मेगराज खड्का
आइतवार, जेठ २७, २०७५

रुकुमका किसानले व्यवसायिक पशुपालनबाट विभिन्न लाभ लिन थालेका छन् । दूध र दही बिक्रीबाट राम्रो आम्दानी गर्दै आएका किसानले पछिल्लो समयमा गहुँत बेचेर समेत राम्रो कमाइ गर्न थालेका छन् । मुसिकोट नगरपालिकाका एक किसानले गहुँत बिक्रीबाटै मासिक ३ लाख रुपैयाँ आम्दानी गरेका छन् ।

441
कारोबार संवाददाता
आइतवार, जेठ २७, २०७५

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलाई दुई जनसांस्कृतिक महासंघ नेपाल (पूर्व एमाले र माओवादी केन्द्रका सांस्कृतिक संगठन) ले तीन प्रज्ञा–प्रतिष्ठान नगाभ्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

216
कारोबार संवाददाता
आइतवार, जेठ २७, २०७५

नेपाली कांग्रेसका संस्थापक तथा पहिलो नेपाली चलचित्र सत्य हरिश्चन्द्रका निर्माता÷निर्देशक डीबी परियारका सम्बन्धमा खोजमूलक कृति प्रकाशित भएको छ ।

110
मातृका दाहाल
आइतवार, जेठ २७, २०७५

पूर्वाधार विस्तार भएर पनि सञ्चालनमा आउन नसकेका उत्तरी सीमा नाका व्यावसायिक प्रयोजनका लागि खोल्न नेपालले चीनसमक्ष फेरि प्रस्ताव गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको असार ५ देखि हुन लागेको चीनको ६ दिने भ्रमणका क्रममा नेपालले विनासकारी भूकम्पपछि बन्द रहेको तातोपानी र मुस्ताङको कोरला नाका नियमित सञ्चालनका लागि आग्रह गर्ने भएको हो ।

1159
कारोबार संवाददाता
शुक्रवार, जेठ २५, २०७५

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हेलो मुख्यमन्त्री हटलाइन सेवा गरेको पहिलो दिनमा नै स्थानीय युवतीको कुटपिटबाट हत्या गरिएकी कालिकोट नरहरिनाथ गाउँपालिकाकी दलित महिला वडा सदस्य मना सार्की छोरा प्रेम सार्कीले आमाको हत्यारा कहिले कारवाही हुन्छ भनेर प्रश्न गरेका छन् ।

251
कारोबार संवाददाता
शुक्रवार, जेठ २५, २०७५

कालिमाटी फलफूल तथा तरकारी बजारका ३ सय ३८ जना व्यवसायी कारबाहीको सूचीमा परेका छन् । बजार व्यवस्थापन समितिले गठन गरेको उपसमितिले ४ सय २५ व्यवसायीमध्ये ३ सय ३८ लाई कारबाहीका लागि सिफारिस गरेको हो ।

334
कारोबार संवाददाता
शुक्रवार, जेठ २५, २०७५

भोजपुरको आमचोक गाउँपालिकामा भरुवा बन्दुकको छर्राले लागेर एक जनाको ज्यान गएको छ । आमचोक गाउँपालिका ८ का ६० वर्षिय धनबहादुर राईको शिकार खेल्ने क्रममा साथीले चलाएको बन्दुकको छर्राले घाँटीमा लागि घटनास्थलमै मृत्यु भएको छ ।

276
कारोबार संवाददाता
शुक्रवार, जेठ २५, २०७५

काठमाडौंबाट यात्रु लिएर सोलुखुम्बुतर्फ जाँदै गरेको ना १ ज ४९५० नम्बरको बोलेरो जिप ओखलढुंगाको मानेभञ्याङ गाउँपालिका वडा नम्बर –६ हिलेपानीमा दुर्घटना भएको छ । दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । दुर्घटनामा २ जना गम्भिर घाईते भएका छन् ।

