मातृका दाहाल
आइतवार, मंसिर १७, २०७४

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सरकारले १ दर्जनभन्दा बढी निकायलाई करिव १५ अर्ब रुपैयाँ भुक्तानी दिएको छ । सुरक्षा, मतपत्र छपाई लगायत प्रशासनिक खर्च, भत्ता सुविधा, बन्दोबस्तीका सामान खरिद लगायत शीर्षकमा अर्थ मन्त्रालयले निर्वाचन आयोग, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, राष्ट्रिय अनुसन्धान विभाग, म्यादी प्रहरी, गृह मन्त्रालय, क्षेत्रीय प्रशासन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय लगायत निकायका नाममा १४ अर्ब ८५ करोड ८८ लाख ७७ हजार ८ सय ९ रुपैयाँ निकासा दिएको हो ।

470
मातृका दाहाल
बिहिवार, मंसिर १४, २०७४

सरकारले सशस्त्र द्वन्द्वका क्रममा नेकपा माओवादीबाट मारिएका सुरक्षाकर्मीका परिवारलाई शहीदसरह राहत तथा क्षतिपूर्ति उपलब्ध गराएको छ । २०५२ देखि २०६२ सम्ममा कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानका परिवारलाई जनही १० लाखका दरले आर्थिक सहायता उपलब्ध गराइएको हो ।

371
मातृका दाहाल
आइतवार, मंसिर १०, २०७४

अमेरिकाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा हवाई सैनिक फौज पठाउन नेपाललाई प्रस्ताव गरेको छ । त्यसका लागि आवश्यक पर्ने प्राविधिक सहायता आफैंले गर्ने अमेरिकाको प्रस्ताव छ ।

217
कारोबार संवाददाता
बुधवार, मंसिर ६, २०७४

बम राखिएको हल्लापछि सर्वोच्च अदालतमा मंगलबार इजलाश स्थगन भएको छ । टेलिफोनबाट सर्वोच्च अदालत परिसरमा बम राखिएको हल्ला गरिएपछि सर्वोच्च अदालतमा मंगलबार कुनै मुद्दा पेशी चढेनन् । सर्वोच्च अदालतको टोल फ्री नम्बरमा ल्याण्डलाइन नम्बरबाट बम रहेको टेलिफोन आए पनि बम नभेटिएको सर्वोच्चका प्रवक्ता नारायणप्रसाद पन्थीले जानकारी दिए ।

149
कारोबार संवाददाता
सोमवार, मंसिर ४, २०७४

साल्ट्रटेडिङ कर्पाेरेसनले भूकम्पका बेला ल्याएको जस्तापाता अन्ततः बजार मूल्यमै बिक्री गर्ने तयारी गरेको छ । दुई वर्षसम्म भूकम्पपीडितलाई वितरण गर्न नसकी गोदाममै थन्क्याइएका जस्तापाता घाटा सहेरै भए पनि बजार मूल्यमा बिक्री गर्न लागिएको हो । कम्पनीले सार्वजनिक सूचना निकालेरै केही दिनमा जस्तापाता बिक्री गरिने जानारी दिएको छ । कर्पाेरेसनका विभागीय प्रमुख पंकज जोशीले बजार मूल्यमै जस्तापाता बिक्री गर्न लागिएको जानकारी दिए ।

381
कारोबार संवाददाता
शुक्रवार, मंसिर १, २०७४

सरकारले देशभरका कारागार र विमानस्थलको सम्पूर्ण सुरक्षा व्यवस्थाको जिम्मा नेपाली सेनालाई दिएको छ । केन्द्रीय सुरक्षा समिति बैठकको निर्णयपछि मुलुकभरका ७४ वटै कारागार र विमानस्थल सुरक्षामा सेना परिचालन गरिएको हो । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन बिथोल्ने गरी बम विस्फोटका घटना एकपछि अर्को बढ्न थालेपछि त्यसलाई नियन्त्रण गर्न नेपाली सेनाले बम डिस्पोजल टोलीसहितको विशेष फौज सक्रिय बनाएको छ । सैनिक मुख्यालयले देशभरका युनिटलाई परिपत्र गरी विस्फोटमा संलग्नको पहिचान र त्यस्ता गतिविधि नियन्त्रणमा विशेष रणनीति अपनाउन निर्देशन दिएको हो ।

