मातृका दाहाल
बुधवार, मंसिर २७, २०७४

प्रहरी प्रधान कार्यालयले कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रेशम चौधरी व्यक्ति हत्या अभियोगमा फरार अपराधी भन्दै उनलाई पक्राउ गर्न कुनै कसर बाँकी नराखिने स्पष्ट पारेको छ । राष्ट्रिय जनता पार्टी नेपालबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका चौधरी सांसदको रूपमा सार्वजनिक हुनसक्ने आशंकामा उनलाई पक्राउ गर्न प्रहरीले थप चासो दिएको हो ।

10641
गोपाल संग्रौला
आइतवार, मंसिर २४, २०७४

सरकारले बालअधिकार महासन्धिको सञ्चार प्रक्रियासम्बन्धी तेस्रो इच्छाधीन आलेखलाई अनुमोदन नगर्दा पीडित बालबालिकाका निम्ति अन्तर्राष्ट्रियस्तरमा न्याय पाउने अन्तिम ढोका खुल्न नसकेको अधिकारकर्मी तथा अभियन्ताहरुले औंल्याएका छन् । राजधानीमा हालै चाइल्ड नेपाल र आजको शिक्षा साप्ताहिकले संयुक्त रुपमा यस विषयमा आयोजना गरेको ‘आमसञ्चारसँग नीतिगत संवाद’ कार्यक्रममा यस्तो चिन्ता व्यक्त गरिएको हो ।

594
मातृका दाहाल
बुधवार, मंसिर २०, २०७४

सरकारले नेपाली सेनाका लागि ७ वटा हेलिकप्टर तथा जहाज खरिद गर्न स्वीकृति दिएको छ । विपत् व्यवस्थापन, हवाई सैनिक तलिम, भीभीआइपी उडान, कार्गोलगायत प्रयोजनका लागि सेनाले साना-ठूला गरी ७ वटा सैन्य विमान तथा जहाज खरिद अनुमति पाएको हो । सरकारले एउटै आर्थिक वर्षमा सेनालाई यतिधेरै जहाज खरिद गर्न लागेको पहिलो पटक हो । नेपाली सेनाका प्रवक्ता सहायक रथी नैनराज दाहालले सरकारको स्वीकृतिपछि सबै जहाज तथा हेलिकप्टर खरिद प्रक्रियामा गइसकेको जानकारी दिए ।

1177
कारोबार संवाददाता
मंगलबार, मंसिर १९, २०७४

पर्वतका विभिन्न वित्तीय संस्था तथा ग्रामीण भेगहरूमा नक्कली नोट भेटिन थालेका छन् । चुनावकै मुखमा नक्कली नोट भेटिएपछि निर्वाचन आफ्नो पक्षमा पार्नका लागि नक्कली नोट प्रयोग भएको हुनसक्ने आशंका गरिएको छ । बाग्लुङ र म्याग्दीमा पनि केही दिनअघि नक्कली नोट भेटिएकोमा अहिले पर्वतमा पसल र वित्तीय संस्थामा जम्मा गर्न ल्याइएकामध्ये केहीमा नक्कली नोट भेटिन थालेका छन् ।

381
मातृका दाहाल
सोमवार, मंसिर १८, २०७४

नेपाल निर्माण व्यवसायी महसंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको मुख्य कारण प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार घैंटे (कुमार श्रेष्ठ)को सम्पत्ति विवाद देखिएको छ । शनिबार पक्राउ परेका गौचन हत्याका मुख्य योजनाकार समीरमानसिंह बस्नेतले प्रहरीलाई दिएको बयानअनुसार घैंटेले इन्काउन्टर हुनु केही महिनाअघि नै आफ्नो मुख्य लगानी रहेको गजुरमुखी कन्स्ट्रक्सन २ करोड ५० लाख रुपैयाँ लिएर गौचनलाई बिक्री गरेका थिए । गौचनबाट घैंटेले लिएको उक्त रकममध्ये १ करोड आफ्नो भएको दाबी बस्नेतले गरेका छन् ।

473
कारोबार संवाददाता
सोमवार, मंसिर १८, २०७४

पूर्वीचौकी गाउँपालीका–७ साविकको पोखरी गाविस–९ गजेडामा अधिकांश परिवारले पक्की शौचालयभित्र माटो थपेर छाउगोठ बनाएका छन् । दाताले बनाइदिएका यस्ता शौचालय तथा बाथरुमसहितको अर्को कोठामा भने स्याउला र सोतरहरू राख्ने गरेका छन् । महिनावारी भएको बेला घरमा बसे देउता रिसाउने डरले पक्की बनाइएका शौचालयमा सुरक्षित बस्न सकिन्छ भन्दै छाउगोठ बनाएको स्थानीय नन्दादेवी साउदले बताइन् ।

342
मातृका दाहाल
आइतवार, मंसिर १७, २०७४

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सरकारले १ दर्जनभन्दा बढी निकायलाई करिव १५ अर्ब रुपैयाँ भुक्तानी दिएको छ । सुरक्षा, मतपत्र छपाई लगायत प्रशासनिक खर्च, भत्ता सुविधा, बन्दोबस्तीका सामान खरिद लगायत शीर्षकमा अर्थ मन्त्रालयले निर्वाचन आयोग, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, राष्ट्रिय अनुसन्धान विभाग, म्यादी प्रहरी, गृह मन्त्रालय, क्षेत्रीय प्रशासन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय लगायत निकायका नाममा १४ अर्ब ८५ करोड ८८ लाख ७७ हजार ८ सय ९ रुपैयाँ निकासा दिएको हो ।

