कारोबार संवाददाता
मंगलबार, माघ १८, २०७३

धुलोधुवाँले आक्रान्त भएका नागरिकले राजधानीको कोटेश्वरमा शनिबार प्रतीकात्मक नाटक प्रदर्शन गरेका छन् । ह्यासट्याग स्वच्छ हावा, वायु प्रदूषण विरुद्धको नागरिक अभियानले कोटेश्वरमा ब्यानर र प्लेकार्डसहित प्रदर्शन गर्दै स्वच्छ हावाको माग गरेका हुन् । प्रदर्शनीमा चिकित्सक, विद्यार्थी, विभिन्न पेसाकर्मी सहभागी थिए ।

423
कारोबार संवाददाता
मंगलबार, पुष १८, २०७४

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले महँगो शुल्क लिएर उपभोक्ता ठग्ने अस्पताललाई कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको छ । विभागले स्वास्थ्योपचारका लागि आउने बिरामीबाट अतिरिक्त रकम लिएर ठगी गरेको भन्दै अस्पतालहरुलाई कारबाही गर्न महानगरीय प्रहरी परिसरलाई पत्राचार गरेको हो ।

642
मातृका दाहाल
मंगलबार, पुष १८, २०७४

पछिल्लो १० वर्षमा गठन भएका सरकारले करिब ५ अर्ब रुपैयाँ बाँडेका छन् । दोस्रो जनआन्दोलनयता गठन भएका १० वटा सरकारले स्वास्थ्यउपचार र आर्थिक सहायताका नाममा ५ अर्ब रुपैयाँ भन्दा बढी रकम बाँडेका हुन् । सरकारबाट सहयोग पाउनेमा अधिकांश सत्तामा रहेका दलकै नेता कार्यकर्ता छन् भने केही स्वतन्त्र व्यक्तिले पनि यस्तो सहयोग पाएका छन् ।

442
मातृका दाहाल
आइतवार, पुष १६, २०७४

राष्ट्रपति र उपराष्ट्रपति कार्यालयसहित ५ वटा निकायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीको संख्या शून्य देखिएको छ । आयोगका अनुसार आर्थिक अनियमितता र हिनामिनासम्बन्धी राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल ट्रष्टको कार्यालय र महालेखा परीक्षकको कार्यालयविरुद्ध कुनै पनि उजुरी परेको छैन ।

1044
कारोबार संवाददाता
शुक्रवार, पुष १४, २०७४

लाइसेन्स नेपालीकरणमा अनियमितता गरेको आशंकमा छानबिनको दायरमा रहेका सुकेधारा सवारी चालक अनुमति कार्यालयका प्रमुख उपसचिव र शाखा अधिकृत बिहीबार पक्राउ परेका छन् । यातायात व्यवस्था विभागले सुकेधाराका कार्यालय प्रमुख सुन्दर भट्टराई र अधिकृत यमलाल ढकाललाई बुधबार नै जिम्मेवारीबाट मुक्त गर्दै प्रारम्भिक अनुसन्धानमा अनियमितता गरेको भेटिएपछि सोही दिन फाइल अख्तियारमा बुझाएको थियो ।

10397
मातृका दाहाल
शुक्रवार, पुष १४, २०७४

गृह मन्त्रालयले राजधानीका प्रमुख व्यापारिक केन्द्र ठमेल र दरबारमार्गलाई २४ सै घन्टा सञ्चालन गर्न अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अंग्रेजी नयाँ वर्षको अवसर पारेर राजधानीका मुख्य पर्यटकीयस्थल ठमेल तथा दरबारमार्गको रात्रि व्यवसायबिना रोकतोक सञ्चालन गर्न अनुमति दिएको हो ।

923
कारोबार संवाददाता
बुधवार, पुष १२, २०७४

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसाय दर्ता नगरी सञ्चालनमा रहेको काठमाडौंको माइतीघरस्थित जीवन वेयलनेस सेन्टर प्रालिमा शिलबन्दी गरेको छ । विभागले कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भए पनि स्वास्थ्यसँग सम्बन्धित कुनै पनि निकाय र औषधि व्यवस्थापन विभागमा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको फेला पारेपछि क्लिनिकमा शिलबन्दी गरेको हो ।

174
मातृका दाहाल
मंगलबार, पुष ११, २०७४

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसलाई भोट नदिएपछि काठमाडौंमै पुरोहितले जजमान त्यागेका छन् । मंसिर २१ गते सम्पन्न दोस्रो चरणको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य उमेदवार गगन थापा र समानुपातिकतर्फ नेपाली कांग्रेसलाई भोट नदिएपछि कपनका चुडामणि कोइरालाले २ घर जजमान नै त्यागेका हुन् ।

