कारोबार संवाददाता
मंगलबार, कार्तिक २८, २०७४

सरकारले नेपाल प्रहरीमा ४ अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थपेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले निर्वाचन आयोगको स्वीकृतिमा एआईजीको दरबन्दी थपेको हो । दरबन्दी थपसँगै प्रहरीमा अब एआईजीको संख्या १६ पुगेको छ । २०५० सालअघि प्रहरीमा एआईजीको संख्या २ मात्रै थियो । तर त्यसपछि भने रजनीतिक भागवण्डा र दलीय आस्थाका आधारमा निकट व्यक्तिलाई बढुवा गर्नकै लागि एआईजीसहित उपल्लो तहको दरवन्दी बढाउँदै लैजाने गलत संस्कारको विकास हुँदै आएको छ । सोमबारको दरवन्दी थप निर्णय पनि त्यसकै निरन्तरता भएको सुरक्षा मामिलाका जानकारहरु बताउँछन् ।

746
कारोबार संवाददाता
मंगलबार, कार्तिक २८, २०७४

एक महिना अघिसम्म प्रतिकिलो ६० रुपैयाँमा पाइने गोलभेंडाको मूल्य बढेर अहिले दोब्बरभन्दा बढी भएको छ । हाल गोलभेंडाको मूल्य प्रतिकिलो १ सय ३० रुपैयाँ पुगेको छ । यस्तै प्रतिकेजी ७० रुपैयाँ पर्ने स्थानीय काउलीको मूल्य बढेर १ सय ४० रुपैयाँ पुगेको छ, । यी त प्रतिनिधि उदाहरण मात्र हुन् । बजारमा अधिकांश तरकारीको मूल्य उपभोक्ताले थेग्नै नसक्ने गरी अस्वाभाविक रूपमा मूल्य बढेको छ । संघ र प्रदेशको चुनावको फाइदा उठाउँदै व्यापारीले अस्वाभाविक मूल्य बढाउँदा उपभोक्तालाई प्रत्यक्ष मार परेको हो ।

507
कारोबार संवाददाता
सोमवार, कार्तिक २७, २०७४

मुलुकको संघीय संरचनाअनुसार बजार अनुगमनको काम पनि अब स्थानीय तहले नै गर्ने भएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गाउँपालिका÷नगरपालिकाबाट गरिने बजार अनुगमनको निर्देशिका २०७४ तयार गरेको हो । बजार अनुगमन तथा उपभोक्ता सचेतना गर्ने काम गर्दै आपूर्ति मन्त्रालयको सल्लाह बिना नै स्थानीय विकास मन्त्रालयले निर्देशिका तयार गरेको हो ।

962
कारोबार संवाददाता
सोमवार, कार्तिक २७, २०७४

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युवराज भुषालको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा आइतबार रिट दायर भएको छ । भुषालको नियुक्ति गैरकानुनी भएको दाबी गर्दै प्राधिकरणका पूर्व सिइओ सुशील ज्ञवालीका तर्फबाट आनन्दप्रसाद सुवेदीले रिट दायर गरेका हुन् । रिटमा राजीनामा दिएका पूर्व सिइओ गोविन्द पोखरेलको राजीनामा स्वीकृत गरी बाँकी अवधिका लागि भुषाललाई नियुक्ति गर्नु कानुनसम्मत नभएको दाबी गरिएको छ ।

593
कारोबार संवाददाता
आइतवार, कार्तिक २६, २०७४

विश्वबाट सन् २०३० सम्म भोकमरी अन्त्य गर्न लिइएको दिगो विकास लक्ष्य–२ पूरा गर्न सबैभन्दा बढी चुनौति एसियाली मुलुकलाई रहेको एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठन (एफएओ) को पछिल्लो प्रतिवेदनले शून्य भोकमरीको लक्ष्य पूरा गर्न सबैभन्दा धेरै चुनौति एसियामा रहेको देखाएको हो । एसिया तथा प्रशान्त क्षेत्रमा खाद्य तथा पोषण सुरक्षा अवस्थासम्बन्धी हालै प्रकाशित प्रतिवेदनअनुसार यस क्षेत्रका धेरै मुलुकमा पाँच वर्षमुनिका बालाबालिकामा कुपोषणको समस्या उच्च देखिन्छ भने उत्पादन वृद्धिदर पनि सन्तोषजनक छैन ।