717
मातृका दाहाल
बिहिवार, मंसिर १४, २०७४

सरकारले सशस्त्र द्वन्द्वका क्रममा नेकपा माओवादीबाट मारिएका सुरक्षाकर्मीका परिवारलाई शहीदसरह राहत तथा क्षतिपूर्ति उपलब्ध गराएको छ । २०५२ देखि २०६२ सम्ममा कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानका परिवारलाई जनही १० लाखका दरले आर्थिक सहायता उपलब्ध गराइएको हो ।

527
मातृका दाहाल
आइतवार, मंसिर १०, २०७४

अमेरिकाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा हवाई सैनिक फौज पठाउन नेपाललाई प्रस्ताव गरेको छ । त्यसका लागि आवश्यक पर्ने प्राविधिक सहायता आफैंले गर्ने अमेरिकाको प्रस्ताव छ ।

358
कारोबार संवाददाता
बुधवार, मंसिर ६, २०७४

बम राखिएको हल्लापछि सर्वोच्च अदालतमा मंगलबार इजलाश स्थगन भएको छ । टेलिफोनबाट सर्वोच्च अदालत परिसरमा बम राखिएको हल्ला गरिएपछि सर्वोच्च अदालतमा मंगलबार कुनै मुद्दा पेशी चढेनन् । सर्वोच्च अदालतको टोल फ्री नम्बरमा ल्याण्डलाइन नम्बरबाट बम रहेको टेलिफोन आए पनि बम नभेटिएको सर्वोच्चका प्रवक्ता नारायणप्रसाद पन्थीले जानकारी दिए ।

252
कारोबार संवाददाता
सोमवार, मंसिर ४, २०७४

साल्ट्रटेडिङ कर्पाेरेसनले भूकम्पका बेला ल्याएको जस्तापाता अन्ततः बजार मूल्यमै बिक्री गर्ने तयारी गरेको छ । दुई वर्षसम्म भूकम्पपीडितलाई वितरण गर्न नसकी गोदाममै थन्क्याइएका जस्तापाता घाटा सहेरै भए पनि बजार मूल्यमा बिक्री गर्न लागिएको हो । कम्पनीले सार्वजनिक सूचना निकालेरै केही दिनमा जस्तापाता बिक्री गरिने जानारी दिएको छ । कर्पाेरेसनका विभागीय प्रमुख पंकज जोशीले बजार मूल्यमै जस्तापाता बिक्री गर्न लागिएको जानकारी दिए ।

908
कारोबार संवाददाता
शुक्रवार, मंसिर १, २०७४

सरकारले देशभरका कारागार र विमानस्थलको सम्पूर्ण सुरक्षा व्यवस्थाको जिम्मा नेपाली सेनालाई दिएको छ । केन्द्रीय सुरक्षा समिति बैठकको निर्णयपछि मुलुकभरका ७४ वटै कारागार र विमानस्थल सुरक्षामा सेना परिचालन गरिएको हो । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन बिथोल्ने गरी बम विस्फोटका घटना एकपछि अर्को बढ्न थालेपछि त्यसलाई नियन्त्रण गर्न नेपाली सेनाले बम डिस्पोजल टोलीसहितको विशेष फौज सक्रिय बनाएको छ । सैनिक मुख्यालयले देशभरका युनिटलाई परिपत्र गरी विस्फोटमा संलग्नको पहिचान र त्यस्ता गतिविधि नियन्त्रणमा विशेष रणनीति अपनाउन निर्देशन दिएको हो ।

595
कारोबार संवाददाता
शुक्रवार, मंसिर १, २०७४

३५ हजार अमेरिकी डलरसहित भारतीय नागरिक मकवानपुरबाट पक्राउ परेका छन् । ३ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ रातमाटेबाट प्रहरीले पूर्वी चम्पारण–विहारक २५ वर्षीय शेषनाथ प्रसादलाई स्रोत नखुलेको करिव ३६ लाख रुपैयाँ बराबरको अमेरिकी डलर बरामद गरेको हो ।

355
कारोबार संवाददाता
बिहिवार, कार्तिक ३०, २०७४

अख्तियार दुरुपयोग अनुसन्धानले वैदेशिक रोजगार विभागमा महानिर्देशक विश्वराज पाण्डेलाई पक्राउ गरेको छ । अख्तियारबाट खटिएको प्रहरीको विशेष टोलीले पाण्डेलाई चाबहिलबाट पक्राउ गरेको हो । पाण्डेलाई टंगालस्थित अख्तियारको हिरासतमा राखिएको छ । यसअघि पक्राउ परेका विभागकै २ कर्मचारीको बयानका आधारमा अख्तियारले पाण्डेललाई पक्राउ गरेको हो ।

485
कारोबार संवाददाता
बुधवार, कार्तिक २९, २०७४

आपूर्ति मन्त्रालयले नजिकिँदै गरेको संघ र प्रदेशको चुनावलाई लक्षित गरेर अत्यावश्यक वस्तुको आपूर्ति सहज पार्न मातहतका निकायलाई निर्देशन दिएको छ । चुनावमा अत्यावश्यक वस्तुको खपत धेरै हुने हुँदा आपूर्ति व्यवस्था सहज पार्न नेपाल आयल निगम र खाद्य संस्थानलाई निर्देशन दिएको हो । आपूर्ति मन्त्रालयका प्रवक्ता मुकुन्दप्रसाद पौडेलले चुनावलाई लक्षित गरी आपूर्ति व्यवस्था सहज पार्न सम्बन्धित निकायलाई निर्देशन दिइएको जानकारी दिए ।

259