कारोबार संवाददाता
बिहिवार, चैत्र २९, २०७४

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई सामूहिक नेतृत्वबाट अघि बढाउने प्रतिवद्धता जनाएका छन् । सेवा अवधिबाट अवकास पाएका प्रहरी महानिरीक्षक प्रकाश अर्याललगायत उच्च पदस्त अधिकारीहरुको विदाई समारोहलाई सम्बोधन गर्दै खनालले संस्थागत र सामूहिक नेतृत्वका आधारमा जिम्मेवारी निर्वाह गर्ने स्पष्ट पारेका हुन् ।

858
मातृका दाहाल
बुधवार, चैत्र २८, २०७४

नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआइजी) रमेशप्रसाद खरेलले पदबाट राजीनामा दिएका छन् । अपराध विरुद्धका अभियानमा लोकप्रिय छवी बनाएका डीआइजी खरेलले आइजीपी बढुवामा सरकारले अफूलाई आन्याय गरेको निष्कर्ष सहित प्रहरी सेवाबाट बाहिरिएका हुन् । खरेलको राजीनामा गृह मन्त्रालयले बुधबार नै स्वीकृति गरेको छ ।

3198
रासस
बुधवार, चैत्र २८, २०७४

फिदिम नगरपालिका–३ लालीखर्कका महिला नेपाली हाते कागज बनाएर आम्दानी गर्दै आएका छन् । स्थानीय स्तरमा उत्पादित अर्गेली (लोक्ता) बाट कागज बनाएर यहाँका महिला आत्मनिर्भर बनेका हुन् । घरधन्दाबाट बचेको समयमा प्रतिदिन ५०० प्रतिसम्म कागज बनाउन सकिने फिदिम नगरपालिका–३, लालीखर्ककी लीला राईले बताए ।

980
कारोबार संवाददाता
बुधवार, चैत्र २८, २०७४

नेपालमा कम्तीमा पाँच सय प्रजातिका फूलको व्यावसायिक खेती हुने गरेको छ । पुष्प उत्पादक तथा व्यवसायीको छाता संगठन फ्लोरिकल्चर एसोसिएसनले उपभोक्ताको मागअनुसार बर्सेनि थप प्रजातीका फूलको व्यावसायिक उत्पादन गरिँदै आएको जनाएको छ ।

906
कारोबार संवाददाता
बुधवार, चैत्र २८, २०७४

अर्घाखाँचीको पाणिनी गाउँपालिकाका किसान अग्र्यानिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । भारतबाट आउने तरकारी नियन्त्रण गर्दै स्थानीय किसान अग्र्यानिक तरकारी उत्पादनमा सक्रिय भएका हुन् । निर्वाहमुखी तरकारी खेती गर्दै आएका पाणिनी गाउँपालिकाका किसान व्यवसायिक खेतीमा लागेका हुन् ।

555
कारोबार संवाददाता
बुधवार, चैत्र २८, २०७४

ताप्लेजुङको फुङलिङ नगरपालिका–४, उकालीपानीका कृष्णकुमार गुरुङको घरमा वर्षमा दुई जोडी भेडा पाल्ने गरेको बाजेकै पालादेखि हो । गुरुङको टाट्नोमा वर्सेनि भेडा पालिएकै हुन्छ । किनकी गुरुङ समुदायको घरमा भेडा र लिम्बु समुदायको घरमा सुँगुर नभए समाजमा कुरा काट्ने चलन छ ।

808
कारोबार संवाददाता
बुधवार, चैत्र २८, २०७४

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)को आईजीपीमा क्रमशः डीआईजी सर्वेन्द्र खनाल र एआईजी शैलेन्द्र खनाललाई बढुवा गरेको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख रहेका सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी मानवस्रोत विभाग प्रमुख शैलेन्द्र खनाललाई आईजीपीमा बढुवा गरेको हो ।

1606
कारोबार संवाददाता
बुधवार, चैत्र २८, २०७४

विराटनगरस्थित नोवेल मेडिकल कलेज एवं शिक्षण अस्पतालले नेपाली कांग्रेस उदयपुरका पूर्वसभापति नारायणबहादुर कार्कीको उपचारका लागि १ लाख रुपैयाँ प्रदान गरेको छ ।