4278
मातृका दाहाल
मंगलबार, पुष ११, २०७४

गृह मन्त्रालयले शीतलहरका कारण हुनसक्ने मानवीय क्षति नियन्त्रण तथा न्यूनीकरणका लागि पूर्वतयारी गर्न देशभरका प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र र केन्द्रीय दैवीप्रकोप उद्दार समितिमा भएको छलफलपछि गृह मन्त्रालयले शीतलहर र चीसो प्रभावित सबै क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गर्न ७७ वटै स्थानीय प्रशासनलाई परिपत्र गरेको हो ।

586
मातृका दाहाल
आइतवार, पुष ९, २०७४

नेपाली सेनाका बलाधिकृत रथी पूर्णचन्द्र थापाले पुस २ गते आइतबार सैनिक सेवा प्रवेशको ३६ औं वर्षगाँठको अवसरमा ‘ब्याचमेट’ सहित जंगी पोशाकसहित तस्बिर फेसबुकमा पोस्ट गरे । रथी थापा, मानार्थ उपरथी डा. रमीन्द्र क्षेत्री लगायत उच्च सैनिक अधिकारीहरू सैनिक पोशाकमै उक्त तस्बिरमा देखिन्छन् ।

8200
नीरज पिठाकोटे
बिहिवार, पुष ६, २०७४

वीरगन्ज महानगरपालिका–१८ भवानीपुरस्थित सुपर ग्यास उद्योगको प्लान्टमा बुधबार बिहान भीषण आगलागी हुँदा करोडौं रुपैयाँ क्षति भएको छ । आगलागीमा परेर दुईजनाको मृत्यु भएको छ भने घाइते भएका तीन जनामध्ये दुई जनाको अवस्था चिन्ताजनक छ । आगलागीमा परी मृत्यु हुनेमा वीरगन्ज महानगरपालिकाको वारुणयन्त्रका अग्नी नियन्त्रक यादवप्रसाद अधिकारी छन् भने एक जनाको सनाखत हुन सकेको छैन । घटनामा पुगेको क्षतिको पूरा विवरण भने अझै आउन बाँकी छ ।

514
लक्ष्मी सापकोटा
बिहिवार, पुष ६, २०७४

खाना पकाउने एपी ग्यास उद्योग (बोटलिङ प्लान्ट) सुरक्षाका दृष्टिकोणले जोखिममा देखिएका छन् । आवश्यक मापदण्ड पूरा नगरी उद्योग स्थापना गरिएकाले त्यस्ता बोटलिङ प्लान्ट असुरक्षित देखिएका हुन् । ग्यास उद्योगहरू वस्तीभन्दा टाढा स्थापना हुनुपर्ने मापदण्ड भए पनि कतिपय उद्योगहरू घनावस्तीको बीचमा नै स्थापना गरिएकाले जुनसुकै बेला पनि असुरक्षा हुने देखिएको हो । मुलुकमा हाल ५७ वटा ग्यास उद्योग सञ्चालनमा छन् ।

585
नीरज पिठाकोटे
बुधवार, पुष ५, २०७४

वीरगन्ज महानगरपालिका वडा नम्बर १८ भवानीपुरमा रहेको सुपर ग्याँस उद्योगको प्लाण्टामा आगलागी भएको छ । बिहानै उद्योगको प्लाण्टमा भएको आगलागीबाट ठूलो क्षति भएको छ । क्षतिको यकिन भने हुन सकेको छैन । उद्योग नजिकै दुईजनाको शव भेटिएको छ । उनीहरुको पहिचान हुन बाँकी नै रहेको छ ।

700
मातृका दाहाल
सोमवार, पुष ३, २०७४

देश भरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूले जिल्ला प्रशासन कार्यालयलाई केन्द्र सरकारमातहत रहने गरी कानुन बनाउन माग गरेका छन् । ७७ वटै जिल्लाका सीडीओले आफूहरूको सुझावविपरित जिल्ला प्रशासन कार्यालयहरूलाई प्रदेश सरकारअन्तर्गत राखिए ‘असहयोग’ गर्नेसमेत चेतावनी दिएका छन् ।

3194
मातृका दाहाल
शुक्रवार, मंसिर २९, २०७४

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएसँगै १० वर्ष लामो संक्रमणकाल औपचारिक रूपमा टुंगिएको छ । मुलुक संघीय प्रशासनिक संयन्त्रबाट सञ्चालन हुने ढोकासमेत खुलेको छ । तर, सरकार संघीय राज्य सञ्चालनका लागि महत्वपूर्ण मानिएको प्रशासनिक संयन्त्रलाई स्थानीय तहसम्म कसरी प्रभावकारी बनाउने भन्नेमा अझै स्पष्ट देखिएको छैन । कुल बजेटको १५ प्रतिशतभन्दा बढी हिस्सा खपत हुने सुरक्षा निकायलाई प्रदेश संरचनामा कसरी प्रभावकारी बनाउने भन्नेमा संवेदनशील नहुनु सरकारको कमजोरी पनि हो ।

307