388
कारोबार संवाददाता
शुक्रवार, मंसिर १, २०७४

३५ हजार अमेरिकी डलरसहित भारतीय नागरिक मकवानपुरबाट पक्राउ परेका छन् । ३ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ रातमाटेबाट प्रहरीले पूर्वी चम्पारण–विहारक २५ वर्षीय शेषनाथ प्रसादलाई स्रोत नखुलेको करिव ३६ लाख रुपैयाँ बराबरको अमेरिकी डलर बरामद गरेको हो ।

241
कारोबार संवाददाता
बिहिवार, कार्तिक ३०, २०७४

अख्तियार दुरुपयोग अनुसन्धानले वैदेशिक रोजगार विभागमा महानिर्देशक विश्वराज पाण्डेलाई पक्राउ गरेको छ । अख्तियारबाट खटिएको प्रहरीको विशेष टोलीले पाण्डेलाई चाबहिलबाट पक्राउ गरेको हो । पाण्डेलाई टंगालस्थित अख्तियारको हिरासतमा राखिएको छ । यसअघि पक्राउ परेका विभागकै २ कर्मचारीको बयानका आधारमा अख्तियारले पाण्डेललाई पक्राउ गरेको हो ।

287
कारोबार संवाददाता
बुधवार, कार्तिक २९, २०७४

आपूर्ति मन्त्रालयले नजिकिँदै गरेको संघ र प्रदेशको चुनावलाई लक्षित गरेर अत्यावश्यक वस्तुको आपूर्ति सहज पार्न मातहतका निकायलाई निर्देशन दिएको छ । चुनावमा अत्यावश्यक वस्तुको खपत धेरै हुने हुँदा आपूर्ति व्यवस्था सहज पार्न नेपाल आयल निगम र खाद्य संस्थानलाई निर्देशन दिएको हो । आपूर्ति मन्त्रालयका प्रवक्ता मुकुन्दप्रसाद पौडेलले चुनावलाई लक्षित गरी आपूर्ति व्यवस्था सहज पार्न सम्बन्धित निकायलाई निर्देशन दिइएको जानकारी दिए ।

151
कारोबार संवाददाता
मंगलबार, कार्तिक २८, २०७४

सरकारले नेपाल प्रहरीमा ४ अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थपेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले निर्वाचन आयोगको स्वीकृतिमा एआईजीको दरबन्दी थपेको हो । दरबन्दी थपसँगै प्रहरीमा अब एआईजीको संख्या १६ पुगेको छ । २०५० सालअघि प्रहरीमा एआईजीको संख्या २ मात्रै थियो । तर त्यसपछि भने रजनीतिक भागवण्डा र दलीय आस्थाका आधारमा निकट व्यक्तिलाई बढुवा गर्नकै लागि एआईजीसहित उपल्लो तहको दरवन्दी बढाउँदै लैजाने गलत संस्कारको विकास हुँदै आएको छ । सोमबारको दरवन्दी थप निर्णय पनि त्यसकै निरन्तरता भएको सुरक्षा मामिलाका जानकारहरु बताउँछन् ।