452
कारोबार संवाददाता
शुक्रवार, कार्तिक २४, २०७४

भारतबाट गुणस्तर परीक्षण नगरी दैनिक एक हजार लिटरभन्दा बढी दूध मुख्य नाकाबाटै नेपालगन्ज भित्रिने गरेको छ । यसैगरी विभिन्न सहायक नाकाबाट पनि दुईदेखि तीन सय लिटर दूध आउने गरेको छ । भारतका दूध उत्पादक कृषकले परीक्षण नगरिएको दूध बिना कुनै रोकटोक नेपालगन्ज भित्र्याउने गरेका छन् । सीमापारीबाट आउने दूधको परीक्षण नगरिँदा गुणस्तरहीन दूध खान नेपाली उपभोक्ता बाध्य भएको स्थानीयको भनाइ छ ।

466
कारोबार संवाददाता
बुधवार, कार्तिक २२, २०७४

जलवायु परिवर्तन न्यूनीकरण तथा यसबाट हुने प्रभाव न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्न जलवायु परिवर्तनका नीतिनियम कार्यान्वयन गर्न आवश्यक रहेको सरोकारवालाले बताएका छन् । सोमबारदेखि जर्मनको बोनमा सञ्चालन भइरहेको जलवायु परिवर्तनसम्बन्धी २३औं विश्व सम्मेलन (कोप ट्वान्टी थ्री) मा सहभागी हुन पुगेका सरोकारवालाले जलवायु परिवर्तन न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्न जलवायु परिवर्तनसम्बन्धी बनेका नीतिनियमको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताएका हुन् ।

1917
कारोबार संवाददाता
बिहिवार, कार्तिक २३, २०७४

पोषकीय दृष्टिकोणले महत्वपूर्ण मानिएका कर्णाली क्षेत्रका खाद्य बाली संकटमा पर्न थालेका छन् । आयातित चामलप्रति स्थानीयको आकर्षण बढ्न थालेपछि स्थानीय बाली लगाउन छाड्ने प्रवृत्ति बढेकाले रैथाने खाद्यान्न संकटमा पर्न थालेको हो । रैथाने बाली संकटमा पर्न थालेपछि कर्णाली क्षेत्रमा चिनो, कागुनो, कोदो, फापर, मार्सी लगायतका खाद्यान्नको बाली बचाउ अभियान सञ्चालनमा ल्याइएको छ । कर्णाली क्षेत्रमा जिल्लामा स्थानीय तहमा सञ्चालित अभियानअन्तर्गत बुधबार काठमाडौं उपत्यकामा पनि सरोकारवालाको उपस्थितिमा प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ ।

533
कारोबार संवाददाता
बुधवार, कार्तिक २२, २०७४

प्रशोधित पानीको गुणस्तर सुधार्न सरकारले पानी उद्योगमा असल उत्पादन अभ्यास (जीएमपी) सरहको मापदण्ड लागू गरेको छ । कृषि विकास मन्त्रालयले नयाँ निर्देशिका जारी गर्दै प्रशोधित पानी उद्योगका लागि नयाँ मापदण्ड तोकेको हो । जार र बोतलमा सिलप्याक भएर आउने प्रशोधित पानीको गुणस्तर कायम गर्न मन्त्रालयले खाद्य ऐन २०२३ अन्तर्गत बनेको खाद्य नियमावली २०२७ को नियम ३३ को क बमोजिम नयाँ ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका, २०७४’ जारी गरेको हो ।

