रासस
बिहिवार, चैत्र १५, २०७४

भक्तपुरको चाँगुनारायण नगरपालिका–४ स्थित चाँगुनारायण सामुदायिक वनको २२ वर्षदेखिको विवाद छ बुँदे सहमतिमा टुंगिएको छ । उपभोक्ता समूहको आग्रहमा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले करिब डेढ वर्षको अथक प्रयासपछि सामुदायिक वनभित्र सञ्चालित पिकनिकस्थलको व्यवस्थापन, सञ्चालन र सीमासम्बन्धी विवाद सहमतिमा टुंगिएको हो ।

458
कारोबार संवाददाता
बुधवार, चैत्र १४, २०७४

७ वर्ष अघिसम्म हाडे उन्यु र रुदिलो फुल्ने चतुरमाई डाँडामा अहिले अग्र्यानिक कफी फलिरहेको छ । सुरुवाती वर्षहरूमा कफी खेती र रिसोर्ट बनाउने भनेर काम सुरु गर्दा हाँस्नेहरू अहिले जिल खाएका छन् । पर्यटन व्यवसायी दीननाथ (भरत) रेग्मीले हिमालयन अनटप अर्गानिक कफी स्टेट प्रालिबाट धादिङको सिद्धालेक गाउँपालिकाका–२ नलाङको चतुरमाई डाँडामा कफी रोपेपछि अहिले कफीडाँडा नामले चिनिन्छ ।

640
कारोबार संवाददाता
बुधवार, चैत्र १४, २०७४

गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय कार्यालय भवन बनिरहेको जग्गाबारे टेलिभिजन च्यानल र सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरूमा भइरहेको टिकाटिप्पणिबारे संघले आफने धारणा सार्वजानिक गरेको छ । संघले विज्ञप्ति जारी गर्दै आफ्नै भवन हुनुपर्दछ भन्ने मान्यता अनुसार औपचारिक रुपमा नै संघले आफ्नो नाममा जग्गा खरिद गरी भवन निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

568
कारोबार संवाददाता
बुधवार, चैत्र १४, २०७४

राजधानीको भृकुटीमण्डपमा सञ्चालित २९ औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीमा ७ करोड ७५ करोड रुपैयाँ कारोबार भएको छ । शुक्रबारबाट सुरु भएको पाँच दिने मेला मंगलबार सकिएको हो । मेलामा ७३ जिल्लाका उद्यमी व्यवसायीहरूको सहभागिता थियो ।

468
कारोबार संवाददाता
बुधवार, चैत्र १४, २०७४

नयाँवर्ष ०७५ को अवसरमा जिल्लाको पश्चिम बुर्तिबाङमा ढोरपाटन महोत्सवको आयोजना गरिने भएको छ । स्थानीय कला–संस्कृतिको संरक्षण, पर्यटन, कृषि तथा व्यापारको प्रवद्र्धनका लागि भन्दै महोत्वसको आयोजना गरिने भएको हो ।

412
कारोबार संवाददाता
बुधवार, चैत्र १४, २०७४

परम्परागत पेशा छोडेर श्रीमान् रोजगारीका लागि काठमाडौं गएपछि बा“केकी एक महिलाले श्रीमान्को पेशा धानेकी छन् । श्रीमान्को आरनको पेशा सम्हालेपछि ३३ वर्षियन राधिका बिक फलामका हतियार बनाउने काममा आरनमा आगो फुक्दै फलाम पिट्न व्यस्त देखिन्छन् ।

484
कारोबार संवाददाता
मंगलबार, चैत्र १३, २०७४

यान्त्रिकीकरण र आधुनिकीकरणको अभावले हिमाली क्षेत्रमा लगानीअनुसार उब्जनी हुन छाडेको छ । खनजोतदेखि मलजलसम्मका विभिन्न पक्षमा आवश्यक ज्ञान तथा साधन नहुँदा पनि यहाँको कृषि क्षेत्र लाभदायी बन्न नसकेको हो । बढी बलौटे माटो रहेको हिमाली क्षेत्रमा न त कुनै आधुनिक औजारको प्रयोग हुन्छ न त कृषिका लागि आधुनिक सीप नै छ । सबै पुरानै शैलीले गर्दा रैथाने बालीहरू विस्थापित हुँदै गएको कृषि विज्ञहरू बताउँछन् ।

