कारोबार संवाददाता
मंगलबार, जेठ २९, २०७५

संगठित रूपमा सुन तस्करी गरेको अभियोगमा गृह मन्त्रालयले आरके ज्वेलर्समा छापा मारेको छ । तस्करीको सुन खपत गरेको आरोपमा गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल संयोजक रहेको अनुसन्धान समितिले दरबारमार्ग र न्युरोढस्थित आरके ज्वेलर्समा छापा मारी सुनचाँदी, नगद र कागजात बरामद गरेको हो । बरामद कागजात तस्करीको छानविनका लागि निकै महत्वपूर्ण रहेको छानविन समितिले जनाएको छ ।

2951
मातृका दाहाल
मंगलबार, जेठ २९, २०७५

गृह मन्त्रालयले सामाजिक सेवाको आवरणमा कार्यसञ्चालन स्वीकृति पाएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)को सवा ७४ अर्ब रूपैयाँ रकममा निगरानी थालेको छ ।

3915
मातृका दाहाल
सोमवार, जेठ २८, २०७५

सरकारले नेपाल प्रहरीमा अधिकृतदेखि जवानसम्मका ३ हजारभन्दा बढी दरबन्दी थपेको छ । आइतबार बसेको मन्त्रीपरिषद् बैठकले प्राविधिक एसएसपीसहित प्रहरीमा ३ हजार १ सय १ नयाँ दरबन्दी सिर्जना गरेको हो ।

649
कारोबार संवाददाता
सोमवार, जेठ २८, २०७५

लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री डा. युवराज खतिवडा नियुक्त भएका छन् ।

447
कारोबार संवाददाता
सोमवार, जेठ २८, २०७५

दाङमा माछापालनको क्षेत्रमा ७ करोड रुपैयाँभन्दा बढी लगानी भएको छ । राज्यले माछापालन गर्ने व्यवसायीलाई प्रोत्साहन गर्न थालेपछि माछापालकको संख्यासमेत बढेको छ ।

375
कारोबार संवाददाता
सोमवार, जेठ २८, २०७५

डडेल्धुराका किसान व्यावसायिक रूपमै बाख्रापालन गर्न थालेका छन् । बाख्रापालनबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका युवा किसानले व्यावसायिक रुपमै बाख्रापालन गर्न थालेका हुन् ।

266
कारोबार संवाददाता
सोमवार, जेठ २८, २०७५

अछामका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले ८ महिनादेखि स्थानीय भत्ता नपाएको गुनासो गरेका छन् । जिल्लामा कार्यरत ५१६ जना स्वास्थ्यकर्मीले चालू आवको कात्तिक महिनादेखि स्थानीय भत्ता नपाएपछि सम्बन्धित निकाय र अधिकारीसमक्ष पटकपटक गुनासो गरे पनि अहिलेसम्म कुनै वास्ता नगरिएको बताएका छन ।

188
कारोबार संवाददाता
सोमवार, जेठ २८, २०७५

‘इच्छा शक्ति भए कामका लागि भौतारिनु पर्दैन’ भन्ने उदाहरण दिएका छन् डडेल्धुरा र डोटीका गिट्टी कुटेर जीविकोपार्जन गर्ने व्यवसायी । डडेल्धुराको स्याउलेदेखि डोटीसम्मको केआई सिंह राजमार्गको छेउछाउ आइत र कोटेलीका महिला गिट्टी बिक्री गरेर राम्रो आम्दानी गर्न सफल भएका छन् ।

177
कारोबार संवाददाता
सोमवार, जेठ २८, २०७५

पोखरामा दृष्टिविहीनहरूले सञ्चालन गरेको ‘उज्यालो बजार’ मा आगलागी हुँदा करिब ३ करोडबराबरको क्षति भएको छ । शुक्रबार राति करिब ११ः०० बजेतिर लागेको आगो करिब ४ घण्टापछि मात्र नियन्त्रण हुँदा करिब ३ करोड मूल्यबराबरको माल सामानको क्षति भएको उज्यालो बजार प्रतिष्ठानका अध्यक्ष पर्वती शर्माले बताइन् ।

92
कारोबार संवाददाता
सोमवार, जेठ २८, २०७५

सिन्धुलीका धर्मगुरुहरू कुरिती अन्त्यका लागि संगठित भएका छन् । विभिन्न धर्मका गुरुहरू समाजमा व्याप्त रहेको कुरिती अन्त्य गर्नका लागि आ–आफ्नो धर्मको माध्यमबाट जनचेतना फैल्याउन संगठित भएका हुन् ।

205
कारोबार संवाददाता
आइतवार, जेठ २७, २०७५

उपप्रधान तथा स्वास्थ्य एवं जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा रहेका समस्या र जटिलता छिट्टै हल गर्ने बताएका छन् ।

367
नीरज पिठाकोटे
आइतवार, जेठ २७, २०७५

उखरमाउलो गर्मीका कारण तराईको जनजीवन प्रभावित भएको बेला तराईकै एक गाउँपालिकामा भने बाढीका कारण गाउँ नै प्रभावित भएको छ । प्रदेश नम्बर २ को पर्सा जिल्लाको दुर्गम स्थानको रूपमा रहेको ठोरी गाउँपालिकाको ठोरी गाउँ बाढीले प्रभावित भएको हो ।

291
कारोबार संवाददाता
आइतवार, जेठ २७, २०७५

सरुमारानी गाउँपालिका–४ ले सूचना प्रवाहका लागि ‘डिजिटल डिस्प्ले’ सञ्चालनमा ल्याएको छ । वडा कार्यालयका महत्वपूर्ण सूचनाहरू नागरिकसमक्ष सहज ढंगले प्रवाह गर्ने उद्देश्यले ‘डिजिटल डिस्प्ले’ सञ्चालनमा ल्याइएको वडा कार्यालयले जनाएको छ ।

224
रेशमराज रोकाया
आइतवार, जेठ २७, २०७५

हुम्लाका किसानले परम्परागत बाली फापरको उत्पादन वृद्धि होस् भन्दै वनदेवताको पूजा गरेका छन् । हुम्लाको पुरानो र बढी उत्पादन हुने फापर बाली राम्रो होस् भन्दै वनदेवताको पूजा गर्ने चलन छ । नाम्खा गाउँपालिका–१ लेकधिँगामा फापर राम्रो होस् भन्दै पूरा गरिएको हो ।

318
प्रकाश पाक्साँवा
आइतवार, जेठ २७, २०७५

तेह्रथुमका किसान परम्परागत बाली लगाउन छाडेर नगदेबालीतर्फ आकर्षित हुन थालेका छन् । गाउँका युवा रोजगारीको खोजी गर्दै विदेश पलाउन हुन थालेपछि किसानले परम्परागत बाली लगाउन छाडेर नगदेबाली सुरु गरेका हुन् ।

264