कारोबार संवाददाता
शुक्रवार, पुष २७, २०७५
302

नेपालगन्ज उपमहानगरपालिकाले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिएको छ । महानगरले पुस २७ (आज) का लागि उपमहानगरमा सार्वजनिक बिदा दिएको हो ।
स्थानीय तहको निर्वाचनबाट नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा राप्रपाका धवलशमशेर राणा निर्वाचित भएका थिए । केन्द्र सरकारले भने राष्ट्रिय एकता दिवसको बिदा नदिइएको बताएको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले यो जानकारी दिएका हुन् ।