३३ वर्षीय मोहम्मद इलियासलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
पक्राउ परेका दुवैलाई आइतबार नै महोत्तरी जिल्ला अदालतमा उपस्थित गराई अनुसन्धानका लागि म्याद थप गरिएको इप्रका बर्दिवासका प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले जानकारी दिए । पक्राउ परेका दुवैले आपूmहरुले लागूऔषध काठमाडौं पु-याएर बेच्ने गरेको प्रारम्भिक बयानमा बताएका छन् ।