413
कारोबार संवाददाता
मंगलबार, कार्तिक २८, २०७४

एक महिना अघिसम्म प्रतिकिलो ६० रुपैयाँमा पाइने गोलभेंडाको मूल्य बढेर अहिले दोब्बरभन्दा बढी भएको छ । हाल गोलभेंडाको मूल्य प्रतिकिलो १ सय ३० रुपैयाँ पुगेको छ । यस्तै प्रतिकेजी ७० रुपैयाँ पर्ने स्थानीय काउलीको मूल्य बढेर १ सय ४० रुपैयाँ पुगेको छ, । यी त प्रतिनिधि उदाहरण मात्र हुन् । बजारमा अधिकांश तरकारीको मूल्य उपभोक्ताले थेग्नै नसक्ने गरी अस्वाभाविक रूपमा मूल्य बढेको छ । संघ र प्रदेशको चुनावको फाइदा उठाउँदै व्यापारीले अस्वाभाविक मूल्य बढाउँदा उपभोक्तालाई प्रत्यक्ष मार परेको हो ।

280
कारोबार संवाददाता
सोमवार, कार्तिक २७, २०७४

मुलुकको संघीय संरचनाअनुसार बजार अनुगमनको काम पनि अब स्थानीय तहले नै गर्ने भएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गाउँपालिका÷नगरपालिकाबाट गरिने बजार अनुगमनको निर्देशिका २०७४ तयार गरेको हो । बजार अनुगमन तथा उपभोक्ता सचेतना गर्ने काम गर्दै आपूर्ति मन्त्रालयको सल्लाह बिना नै स्थानीय विकास मन्त्रालयले निर्देशिका तयार गरेको हो ।

417
कारोबार संवाददाता
सोमवार, कार्तिक २७, २०७४

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युवराज भुषालको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा आइतबार रिट दायर भएको छ । भुषालको नियुक्ति गैरकानुनी भएको दाबी गर्दै प्राधिकरणका पूर्व सिइओ सुशील ज्ञवालीका तर्फबाट आनन्दप्रसाद सुवेदीले रिट दायर गरेका हुन् । रिटमा राजीनामा दिएका पूर्व सिइओ गोविन्द पोखरेलको राजीनामा स्वीकृत गरी बाँकी अवधिका लागि भुषाललाई नियुक्ति गर्नु कानुनसम्मत नभएको दाबी गरिएको छ ।

334
कारोबार संवाददाता
आइतवार, कार्तिक २६, २०७४

विश्वबाट सन् २०३० सम्म भोकमरी अन्त्य गर्न लिइएको दिगो विकास लक्ष्य–२ पूरा गर्न सबैभन्दा बढी चुनौति एसियाली मुलुकलाई रहेको एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठन (एफएओ) को पछिल्लो प्रतिवेदनले शून्य भोकमरीको लक्ष्य पूरा गर्न सबैभन्दा धेरै चुनौति एसियामा रहेको देखाएको हो । एसिया तथा प्रशान्त क्षेत्रमा खाद्य तथा पोषण सुरक्षा अवस्थासम्बन्धी हालै प्रकाशित प्रतिवेदनअनुसार यस क्षेत्रका धेरै मुलुकमा पाँच वर्षमुनिका बालाबालिकामा कुपोषणको समस्या उच्च देखिन्छ भने उत्पादन वृद्धिदर पनि सन्तोषजनक छैन ।

286
कारोबार संवाददाता
शुक्रवार, कार्तिक २४, २०७४

भारतबाट गुणस्तर परीक्षण नगरी दैनिक एक हजार लिटरभन्दा बढी दूध मुख्य नाकाबाटै नेपालगन्ज भित्रिने गरेको छ । यसैगरी विभिन्न सहायक नाकाबाट पनि दुईदेखि तीन सय लिटर दूध आउने गरेको छ । भारतका दूध उत्पादक कृषकले परीक्षण नगरिएको दूध बिना कुनै रोकटोक नेपालगन्ज भित्र्याउने गरेका छन् । सीमापारीबाट आउने दूधको परीक्षण नगरिँदा गुणस्तरहीन दूध खान नेपाली उपभोक्ता बाध्य भएको स्थानीयको भनाइ छ ।

205