कारोबार संवाददाता
बिहिवार, आश्विन २५, २०७५
271

डोल्पा-दुनै भ्याली क्लबको पाचौँ बर्षिक उत्वसको अवसरमा ,ठुलीभेरी नगरपालीकाको आयोजना तथा जिल्ला खेलकुद विकास समिति डोल्पाको सहयोगमा सन्चालन भएको जिल्ला स्तरीय लिग फुटबल प्रतियोगीताका उपाधी दुनै भ्याली क्लवले हात परेको छ ।
बुधबार वेलुका भएको आयोजक दुनै भ्याली क्लव र स्वास्थ टिम विच भएको फाईनल खेलमा १ । ० गोलले दुनै भ्याली क्लव विजयी भएको हो । धेरै प्रतिस्पर्धामा भएको उक्त फाईनल खेलमा दुनै भ्याली क्लवका अपार गुरुगँले हेडिगँ मार्फत गोल गरेर पछी दुनै भ्याली क्लव विजयी भएको हो ।विजेता दुनै भ्याली क्लवले रु १ लाख १ हजार चेक सहीत ट्फी मेडल प्रमान पत्र जिल्ला समन्वय समितिका उपप्रमुख नर बहादुर बुढाले प्रदान गर्नु भएको थियो । त्यस्तै उपविजेता स्वास्थ टिमलाई नगद ४० हजारको चेक मेडल प्रमाण पत्र निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मी शर्माले प्रदान गर्नु भएको थियो । यहि असोज १२ गते देखि जिल्ला खेलकुद मैदानमा सुरुभएको उक्त प्रतियोगीतामा १३ टिमको सहभागीता रहेको थियो ।
यसैविच उक्त प्रतियोगीताबाट अनुसासीत खेलाडीमा सेभेनस्टार यूवा क्लव थालाका रामप्रसाद रोकाय,सर्वोउत्कृष्ट खेलाडीमा स्वास्थ टिमका डाक्टर अनुप मंगल समाल,सर्वाधीक गोलकर्तामा सेभेनस्टार ए थालाका कर्ण चन्द्र रोकाया ,सार्वोउत्कृष्ट गोलकिप्परमा सेभेनस्टार ए थालाका लाल बहादुर महतारा,लाई जनही नगद पुरस्कार सहीत मेडल प्रदान गरीएको छ । यस्तै मुख्य यमपाएर भक्त बहादुर गुरुगँ, यम्पाएर बसन्त राज न्यौपानेलाई पनी प्रसँसा पत्र प्रदान गरीएको छ । यस्ता जिल्ला स्तरीय प्रतियोगीताले खेलाडीहरुलाई थप हौसला थप्ने भएकोले सवैको साथ सहयोग रहे आउदा दिनहरुमा पनी यस्ता आयोजना गरीरहने कार्यक्रमका सभाअध्यक्षता तथा दुनै भ्याली क्लवका अध्यक्ष हिक्मत शाहीले बताउनु भएको थियो ।