मेसी र रोनाल्डोको कमाई पुरस्कार राशी भन्दा धेरै बढी
एजेन्सी
सोमवार, जेठ २८, २०७५
1471

फिफा विश्व कप २०१८ मा विजेता टिमलाई ४ अर्ब ८ करोड रुपैयाँ दिइन्छ । यो अन्तर्राष्ट्रिय खेलकुद अवसरको सबैभन्दा ठूलो पुरस्कार राशी हो । तर अवस्था यस्तो छ कि केही खेलाडीले वार्षिक यो भन्दा बढी रकम आर्जन गर्दै आएका छन् । फुटबलको दुनियामा केही स्टारहरुले वर्षेनी करोडौ रुपैयाँ आर्जन गर्दै आएका छन् । हालका समयमा ब्राजिलका नेमार, पोर्चुगलका क्रिश्चियानो रोनाल्डो तथा अर्जेन्टिनाका लियोनल मेसी सर्बाधिक कमाई गर्ने फुटबलरको रुपमा रहदै आएका छन् । अर्जेन्टिनाका फुटबलर लियोनले मेसीले वर्षेनी १५ अर्ब ८२ करोड रुपैयाँ कमाउदै आएका छन् । पोर्चुगलका स्टार फुटबलर क्रिश्चियानो रोनाल्डोले वर्षेनी ११ अर्ब ८० करोड रुपैयाँ कमाउदै आएका छन् । यो विश्व कपको पुरस्कार राशीको तुलनामा २.८९ गुणा बढी हो ।
कमाइको मामिलामा ब्राजिलका स्टार खेलाडी नेमार पनि कम छैनन् । उनले वर्षेनी १० अर्ब २४ लाख रुपैयाँ आर्जन गर्दै आएका छन् । यो पनि विश्व कपको पुरस्कार राशीको तुलनामा २.५ गुणाले बढी हो ।