कारोबार संवाददाता
बुधवार, जेठ ३०, २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारले बजेटमार्फत कालोधन र भ्रष्टाचारलाई वैधता दिन खोजेको आरोप लगाएका छन् । नेता केसीले सरकारले आगामी आर्थिक वर्षभित्र कुनै पनि स्रोत नखुलाई लगानी गर्न दिने भनेर बजेटमा उल्लेख गरेको भन्दै बजेटको नीतिमाथि प्रश्न उठाएका हुन् ।

281
कारोबार संवाददाता
बुधवार, जेठ ३०, २०७५

काठमाडौं उपत्यकामा तपाईं हामीले उपभोग गर्ने गरेको प्याकेटको दूध अखाद्य रहेको सरकारी परीक्षणले देखाएको छ । कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालको निर्देशनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको परीक्षणमा उपत्यकामा बिक्री वितरण हुने गरेको अधिकांश दूध अखाद्य रहेको देखाएको हो ।

287
रेशमराज रोकाया
बुधवार, जेठ ३०, २०७५

सडक सञ्जाल नछोएको हुम्लालगायत दुर्गममा नेपाल सरकारले ५४ प्रतिशत हवाई भाडा वृद्धि गरेमा हुम्लीवासी आन्दोलित भएका छन् । हवाईभाडा घटाउनुपर्ने मागसहित जिल्लाका सबै स्थानीय तहहरूमा मंगलबार धर्ना दिइएको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वैशाख २६ गते ५४ प्रतिशत हवाई भाडा बढाउने निर्णय गरेकोमा दुर्गमका बासिन्दाले आपत्ति जनाएका हुन् ।

248
कारोबार संवाददाता
बुधवार, जेठ ३०, २०७५

संवैधानिक परिषद्ले दीपकराज जोशीको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । मंगलबार बसेको परिषद्को बैठकले कायममुकायम प्रधानन्यायाधीश रहेका जोशीको नाम सिफारिस गरेको हो ।

195
कारोबार संवाददाता
बुधवार, जेठ ३०, २०७५

तराईमा गर्मी बढ्दै जाँदा जनजीवन प्रभावित भएको छ । एक सातादेखि नेपालको तराई क्षेत्रमा तापमान वृद्धि भइरहेको छ ।

269
मातृका दाहाल
बुधवार, जेठ ३०, २०७५

३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा अनुसन्धान गर्न गठित समितिले राजेन्द्रकुमार शाक्य सञ्चालक रहेको आरके ज्वेलर्सले बैंकबाट खरिद गरेको सुनचाँदी तथा हिराको विवरणमाथि छानबिन थालेको छ ।

6892
रासस
मंगलबार, जेठ २९, २०७५

पेट्रोलियम पदार्थमा कालोबजारी गरेको जनाउँदै जनकपुरस्थित तीन पेट्रोल पम्प बन्द गरिएको छ ।

207
मनोरन्जन शर्मा
मंगलबार, जेठ २९, २०७५

रुपन्देहीका तीन ट्राभल एजेन्सीमा शिलबन्दी भएको छ । संयुक्त जिल्ला अनुगमन समितिले सिद्धार्थनगर–१ बेलहियमा बिना इजाजत सञ्चालित तीन ट्राभल एजेन्सीमा शिल गरेको हो ।

296
कारोबार संवाददाता
मंगलबार, जेठ २९, २०७५

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बि १ नेपालअन्तर्गत क्लस्टर नम्बर १ को अवार्ड वितरण समारोह सम्पन्न भएको छ । क्लस्टर १ अन्तर्गतका क्लब अध्यक्ष, जोन चियरपर्सन तथा रिजन चियरपर्सनहरू सहित एकबर्षे कार्यकाल सफल बनाउन सहयोग गर्ने व्यक्तिहरूलाई वर्षभरि गरेका कार्यको उच्च सम्मान स्वरूप अवार्ड प्रदान गरिएको क्लस्टर प्रमुख दुर्गाप्रसाद हुमागाईंले जानकारी दिए ।

195
सागर परियार
मंगलबार, जेठ २९, २०७५

जथाभावी खोरिया फडानी, आगलागीजस्ता गतिविधिले वन जंगल नासिँदै गएको अवस्थामा तातोपानी–६ रावतवाडाका स्थानीय ‘वन नै जीवन हो’ भन्ने मान्यतालाई बुझेर संरक्षण अभियानमा जुटेका छन् । २०५६ सालदेखि नाग्डा डाडापाखामा सल्ला, देवदेवार र उत्तिसका बिरुवा रोपेर वन जंगल संरक्षण अभियानमा स्थानीय जुटेका हुन् ।

199
कारोबार संवाददाता
मंगलबार, जेठ २९, २०७५

जिल्ला प्रशासन कार्यालय, बाँकेले समयमा काम नगर्ने, बीचमै कामलाई अलपत्र पारेर भाग्ने तथा गुणस्तरहीन काम गर्ने १५ वटा ठेकेदार कम्पनीलाई कारबाहीका लागि गृह मन्त्रालयमा सिफारिस गरी पठाएको छ ।

1052
दीननाथ बराल
मंगलबार, जेठ २९, २०७५

महिला उद्यमशीलताको विकास गराउने उद्देश्यले यही जेठ ३० गते बुधबारदेखि पोखरामा महिला उद्यमी मेला–२०७५ हुने भएको छ ।

314
रासस
मंगलबार, जेठ २९, २०७५

विगत एक वर्षदेखि पाठेघरको क्यान्सर रोगबाट पीडित सबिना लामाको उपचारको सहयोगार्थ ७ लाख ३६ हजार ५ रुपैयाँ सोमबार हस्तान्तरण गरिएको छ ।

168
कारोबार संवाददाता
मंगलबार, जेठ २९, २०७५

बाजुराको बडिमालिका नगरपालिका–९ का टेकबहादुर बडुवालले राजनीति सुरु गरेको १० वर्ष भयो । लामो समयसम्म राजनीति गर्दा कुनै भविष्य नदखेपछि उनी हाल गाईपालनमा लागेका छन् ।

195
कारोबार संवाददाता
मंगलबार, जेठ २९, २०७५

अमेरिकी दूतावासले नेपाली सेना वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा अन्तरसांस्कृतिक सञ्चार तथा नेतृत्व विकास तालिमको शृङ्खलाको थालनी गरेको छ ।

160