निरु अर्याल
बिहिवार, फाल्गुन ३, २०७४

तीन वर्षअघि गोर्खा केन्द्रबिन्दु भएर गएको ७.८ रेक्टर स्केलको भूकम्प दोहोरिए राजधानी काठमाडौंमा मात्र ७ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको क्षति हुने अध्ययनले देखाएको छ । यस्तो भूकम्पले २२ हजारभन्दा बढी मानवीय क्षति हुने सरकारी अध्ययनको दाबी छ । सहरी विकास मन्त्रालय अन्तर्गतको भूकम्प विपद जोखिम मूल्यांकन परियोजनाले जापानी सहयोग नियोग (जाइका)सँग मिलेर गरेको अध्ययन प्रतिवेदनले मध्य नेपालको दक्षिण भागलाई केन्द्रविन्दु बनाएर भूकम्प गए काठमाडौं उपत्यकामा मात्र २२ हजार १ सय ८० जनाको ज्यान जाने देखाएको हो ।

5191
मातृका दाहाल
बुधवार, फाल्गुन २, २०७४

आचरण विपरितका गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरी प्रधान कार्यालयले ललितपुर प्रहरी प्रमुख एसएसपी गणेश ऐरमाथी अनुसन्धान थालेको छ । गैरकनुनी गतिविधिमा संलग्न रहेको अभियोगमा महानगरीय प्रहरी प्रभाग पुल्चोकका इन्स्पेक्टर गोविन्द पन्थीलाई निलम्वनको पत्र गृह मन्त्रालय पठाए लगत्तै प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी ऐरमाथी पनि छानविन थालेको हो । पन्थीले केहीदिन अघि नै प्रधान कार्यालयको उजुरी शाखामा पुगेर बयान दिइसकेका छन् ।

5164
कारोबार संवाददाता
बुधवार, फाल्गुन २, २०७४

चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् । मंगलवार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्म अन्तर्गत कठपतेमा तालिम गरिरहेका सेनाका जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपती, सेनानी सुदिप बानियाले बताए । बाँनियाका अनुसार घाइते मध्ये ५ जनाको अवस्था गम्भीर छ ।

2192
कारोबार संवाददाता
बुधवार, फाल्गुन २, २०७४

लामो समयदेखि वर्षा नहँुदा यहाँको एक विकट गाउँका बासिन्दा खानेपानी पिउनबाट वञ्चित भएका छन् । वर्षायाममा संकलन गरिएको पानीसमेत घैटामा सकिएपछि दक्षिण पर्वतको विहादी गाउँपालिका–५मा खानेपानीको हाहाकार भएको हो । नजिकमा खानेपानीको कुनै स्रोत नहुँदा काकाकुलको नियति भोगिरहेका दक्षिण पर्वतको विहादी गाउँपालिका–५ उरामपोखरास्थित भतेरपाटावासी घैटामा पानी सकिएपछि दिनभरि पानीको जोहो गर्न व्यस्त हुने गरेका छन् । उनीहरूले विगत एक दशकदेखि घैंटाको पानीको भरमा गुजारा चलाउँदै आएका थिए ।

795
कारोबार संवाददाता
बुधवार, फाल्गुन २, २०७४

नेपाल राष्ट्रिय व्यवसायी महासंघले व्यापार तथा व्यवसायी नीतिलाई वैज्ञानिकरूप दिन सरकारसँग माग गरेको छ । रिपोर्टर्स क्लब नेपालमा महासंघले पत्रकार सम्मेलन गरेर यही फागुन ५ गते एकताको महाधिवेशन सम्पन्न गर्ने जानकारी दिँदै यस्तो माग गरेको हो ।

1507
कारोबार संवाददाता
बुधवार, फाल्गुन २, २०७४

नेपाली सेनाले सैनिक साधन-स्रोत र क्षमता बिस्तारलाई बढाउँदै लगेको छ । १० वर्षे सशस्त्र द्वन्द्व अवधिभर माओवादीसँग आम्नेसाम्नेमै विताएको सेना २०६२-६३ को आन्दोलनपछि हातहतियार, हवाई क्षमता विस्तार देखि विकास निर्माण र कल्याणकारी योजनाका नाममा नाफा मूलक क्षेत्रमा सक्रिय बन्दै गएको हो ।

1680
कारोबार संवाददाता
मंगलबार, फाल्गुन १, २०७४

नेपालको प्रतिष्ठित धार्मिक सम्पदाका रूपमा स्थापित नवलपरासीको शाश्वत धाममा ‘बुद्धिष्ट सेन्टर’ स्थापना हुने भएको छ । आगामी वैशाख पूर्णिमाका दिन उद्घाटन गरिने उक्त सेन्टर निर्माणको काम अहिले तीव्र गतिमा भइरहेको छ । सोमबार शाश्वत धाम परिसरमा आकर्षक स्वरूपमा स्थापना गरिएको भगवान गौतम बुद्धको मूर्तिमा प्राणप्रतिष्ठा सम्पन्न भएको छ । बौद्ध धर्मका ९ जना गुरुहरूले विधिवत पूजा अर्चना गरी प्राणप्रतिष्ठा सम्पन्न गरिएको हो ।