257
मातृका दाहाल
शुक्रवार, जेठ २५, २०७५

प्राकृतिक प्रकोपका कारण १० वर्षको अवधिमा देशभर साढे ६ लाख हेक्टरको कृषिबाली नष्ट भएको छ । आर्थिक वर्ष २०६५÷६६ यता देशभर बाढी-पहिरो- डुवान, हावाहुरी, असिनापानी, शीतलहर, सुख्खायामलगायत प्रकोपबाट ६ लाख ३५ हजार ४ सय ४० हेक्टरमा लगाइएको करिब १८ लाख टनभन्दा बढी बालीनालीमा क्षति पुगेको हो ।

381
कारोबार संवाददाता
बिहिवार, जेठ २४, २०७५

खोटाङ, २४ जेठ । काठमाण्डौंबाट यात्रु लिएर सोलुखुम्बुतर्फ जाँदै गरेको ना–१ ज ४९५० नम्बरको बोलेरो जिप ओखलढुङगाको मानेभञ्याङ गाउँपालिका वडा नम्बर –६ हिलेपानीमा दुर्घटना भएको छ । दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । दुर्घटनामा २ जना गम्भिर घाईते भएका छन् ।

162
कारोबार संवाददाता
बिहिवार, जेठ २४, २०७५

भोजपुरमा तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको अनुदान रकम समयमै संकलन नहुँदा आयोजना नै अलपत्र परेको छ । उपभोक्ताले अनुदान रकम जम्मा नगर्दा योजना अन्योलमा परेको हो ।

277
कारोबार संवाददाता
बिहिवार, जेठ २४, २०७५

एक दशक अघिसम्म गाउँगाउँमा काठ काट्ने आरा धरान प्रसस्तै देखिन्थ्यो । ग्रामीण क्षेत्रमा निर्माण हुने घर, विद्यालय तथा अन्य भवन निर्माणका लागि आवश्यक काठ चिरानी गर्न गाउँगाउँमा धरान बनाइन्थ्यो । पछिल्लो समय प्रविधिको विकाससँगै परम्परागत रूपमा काठ चिरानी गर्दै आएको आराको प्रयोग कम मात्रामा हुने गरेका छन् ।

334
घनश्याम पौडेल
बिहिवार, जेठ २४, २०७५

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले दलाल र व्यवसायीले गर्दा किसान मारमा परेको बताएका छन् । उनले बीउ, मलदेखि किसानले उत्पादन गरेका वस्तुमा समेत दलाल र व्यवसायीले सिन्डिकेट लागू गरेको आरोप लगाए । कृषि क्षेत्रमा लगाइँदै आएको सिन्डिकेट सरकारले खारेज गरेरै छाड्ने उनको भनाइ थियो ।

286
कारोबार संवाददाता
बिहिवार, जेठ २४, २०७५

विश्व वातावरण दिवसको उपलक्ष्यमा मंगलबार पञ्चकन्या गु्रपले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ललितपुरको जावलाखेल, कोपुण्डोल तथा काठमाडौंको सिंहदरबार, त्रिपुरेश्वर र भृकुटीमण्डप क्षेत्रको मूल सडकका पेटीमा रोपिएका बिरुवाहरू गोडमेल, काटछाट, मलजल तथा सो स्थान वरपर सरसफाइ गरेको छ ।

147
कारोबार संवाददाता
बिहिवार, जेठ २४, २०७५

सर्वोच्च अदालतले सरकारी अस्पताल परिसरमा निजी फार्मेसी खोल्न दिनु कानुनविपरित हुने भन्दै त्यस्तो फार्मेसी खोल्न नदिन परमादेश जारी गरेको छ । अस्पताल परिसरमा सञ्चालन भइहेको फार्मेसी हटाउन परमादेश जारी गर्दै सर्वोच्चले सरकारी अस्पताल आफैंले फार्मेसी सञ्चालन गर्न पनि आदेश गरेको छ ।

282