557
कारोबार संवाददाता
मंगलबार, चैत्र २७, २०७४

प्यूठानमा पछिल्लो समय घरेलु तथा साना उद्योगमा आकर्षण बढ्दै गएको छ । वैदेशिक रोजगारीको दर दिनानुदिन बढ्दै गए पनि पछिल्लो समयमा घरेलु उद्योगतर्फ यहाँका स्थानीय अग्रसर हुँदै आएका छन् ।

923
कारोबार संवाददाता
मंगलबार, चैत्र २७, २०७४

राष्ट् समृद्धीका लागि एक व्यक्ति, समुदाय तथा गाउँ समृद्धी हुनु पहिलो आबश्यकता हो । जहाँ शिक्षा, रोजगारी उद्यमशिलता तथा मेलमिलाप छैन् त्यहाँ समृद्धीको परिकल्पना गर्न सकिदैन् । राष्ट्ले जसलाई समाज समृद्धीको जिम्मेवार भनेको छ । तिनै युवा जनशक्ति स्वदेशम उद्यमशिलता नभएका कारण लाखौको संख्यामा विदेश भौतारिएका छन् ।

778
कारोबार संवाददाता
मंगलबार, चैत्र २७, २०७४

पूर्वी पहाडका जिल्लालाई सेवा दिने उद्देश्यले धनकुटाको व्यापारिक केन्द्र हिलेमा ३ करोड १४ लाख रुपैयाँको लगानीमा बहुयद्देश्यीय कृषि भण्डारण केन्द्र निर्माण हुने भएको छ ।

589
कारोबार संवाददाता
मंगलबार, चैत्र २७, २०७४

पचाल झरना गाउँपालिकाले नेपालकै अग्लो भनिएको झरना पचाल झरनाको प्रचार–प्रचारका लागि वैशाख १ गते पचालझरना महोत्सव गर्न लागेको हो । पचाल झरनाको प्रचार–प्रसारका लागि वैशाख १ गतेदेखि ५ गतेसम्म महोत्सवको आयोजना गरिएको हो ।

1061
कारोबार संवाददाता
सोमवार, चैत्र २६, २०७४

संखुवासभाको चैनपुर नगरपालिका ३ तिखिढुङ्गामा आईतबार साँझ ट्याक्टर दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ । चैनपुर २ सल्लेरी स्थीत अपर पिलुवाखोला हाईड्रोपावरका लागि बिद्युतको पोल लोड गरि तिखिढुङ्गाबाट सल्लेरी तर्फ जाँदै गर्दा को २ त ५८०५ नं. को ट्याक्टर सडकबाट करिव ५० मिटर तल दुर्घटनामा पर्दा ट्याक्टरमा सवार सोहि सोहि हाईड्रोपावरमा लेवर काम गर्नै मादि नगरपालिका ७ बस्ने ३० बर्षिय राजेन्द्र राई, र बर्ष ३२ का हर्क बहादुर राईको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

1187
प्रकाश पाक्साँवा
सोमवार, चैत्र २६, २०७४

आफ्नो विद्यालय उमेरमा गाउँनजिकै विद्यालय नहुँदा पाँचथर अमरपुरको पिनासीका ३५ वर्षीय गणेश माझीले उति धेरै पढ्न पाउनु भएन । आफूले नपढे पनि छोरा–छोरीलाई पढाउनुपर्छ भन्ने बुझेका माझीलाई त्यो पनि त्यति सजिलो चाँहि भएन । तमोरनजिकको आफ्नो गाउँमा विद्यालय नभएको र नजिकका विद्यालयमा पुग्नसमेत घण्टौँ लाग्ने भएपछि माझीले छोराछोरी पढाउनकै लागि बसाइँ सर्ने विचार गरे ।

652
कारोबार संवाददाता
सोमवार, चैत्र २६, २०७४

कञ्चनपुरका आरक्षपीडितलाई थ्रेसरबाट गहुँ चुट्न रोक लगाएपछि शनिबार राती आएको वर्षात्ले गहुँ भिजेको छ । चैत दोस्रो सातादेखि खेतबाट गहुँ काटेका आरक्षपीडितलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले गहुँ चुट्न रोक लगाएपछि वर्षात्ले भिजेर नष्ट भएको हो ।

557