एजेन्सी
सोमवार, जेठ २८, २०७५
884

रुसमा १४ जुनमा सुरु हुने विश्वकप फुटबल विश्व कपमा यस पटक ८८ वर्षको इतिहासमा नभएको कुरा हुन गइरहेको छ । विश्व कपको प्रत्येक म्याचलाई रोमान्चक बनाउन र सटिक पैmसलाका लागि विश्व कपम पहिलो पटक भिडियो रेफरलको प्रयोग हुने भएको छ । मस्कोमा बनेको सेन्ट्रलाइज्ड भिडियो अपरेसन रुमको पछाडी प्रत्येक म्याचलाई ३३ क्यामेरा तथा १५ स्क्रीनको माध्यमबाट निगरानी गरिने भएको छ ।
फिफाको रेफरी किमिटीले भिडियो रेफरलका लागि १३ मानिसको भिडियो सहयोगी रेफरी (भीएआर) अर्थात सहायक रेफरी प्रणाली टिम बनाएको छ । यो टिमले विश्व कपको ३२ टोलीको सबै ६४ प्रतिस्पर्धामा म्याच अधिकारीलाई सहयोग गर्नेछ । भीएआर टिम मस्कोको एक केन्द्रीकृत भिडियो अपरेसन रुममा बस्नेछन् ।
तर भिडियो सहयोगी रेफरीले यो खेलमा कुनै पैmसला भने लिने छैनन । अन्तिम पैmसला लिने अधिकार केबर रेफरीलाई मात्रै हुनेछ । प्रशारक, टिप्पणीकार तथा इन्फोटेन्टमेन्ट टिमले फुटबल पारखीका लागि रिभ्यू प्रक्रियाको बारेमा जानकारी दिजेछन् । प्रत्येक प्रतिस्पर्धाका लागि ४ भिडियो सहयोगी रेफरी हुनेछन् ।
भिएआर टिमले ३३ ब्रोडकास्ट क्यामेरामा आफ्नो पहुँच पु¥याउन सक्नेछन् । यसमा ८ सुपर स्लो मोशन तथा ४ अल्ट्रा सलो मोसनको क्यामरा हुनेछ । नकआउट चरणको प्रतिस्पर्धाका लागि प्रत्येक गोल पोस्टको पछाडि २ अतिरिक्त अल्ट्रा स्लो मोसन क्यामेरा राखिने भएको छ । यो क्यामरमा पनि भिएआर टिमको पहुँच हुनेछ । स्लो मोसन रिप्लेको मुख्य प्रयोग वास्तविक स्थिति जान्नका लागि हुनेछ । जबकी सामान्य गतीको क्यामेराको प्रयोग सब्जेक्टिभ पैmसलाका लागि हुने छ ।
भिएआरको प्रयोग ४ स्थितिमा प्रयोग गर्न सकिन्छ । यो चार प्रयोगमा गोल भएपछि, पेनाल्टीसँग सम्बन्धित निर्णय, रेड कार्डसँग सम्बन्धित पैmसला तथा खेलाडीको गल्तीसँग सम्बन्धि कुराहरु रहेका छन् ।