कारोबार संवाददाता
बुधवार, असार २७, २०७५

वीरगन्ज महानगरपालिका, पोखरिया नगरपालिका र वीरगन्ज उद्योग वाणिज्य संघको संयुक्त प्रयासमा सञ्चालित लघु व्यवसाय विकास कोषको आर्थिक सहयोगमा वुमेन्स स्किल सेन्टरले आयोजना गरेको बाँसको सामग्री बनाउने तालिमको उद्घाटन सम्पन्न भयो ।

143
कारोबार संवाददाता
बुधवार, असार २७, २०७५

मंंगलसेन नगरपालिकाले नगरको विकासका लागि युवा कार्यदल गठन गरी उनीहरूलाई रोजगारी र विकासमा परिचालन गर्ने भएको छ । नगरको सेवा प्रवाहलाई प्रभावकारी बनाउन नयाँ सुधार योजना ल्याएसँगै युवा केन्द्रित कार्यक्रम पनि अगाडि सारेको हो ।

267
कारोबार संवाददाता
बुधवार, असार २७, २०७५

पाँचथरको सदरमुककाम फिदिमबाट करिब १२ कोस टाढा पर्ने साविक रवी गाविस हाल मिक्लाजुङ–४ मा झट्ट हेर्दा बेहुलीजस्तै ढुंगा छ । जसलाई स्थानीय बेहुलीढुंगा भन्ने गर्छन् ।

619
कारोबार संवाददाता
बुधवार, असार २७, २०७५

सिन्धुलीको कमला नदीमा पुल नबन्दा स्थानीयले निकै सास्ती भोग्नु परेको छ । ३ वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि ८ वर्ष बितिसक्दा समेत निर्माण सम्पन्न हुन सकेको छैन ।

339
प्रकाश पाक्साँवा
बुधवार, असार २७, २०७५

केही वर्ष अघिसम्म बिहानीको भालेको डाँकसँगै बेलुकी आधा रातसम्म ढिकी जाँतोमा अल्झिनु पर्ने कुनै नौलो कुरा थिएन जिल्लाको ग्रामीण क्षेत्रका महिलालाई ।

279
कारोबार संवाददाता
बुधवार, असार २७, २०७५

भूकम्प गएको तीन वर्षपछि म्याग्दीमा सुरु भएको भूकम्पपीडितको निजी आवास पुनर्निर्माणको काम सुस्त देखिएको छ । नक्कली भूकम्पपीडित बढी भएकाले तोकिएको समय सीमाभित्र दोस्रो किस्ताको अनुदान पाउनेको संख्या न्यून छ ।

208
कारोबार संवाददाता
बुधवार, असार २७, २०७५

कालिकोटको खाँडाचक्र नगरपालिकाले ४२ करोड २८ लाख ८५ हजार ५ सय ६५ रुपैयाँको बजेट नगरसभामा पेश गरेको छ । तेस्रो नगरसभामा आगामी आर्थिक वर्ष २०७५-७६ को नीति तथा कार्यक्रम पेस गर्दै बजेट सार्वजनिक गरिएको हो ।

99
कारोबार संवाददाता
बुधवार, असार २७, २०७५

कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालले अधिकार सम्पन्न सुकुम्बासी समस्या समाधान आयोग गठनको तयारी भइरहेको बताएका छन् ।

238
कारोबार संवाददाता
बुधवार, असार २७, २०७५

त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहको बसबारमा विद्युत् गढबढी हुँदा मंगलबार अपरान्ह आगलागी भएको छ । जलविद्युत् गृहबाट उत्पादन भएको विद्युत्लाई टान्सफर्मरसम्म पुर्याउन प्रयोग गरिने विद्युतीय तारमा जडान गरिएको बसबारमा आगलागी भएको हो ।

449
नीरज पिठाकोटे
बुधवार, असार २७, २०७५

वीरगन्ज महानगरपालिका वडा नम्बर ८ का भिखारी रामको हत्या अत्यधिक मदिरा सेवनका कारण बेहोसीमा भएको तथ्य खुलेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले हत्यामा संलग्नलाई पक्राउ गरेपछि उक्त तथ्य फेला परेको हो ।

363
मातृका दाहाल
बुधवार, असार २७, २०७५

केन्द्रीय दैवी प्रकोप उद्धार समितिले मनसुनपछिको प्रकोप व्यवस्थापनमा विशेष तालिम प्राप्त २ हजार ६ सय १२ जना सुरक्षाकर्मी तैनाथ गरेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी वल (एपीएफ)बाट प्रकोप व्यवस्थापनका लागि नियमित रूपमा खटिने फौज बाहेक खोज-उद्धार लगायत प्रकोप व्यवस्थापनमा विशेष तालिम प्राप्त २ हजार ५ सय भन्दा बढी जनशक्ति रिजर्भ फोर्सका रूपमा तैनाथ गरेको हो ।

383
कारोबार संवाददाता
बुधवार, असार २७, २०७५

सरकारले ४ महिनाको अवधिमा विभिन्न व्यक्तिका नाममा सरकारी ढुकुटीबाट करिब ५ करोड रुपैयाँ वितरण गरेको छ । यो रकम विभिन्न दल निकटका संघसंस्था र गैससका नाममा दिइएको रकम बाहेकको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमार्फत् सरकारले विभिन्न संघसंस्थाका नाममा ६० करोडभन्दा बढी रकम बाँडिसकेको छ ।

1362
मातृका दाहाल
बुधवार, असार २७, २०७५

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू आर्थिक अपचलनमा संलग्न रहेको निष्कर्षसहित छानबिन अघि बढाएको सरकारले प्रकोपपीडित नागरिकका लागि राहत वितरणको जिम्मा भने गैससलाई नै दिएको छ ।

164
कारोबार संवाददाता
मंगलबार, असार २६, २०७५

उद्योग वाणिज्य संघ चितवनले संस्थापक सचिव तथा पूर्वअध्यक्ष स्व. कृष्णबन्धु पियाको सम्झनामा स्मृतिसभा गर्ने भएको छ ।

349
अमरराज आचार्य
मंगलबार, असार २६, २०७५

जिल्लामा द्वन्द्वपीडितका नाममा १३ करोड रकममध्ये हालसम्म १ करोड रुपैयाँमात्र वितरण भएको छ ।

233