कारोबार संवाददाता
आइतवार, मंसिर १६, २०७५
2162

आर्थिक पत्रकारितामा लामो समयसम्म योगदान गरेको भन्दै सेजनको २१ औं स्थापना दिवसको अवसरमा कारोबार दैनिकका सम्पादक कुबेर चालिसे सम्मानित भएका छन् । चालिसेलाई लामो समयदेखि आर्थिक पत्रकारितामा योगदान पु¥याएकोमा शनिबार अर्थमन्त्री डा. युवराज खतिवडाले दोसल्ला ओढाएर सम्मान गरेका हुन् । सेजनले २१ औं स्थापना दिवसको अवसरमा चालिसेसहित आर्थिक पत्रकारितामा लामो समय योगदान गन आर्थिक अभियानका प्रधानसम्पादक मदन लम्साल, कान्तिपुर टिभीका प्रधानसम्पादक प्रशान्त अर्याल र अर्थको अर्थका प्रमुख हृदयराज गौतम सम्मानित भएका छन् ।
यसैबीच, कारोबारका पूर्वसम्पादक स्व. सञ्जय न्यौपानेको नाममा स्थापित ‘सञ्जय न्यौपाने अनुसन्धान वृत्ति’ कारोबारकर्मी भगवान खनालले प्राप्त गरेका छन् । यस्तै, जलविद्युत् फेलोसीप बिजमाण्डू डटकमका अरुण सापकोटा र अमर बडुवालले संयुक्त रूपमा पाएका छन् । सेजनले यस वर्षदेखि आर्थिक पत्रकारहरूको दक्षता अभिवृद्धि गर्ने उद्देश्यसहित यस्तो फेलोसीप सुरु गरेको हो । यस्तै, सेजनले हरेक वर्ष प्रदान गर्ने सेजन अवार्ड यसवर्ष छापा माध्यमबाट नागरिक दैनिकका रुद्र खड्का र विद्युतीयबाट क्यापिटल नेपाल डटकमका सुवास योञ्जनले पाएका छन् ।