627
कारोबार संवाददाता
मंगलबार, चैत्र १३, २०७४

काभ्रे सरस्र्यूंखर्क अमलटारका गगनबहादुर भण्डारीलाई २०६४ सालतिर छिमेकीसँग तरकारी मागेर छाक टार्ने गरेको घटना अझै पनि ताजै छ । “मेरो त परिवार पनि १२ जनाको थियो, तरकारी यसै पनि धेरै लाग्ने,” उनले भने, “पाहुना त नआए पनि हुन्थ्यो जस्तै लाग्थ्यो, छिमेकीले एउटा बन्दाकोपी दियो भने ३ छाकसम्म पु¥याएर खानुपथ्र्यो ।”

537
कारोबार संवाददाता
मंगलबार, चैत्र १३, २०७४

बारा जिल्लाको सिमरामा यतिबेला मेला र महोत्सव प्रतिस्पर्धा जस्तै सञ्चालनमा आएका छन् । सहज वातावरण र व्यापारिक संगम सिमरा बनेपछि मेला महोत्सव गर्न आयोजकको चयन र छनोटमा सिमरा पर्दा प्रतिस्पर्धा जस्तै बन्न थालेको हो ।

398
कारोबार संवाददाता
मंगलबार, चैत्र १३, २०७४

कास्कीमा मोटरसाइकल चोरी गर्ने एक गिरोह पक्राउ परेको छ । विभिन्न मिति र समयमा विभिन्न स्थानहरुवाट स्कुटर, मोटरसाइकल चोरी गरी चोरेका सवारी साधनहरुको नम्वर प्लेट एवं स्वरुप परिवर्तन गरी बेचबिखन गर्ने १९ जना समूहको गिरोह नै पक्राउ गरी कास्की प्रहरीले सोमबार पोखरामा सार्वजनिक गरेको हो ।

761
कारोबार संवाददाता
सोमवार, चैत्र १२, २०७४

अध्ययनका लागि अस्ट्रेलिय जाने विद्यार्थीका लागि २६ वटा विश्वविद्यालय तथा क्याम्पसमा अध्ययनका लागि अंग्रेजी भाषा कक्षाका लागि अन्तर्राष्ट्रिय स्तरको कक्षा सुरु गरिएको छ ।

774
रासस
सोमवार, चैत्र १२, २०७४

भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने बिस्केट जात्राको तयारी तीव्र रुपमा भएको छ । विक्रम संवत्अनुसार सौरमासका आधारमा चल्ने सो जात्रा नववर्षको चार दिनअघिदेखि तान्त्रिक विधिअनुसार प्रारम्भ गरी आगामी वैशाख ५ गते रथ तानेर सम्पन्न गरिन्छ ।

742
कारोबार संवाददाता
आइतवार, चैत्र ११, २०७४

पहिले पहिले घरायसी झगडाले निकै तनाव व्यर्होर्ने गरेकी बाँसगढी नगरपालिका–५ हसनापुरकी रुपनी थारुको दाम्पत्य सम्बन्ध यतिबेला निकै बलियो बनेको छ ।

595
सुयोग खनाल
आइतवार, चैत्र ११, २०७४

गरिबी निवारण कोष नेपालको साना पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ३ स्थानीय तहमा १८ वटा खानेपानी योजना सम्पन्न भएका छन् । पाँचथरका फाल्गुनन्द, तुम्बेवा र मिक्लाजुङ गाँउपालिकाका विभिन्न वडामा गरिबी निवारण कोषको सहयोगमा खानेपानी योजना सम्पन्न भएका हुन् ।

527
कारोबार संवाददाता
आइतवार, चैत्र ११, २०७४

द्वापर युगको इतिहास बोकेको धार्मिकस्थल शिवकुटीको संरक्षण र संवद्र्धनका लागि स्थानीय सक्रिय भएका छन् । डडेल्धुराको सदरमुकामनजिकै अमरगढी– ७ पोखरामा रहेको शिवकुटीसँगै रावलतोली गुफा छ । पोखरा बजारनजिकै उग्रतारा माविसँगै जोडिएको शिवकुटी र रावलतोली गुफा संरक्षण तथा प्रवद्र्धन गर्न राजनैतिक दलका अगुवा एवं सरकारी निकायले चासो नदिँदा जीर्ण तथा अस्तित्व नै मेटिने खतरामा पुगेपछि स्थानीय आफैं सक्रिय भएका हुन् ।

525