477
कारोबार संवाददाता
मंगलबार, फाल्गुन १, २०७४

प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डता विरोधी तत्वलाई निस्तेज पार्ने बताएका छन् । ‘महाशिवरात्री तथा सेना दिवस २०७४ को अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै प्रधान सेनापति क्षेत्रीले मुलुकको अस्मितामाथी धावा वोल्नेलाई निस्तेज पार्ने चेतावनी दिएका हुन् ।

493
मातृका दाहाल
सोमवार, माघ २९, २०७४

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले संघीयतामा नेपाल प्रहरीको प्रशिक्षण र तालिममा एकरुपता नभए राष्ट्रिय सुरक्षाका लागि चुनौती थपिने बताएका छन् ।संघीय व्यवस्थामा सबै प्रदेश प्रहरीको तालिम र प्रशिक्षण एकरुपता बनाउनुपर्ने भन्दै आइजीपी अर्यालले त्यसो नभए देशका लागि नै अहित हुनसक्ने चेतावनी दिएका हुन् ।

927
कारोबार संवाददाता
सोमवार, माघ २९, २०७४

नेपाल खाद्य संस्थानले निकै कम मूल्य तोकेका कारण बाँके र बर्दियाका अधिकांश किसानले संस्थानलाई धान बिक्री गरेका छैनन् । दुई वर्षअघि मोटो धान प्रतिक्विन्टल २ हजार १ सय रुपैयाँमा खरिद गरेको नेपाल खाद्य संस्थानले गत वर्ष २ हजार ५० र यो वर्ष २ हजार ३० रुपैयाँ प्रतिक्विन्टल मूल्य निर्धारण गरेपछि किसानले संस्थानलाई बिक्री नगरेका हुन् ।

418
कारोबार संवाददाता
सोमवार, माघ २९, २०७४

नगदेबालीको रूपमा खेती गर्दै आएको अम्रिसोले मूल्य नपाउँदा पूर्वी जिल्लाका किसान चिन्तित बनेका छन् । तीन वर्षको बीचमा अम्रिसोको मूल्यमा ७५ प्रतिशत गिरावट आएपछि व्यावसायिक अम्रिसो खेती गर्ने किसान चिन्तित बनेका हुन् ।

381
कारोबार संवाददाता
सोमवार, माघ २९, २०७४

हुम्लामा सोमबार रातीबाट सुरु भएको हिमपातले सातवटाके गाउँको सदरमुकाम र अन्य बस्तीसँग सम्पर्क विच्छेद भएको छ । नाम्खा गाउँपालिकाको लिमी, हल्जी, मुचु, याल्वाङ्, यारी, हिल्सा, नेप्का पूर्णरुपमा सम्पर्कबिच्छेद भएका छन् । जिल्लाका अधिकांश उत्तरी बस्तीमा बाख्लो हिउँ जमेको छ ।

616
कारोबार संवाददाता
सोमवार, माघ २९, २०७४

नेपाली सेनाका दुई जवान संरक्षित वन्यजन्तु गैंडाको खाग सहित पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सेनामा कार्यरत जवानहरु सिरानचोक गाउँपालिका २ गोरखाका ३३ वर्षीय हरिबहादुर ढकाल र ३८ वर्षीय डिलबहादुर ढकाल तथा त्रियुगा नगरपालिका–९ उदयपुरका २६ वर्षीय कृष्णबहादुर मगरलाई पक्राउ गरेको हो ।

653
रासस
आइतवार, माघ २८, २०७४

उपप्रधान एवं ऊर्जामन्त्री कमल थापाले अझै मुलुकमा ४० प्रतिशत जनता विद्युत्को पहुँचबाट टाढा रहेको बताउनुभएको छ । मिडिया नेपाल कञ्चनपुरले आज भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आगामी पाँच वर्षभित्र हरेक घरमा विद्युत् सेवा पु¥याउने लक्ष्यअनुसार सरकारले काम अघि बढाएको जानकारी दिनुभयो ।

867
मातृका दाहाल
आइतवार, माघ २८, २०७४

चरेस तस्करी अभियोगमा पक्राउ परेका भारतीय नागरिक मस्कुर अहमद लारीको सम्पत्ति छानबिनमा २० वर्षअघि नै विभिन्न पक्षबाट अवरोध आएको प्रहरीले बताएको छ । संगठित अपराधबाट आर्जन गरेको सम्पत्ति होटलको आवरणमा शुद्धिकरण गर्ने गरेको भेटिएपछि २०५५ सालमै नेपाल प्रहरीले लारीको आर्थिक कारोबारमाथी सुक्ष्म अनुसन्धान थालेको थियो ।

1154