1163
कारोबार संवाददाता
सोमवार, कार्तिक २०, २०७४

संयुक्त राष्ट्रिय संघीय महासन्धिका पक्ष राष्ट्रहरू (यूनएफसीसीसी) बीच हुन गइरहेको जलवायु परिवर्तनसम्बन्धी २३औं अन्तर्राष्ट्रिय सम्मेलन (कोप ट्वान्टी थ्री) सुरु भएको छ । विश्वमा पछिल्लो समय बढ्दै गइरहेको जलवायु परिवर्तनको कारण भविष्यमा पृथ्वीको अस्तित्व नै संकटमा रहन सक्ने भन्दै समस्या समाधानका विषयमा छलफल गर्न सम्मेलन सुरु भएको हो ।

313
कारोबार संवाददाता
सोमवार, कार्तिक २०, २०७४

सिन्धुलीको फिक्कल गाँउपालिका ४ खाङ्साङको टर्कीबेसी भन्ने स्थानमा बलेरो दुर्घटना हुदाँ ४ जनाको मृत्यु भएको छ । सवारीमा रहेका अन्य ७ जना घाईते भएका छन् । खुर्कोटबाट खाङसाङ तर्फ जाँदै गरेको बा ७ च ३६९५ नम्बरको बलोरो जीप उकालो चढ्ने क्रममा सडकबाट करिब एक सय मिटर तल खेतमा खसेर दुर्घटना भएको हो ।

271
कारोबार संवाददाता
आइतवार, कार्तिक १९, २०७४

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, पूर्वसचिव विश्वप्रकाश पण्डित, बहालवाला सचिवद्वय अर्जुनकुमार कार्की र गजेन्द्र ठाकुर तथा पूर्व प्रहरीप्रमुख उपेन्द्रकान्त अर्यालसँग भ्रष्टाचारको आशंकामा बयान लिएको छ । क्षेत्री, पण्डित र कार्कीसँग ट्रान्सफरमर घोटालाका विषयमा तथा अर्याल, ठाकुर र काठमाडौं महानगरका सुरक्षा विभागका डीएसपी राजुनाथ पाण्डे र धनपति सापकोटालाई अकुत सम्पत्ति आर्जन गरेको आरोपमा छानबिन थालेको हो ।

685
कारोबार संवाददाता
शुक्रवार, कार्तिक १७, २०७४

गृह मन्त्रालयले भारतसग सीमा जोडिएका दक्षिणतर्फका करिब ६ दर्जन चेकप्वाइन्टमा भन्सार छली र आपराधिक गतिविधि नियन्त्रणमा चुनौती रहेको निष्कर्ष निकालेको छ । मुख्य नाका र छोटी भन्सारबाहेक दक्षिणतर्फका ७० भन्दा बढी चेकप्वाइन्टमार्फत हातहतियार÷लागुऔषध कारोबार, भन्सार छली तथा विदेशी नागरिकको अवैध आवतजावत हुने गरेको भन्दै मन्त्रालयले पहिचान भएका नाकाको सुरक्षाजाँचमा कडाइ गर्न सबै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ ।

287
कारोबार संवाददाता
बुधवार, कार्तिक १५, २०७४

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले निगमले बुधबार राती १२ बजेदेखि लागू हुनेगरी सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगम प्रवक्ता वीरेन्द्र गोइतले हवाई इन्धनबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढाइएको जानकारी दिए । पेट्रोल प्रतिलिटरमा २ रुपैयाँ, डिजेल÷मटीतेल प्रतिलिट १ रुपैयाँ ५० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डरमा २५ रुपैयाँ मूल्य बढाइएको प्रवक्ता गोइतले जानकारी दिए ।

717
कारोबार संवाददाता
सोमवार, कार्तिक १३, २०७४

सरकारले जारी गरेको ‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (साइटिस)’ ऐनका कारण २० करोड मूल्य बराबरको जडिबुटी घाटामा जान थालेको छ । अन्तर्राष्ट्रियस्तरमा साइटिसको दफा २ मा राखिएका जडिबुटी निर्यात तथा व्यापारमा छुट भए पनि सरकारले ऐनमार्फत नियन्त्रण गर्दा उत्पादन भएका जडिबुटीले बजार पाउन नसक्दा २० करोड घाटा भएको हो ।

614